×

NEPAL TIMES UPDATES

Playing
Thailand bridge योजना के हो? खाडीले बदलियो रणनीति || Nepal Times
Apr 22, 2026
Playing
Top 15 Afternoon News || April-22-2026 || Nepal Times
Apr 22, 2026
Playing
काठमाडौं आएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?|| Nepal Times
Apr 22, 2026
Playing
बाब अल–मन्डेब इरानको नयाँ हतियार, ट्रम्पनीतिको विरुद्धमा नयाँ ‘कार्ड’|| Nepal Times
Apr 22, 2026
Playing
हर्क साम्पाङले देखाइरहेको राजनीतिक परिपक्कता || Nepal Times
Apr 22, 2026
Playing
दीपक साहलाई “राइट टु रिकल”, सुदन गुरुङलाई.............. ?|| Nepal Times
Apr 22, 2026
Playing
इरान, टर्कीए र यूएईका १४ संस्था र व्यक्तिमाथि अमेरिकी प्रतिबन्ध|| Nepal Times
Apr 22, 2026
Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026

अमेरिकाबाट महावीरलाई दिने विमान कसले चोर्याे ?

१२ माघ २०८०

१२ माघ, एजेन्सी । 
नेपालस्थित महावीर पुनको आविष्कार केन्द्रलाई उपहार स्वरूप पठाउन लागेको एक सानो हवाई जहाज अमेरिकामै चोरी भएकोमा अहिले सो जहाज जलाइएको अवस्थामा भेटिएको छ । अमेरिकामा बसोबास गर्ने नेपाली व्यवसायी अनिश प्रधानले सो हवाई जहाज आविष्कार केन्द्रलाई सहयोग स्वरूप नेपाल पठाउन लागेका थिए ।

नेपाल पठाउनका लागि जहाजको इन्जिनसहितका पार्टपुर्जाहरू खोलेर एउटा कन्टेनरमा राखिएको थियो । जहाज राखिएको उक्त कन्टेनर नेपाल पठाउने प्रक्रिया पनि सुरु भइसकेको थियो । तर, नेपाल पठाउनुअघि नै कन्टेनरसहित उक्त जहाज चोरी भएको थियो । जहाजसहितको उक्त कन्टेनर जनवरीको पहिलो साता अमेरिकाको टोरेन्सबाट चोरी भएको समाचारमा जनाइएको छ ।

Advertisement
Advertisement

नेपाल पठाउने प्रक्रियामा रहेको विमानसहितको कन्टेनर चोरी भएपछि अनीशले स्थानीय प्रहरीमा उजुरी गरेका थिए । प्रहरीले अघि बढाएको अनुसन्धानका क्रममा एउटा ट्रकले उक्त कन्टेनरलाई तानेर लगेको सीसीटीभी फुटेजमा देखिएको थियो । तर, प्रहरीले पनि चोरको विषयमा थप केही पत्ता लगाउन सकेको थिएन ।

यो घटना उक्त क्षेत्रमा व्यापक चासोको विषय बनेको थियो । त्यसको केही समयपछि प्रहरीले सामाजिक सञ्जालमार्फत एउटा तस्बिर फेला पारेको थियो । उक्त तस्बिरमा एउटा कन्टेनर जलाइएको अवस्थामा देखिएको थियो । पछि अनिशले तस्बिरमा देखिएको कन्टेनर आफ्नै भएको पुष्टि गरेका थिए । ‘म निकै निराश भएको छु ।

चोरले गेटको ताला फुटाएर जहाजसहितको कन्टेनर चोरेर लग्यो,’ अनिशले भनेका छन् । उनले लामो समयदेखि अमेरिकामा साना प्लेनको पाइलटको प्रशिक्षण केन्द्र सञ्चालन गर्दै आएका छन् । उनी आफ्नो प्रशिक्षण केन्द्रमा विमानको मर्मत सम्भार पनि गर्छन् । अनीशका अनुसार, चोरी भएको प्लेन नेपालमा सञ्चालित आविष्कार केन्द्रमा पठाएर आर्थिक अवस्था कमजोर भएका युवाहरूलाई पाइलटको प्रशिक्षण दिने योजना बनाइएको थियो ।

‘मैले यो जहाज बनाउन निकै परिश्रम गरेको थिएँ । चोरले हामी धेरैको सपना भताभुङ्ग पारेको छ,’ सञ्चारकर्मीसँगको कुराकानीमा अनीशले भनेका छन् । नेपाल पठाउने तयारीमा रहेको उक्त जहाजको लम्बाई २२ फिट र चौडाइ ३५ फिट रहेको थियो । जहाजको तौल भने एक हजार पाउण्ड्सभन्दा बढी थियो । नेपाली वैज्ञानिक पुनले भने राष्ट्रिय आविष्कार केन्द्रमा ल्याएर सो जहाजमार्फत विमान निमार्णको अभ्यास गर्ने योजना गरेका थिए ।

केही महिना अघि अमेरिका गएका महावीरलाई अनिशले राष्ट्रिय आविष्कार केन्द्रलाई विमान दिने वचन दिएका थिए । उडान प्रशिक्षक प्रधानले लस एन्जलसमा आफ्नो ‘प्रधान एयरक्राफ्ट वर्क्स’ चलाइरहेका छन् । प्रधानसँग यस क्षेत्रमा काम गरेको दुई दशकको अनुभव छ । उनै प्रधानले नेपालमा विमान बनाउने र विमान उडाउन सिकाउने विद्यालय स्थापना गर्न वर्षौंदेखि काम गर्दै आइरहेका थिए ।

त्यसका लागि उनले ‘पाइपर पीए १५ नामक विमान तयार गरेका थिए । जसलाई उनले लस एन्जलसको टोरेन्समा भएको आफ्नो भाइको गोदाममा राखेका थिए । दुई जना बसेर उडाउन मिल्ने १९४० ताकाको पुरानो विमानलाई उनी आफैंले मर्मत गरेका थिए ।

Advertisement

एक दशक लागिपरेर बनाएको विमान नष्ट भएपछि प्रधानले आफ्नो मस्तिष्कमा केही नआएको, तर आँखाबाट आँसु आएको मिडियालाई सुनाएका छन् । त्यस्तै केही लोभी व्यक्तिका कारण आफ्नो सपना तुहिँदा दुःख लागेको जनाएका छन् । यद्यपि विमान पुनः बनाउन सकिने आशामा उनले ‘गो फन्ड मी’ मा सहयोग अभियान सुरु गरेका छन् ।

भर्खरको समाचार

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

सम्बन्धित खबरहरु

Scroll to Top