×

NEPAL TIMES UPDATES

Playing
इन्धनको भाउ अचाक्ली बढ्यो, कति पुग्यो मूल्य ?|| Nepal Times
Apr 16, 2026
Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026

चीनमा भूकम्प जाँदा दिल्ली–एनसीआर हल्लियो

९ माघ, काठमाडौं ।

अत्यधिक चिसो र पहिरोको पीडा खेपिरहेको चीनमा फेरि अर्काे विपत्ति आइपरेको छ । चीन–किर्गिस्तान सीमा क्षेत्रमा सोमबार राति ७.२ म्याग्निच्युडको भूकम्प गएको छ । राति ११ बजेर ३९ मिनेटमा गएको भूकम्पको केन्द्रविन्दु दक्षिणी सिनजियाङ उइगुर स्वायत्त क्षेत्रको अक्सु प्रान्तको उशी काउन्टीमा जमिनबाट २२ किलोमिटर तल थियो ।

Advertisement
Advertisement

समाचार एजेन्सी एपीका अनुसार भूकम्पमा १२० भन्दा बढी भवनहरू भत्किएका छन् भने प्रारम्भिक चरणमा ६ जना घाइतेलाई उद्धार गरिएको छ । भूकम्पपछि ५.३ म्याग्निच्युडसहितको ४० वटा परकम्प पनि गइसकेका छन् । भूकम्पको सबैभन्दा बढी प्रभाव उरुम्की, कोरला, काशगर, यिनिङमा महसुस भएको थियो ।

भूकम्पको केन्द्रविन्दु क्षेत्रबाट २ सय भन्दा बढीलाई स्थानान्तरण गरिएको एपीले उल्लेख गरेको छ । भूकम्प गएको केही समयपछि उक्त क्षेत्रका केही भागमा विद्युत् आपूर्ति अवरुद्ध भएको थियो । चीनको सिनजियाङ रेलवे विभागले २७ वटा रेल सञ्चालन रोक्नु परेको जनाएको छ । विभिन्न स्थानमा फसेका मानिसको उद्धार गर्न उद्धारकर्मीको टोली पठाइएको छ ।

चीनमा गएको भूकम्पको प्रभाव भारतमा पनि देखिएको छ । दिल्ली–एनसीआरमा लामो समयसम्म भूकम्पको धक्का महसुस गरिएको थियो । आतंकित मानिसहरु घरबाहिर निस्किएर खुला ठाउँमा पुगेका थिए । यस्तै चीनको युनान प्रान्तमा गएको पहिरोमा परेर अहिलेसम्म नौ जनाको ज्यान गएको छ ।

सोमबार गएको पहिरोमा परि अझै हराइरहेका अरु धेरै मानिसहरूको खोजी भइरहेको छ । राष्ट्रपति सी जिनपिङले निरन्तर खोज तथा उद्धारका लागि आदेश दिएका छन् । त्यस क्षेत्रको तापक्रम शून्यभन्दा तल झरेकाले अत्यधिक चिसोका कारण उद्धारकर्तालाई समस्या भइरहेको जनाइएको छ । प्रारम्भिक अनुसन्धान अनुसार बस्ती नजिकैको ठाडो भीरमा पहिरो खसेको देखिएको छ ।

पहिरोले धेरै घर तथा अरु भौतिक संरचना भत्काएको छ । त्यस क्षेत्रका पाँच सय जनाभन्दा धेरैलाई सुरक्षित ठाउँमा सारिएको छ भने एक हजार जना उद्धारकर्मीहरू परिचालन गरिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । सोमबार मात्रै चीनको युनान प्रान्तमा गएको पहिरोमा ४७ जना पुरिएका छन् । पहिरोमा परेर १८ वटा भवन भत्किँदा अरु थुप्रै मानिस बेपत्ता भएका छन् । पुरिएकाहरुको खोजी तथा उद्धार कार्य अझै भइरहेको छ ।

Advertisement

भर्खरको समाचार

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

सम्बन्धित खबरहरु

Scroll to Top