×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

उपेन्द्रलाई रोक्न खोज्दा जनमत र प्रहरीबीच झडप

८ माघ २०८०

८ माघ,काठमाण्डौ ।
सप्तरीको राजविराजमा मधेश कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा जनमत पार्टीले विरोध गरेपछि प्रहरीले लाठीचार्ज गरेको छ । सो क्रममा मधेशका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव, प्रदेश सांसदहरु सतिश सिंह, रञ्जु खंग र भाग्यश्री चौधरी घाइते भएको जनमतका सचिव विपी साहले बताए । उनीहरुलाई प्रहरीको लाठी लागेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता डीएसपी ढुंडीराज न्यौपानेले भवन शिलान्यास कार्यक्रममा अवरोध गर्न खोजेपछि जनमतका नेता कार्यकर्तामाथि सामान्य बल प्रयोग गरेको बताए । सुरक्षा घेरा तोडेर मन्त्रीसहित जनमतका नेता तथा कार्यकर्ताले विरोध प्रदर्शन गरेपछि अवस्था नियन्त्रणमा लिन लाठीचार्ज गरेको प्रहरीले दावी गरेको छ ।

Advertisement
Advertisement

जनमतका सचिव साहले भने कार्यक्रम स्थलमा शिक्षामन्त्री, सांसदहरुले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई फूलमालासहित स्वागत गर्न गएकोमा उनीहरुमाथि कुटपिट भएको बताएका छन् । सचिव साहले यस घटनाको निन्दा गर्दै यस्तो घटना गराउने उपेन्द्र यादवलगायतका नेताहरुमाथि छानविन गरी हुनुपर्ने बताए ।

विश्वविद्यालयको भवनको शिलान्यासको प्रमुख अतिथि उपेन्द्र यादवलाई बनाउने भएपछि आइतबार जनमतका नेता तथा कार्यकर्ताले विरोध जनाउँदै विश्वविद्यालयमा तालाबन्दी गरेका थिए । त्यसपछि जनमतबाटै मन्त्री रहेका शिक्षामन्त्री यादवले आफु विश्वविद्यालयको सहकुलपति रहे पनि आफूलाई समेत जानकारी नरहेको भन्दै शिलान्यास कार्यक्रम स्थगित गर्न निर्देशन दिएका थिए ।

उनले कार्यक्रम स्थगित नगरेमा शिलान्यासको दिन उत्पन्न हुने अवस्थाको जिम्मेवार विश्वविद्यालय प्रशासन हुने भनेर चेतावनी दिएका थिए । यद्यपि, आज शिलान्यास गरिएको हो । जनमत पार्टीको विरोधकाबीच राजविराजमा मधेश कृषि विश्वविद्यालयको जसपा अध्यक्ष उपेन्द्र यादवले शिलान्यास गरेका छन् ।

राजविराज नगरपालिका– १३ मा करिब १२ विघा जग्गामा विश्वविद्यालयको आफ्नै भवन निर्माणको लागि शिलान्यास गरिएको हो । शिलान्यासमा सप्तरी २ बाट पराजित उपेन्द्र यादवलाई नै प्रमुख अतिथि बनाएपछि जनमतले विरोध गरेको थियो । आइतबार जनमतले विश्व विद्यालयको कार्यालयमा तालाबन्दी गरेको थियो ।

शिक्षा मन्त्री यादवले कार्यक्रम रद्द गर्न वक्तव्य जारी गरेका थिए भने जनमत अध्यक्ष डा. सिके राउतले कार्यक्रम रोक्न गृह मन्त्रालयलाई पत्राचार गरेका थिए । यद्यपि सोमबार विश्वविद्यालयको भवन शिलान्यास भएको छ । जसक्रममा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । कार्यक्रम स्थलमा सुरक्षाकर्मीसँगै जसपाका कार्यकर्ताहरूको पनि बाक्लो उपस्थिति थियो ।

त्यसैगरी, ठूलो संख्यामा जनमत पार्टीका समर्थक पनि भेला भएका थिए । यसअघि मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनमत पार्टीका मन्त्रीहरूलाई तत्काल बर्खास्त गर्ने बताएका थिए । जनकपुरमा महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री यादवले जनमतका मन्त्रीलाई तत्काल हटाउनुपर्ने बताएका हुन् ।

जनमत पार्टीका मन्त्रीहरू लाज पचाएर सरकारमा बसेको मुख्यमन्त्री यादवले उल्लेख गरे । मुख्यमन्त्री यादवले जनमतका मन्त्रीहरूले मधेश विश्वविद्यालयका रजिष्ट्रार र भीसीलाई थर्काएर ताल्चा लगाएको भन्दै यो कुन तरिकाको गठबन्धन हो भन्दै प्रश्न गरेका थिए ।

उनले माघ ११ सम्म जनमतलाई सरकारमा राख्ने कुरामा सहमत नभएको भन्दै तत्काल हटाउनुपर्ने बताएका हुन् । मधेश प्रदेशको सरकारमा जनमतबाट शिक्षा तथा समाजकल्याणमन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंह रहेका छन् । पछिल्ला दिनमा मधेशमा जनमत र जसपाबीच निकै विवाद बढ्न थालेको छ ।

Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top