×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

तालिबनको काबुलमा पानीको हाहाकार

७ माघ,एजेन्सी ।

तालिवानी शासन सत्ता रहेको दक्षिण एसियाली मुलुक अफगानिस्तानको राजधानी काबुलमा पानीको हाहाकार भएको छ । चर्को खडेरीका कारण बासिन्दाहरु पानी लिन घण्टौं लाइनमा बस्नुपरेको छ । काबुलको पश्चिमी क्षेत्रमा रहेको स्थानीय मस्जिदको इनार अगाडि घण्टौं कुर्नुपरेपछि स्थानीयले आक्रोश व्यक्त गरेका छन् ।

Advertisement

स्थानीय रजब रेजाईले आफ्नो परिवारमा १० जना रहेको र आफू बिहानदेखि लाइन बस्दा मध्यरातसम्म बस्नुपरेको बताएका छन् । तरकारी पसल चलाएर परिवार पाल्न थालेका १० सदस्यीय परिवारका प्रमुखले आफ्ना छोराछोरीलाई विद्यालय पठाउन नपाएको गुनासो गर्दै निरन्तर खडेरीले आफ्नो पीडा थपेको चिनियाँ समाचार संस्था सिन्ह्वासँगको कुराकानीमा बताएका छन् ।

चारवटा मस्जिदका इनारबाट दैनिक उपभोगका लागि ३ हजार ५०० भन्दा बढी परिवारले पानी लिन्छन् । रेजाईकाअनुसार रेज रासन क्षेत्रको एउटा मात्र इनारबाट ८०० परिवारले पानी लिन्छन् । युद्धग्रस्त अफगानिस्तान वर्षौंदेखि खडेरीको चपेटामा परेको छ ।

काबुल, अफगानहरूकाअनुसार, दुर्लभ वर्षा वा हिमपातको साथ चलिरहेको कठोर जाडोमा गम्भीर खडेरीको सामना गर्नुपरेको छ । काबुलका बासिन्दाहरूकाअनुसार राज्यद्वारा सञ्चालित विभिन्न खानेपानी सञ्जालहरूले बासिन्दाहरूको घरमा नियमित रूपमा पानी आपूर्ति गर्न सकेनन् ।

ऊर्जा र पानी मन्त्रालयका प्रवक्ता कारी मतिउल्लाह अबिदलस्याटेलाइट तस्बिरहरूले २०२३ मा ३३ प्रतिशत पानीको मन्दी भएको बताएका छन् । जसले गर्दा सो क्षेत्रमा खडेरी बढेको छ । प्रभावित जनसङ्ख्याको खुलासा नगरी उक्त अधिकारीले चुनौतीलाई पार गर्न प्रशासनले काम गरिरहेको बताएका छन् ।

उनले खडेरी जारी रहे आन्तरिक बसाईंसराईको सामना गर्नुपर्ने हुनसक्ने चेतावनी दिएका छन् । अफगान अधिकारीहरूले दिएको जानकारीअनुसार अफगानिस्तानका ३४ ओटा प्रान्तमध्ये हाल आधा भन्दा बढी प्रान्त खडेरीको चपेटामा परेका छन्।

Advertisement

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top