×

NEPAL TIMES UPDATES

Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026
Playing
Thailand bridge योजना के हो? खाडीले बदलियो रणनीति || Nepal Times
Apr 22, 2026
Playing
Top 15 Afternoon News || April-22-2026 || Nepal Times
Apr 22, 2026
Playing
काठमाडौं आएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?|| Nepal Times
Apr 22, 2026
Playing
बाब अल–मन्डेब इरानको नयाँ हतियार, ट्रम्पनीतिको विरुद्धमा नयाँ ‘कार्ड’|| Nepal Times
Apr 22, 2026
Playing
हर्क साम्पाङले देखाइरहेको राजनीतिक परिपक्कता || Nepal Times
Apr 22, 2026

वनारसमा हिन्दु मन्दिर भत्काएर बनाइएको थियो मस्जिद

१२ माघ २०८०

१२ माघ, विराटनगर ।

छिमेकी राष्ट्र भारतमा लामो समयदेखि विवादित अयोध्यामा मस्जिदको साटो राम मन्दिर बनाएर प्राणप्रतिष्ठा समेत सम्पन्न भइसकेको अवस्थामा अर्काे धार्मिक स्थल वाराणसीमा समेत मन्दिरको स्थानमा मस्जिद बनाएको पाइएको छ । वाराणसीस्थित ज्ञानवापी मस्जिद परिसरमा सर्वेक्षण गरेको भारतीय पुरातत्व सर्वेक्षण (एएसआई) ले हालको संरचना निर्माण हुनुअघि त्यहाँ हिन्दू मन्दिर रहेको बताएको छ ।

Advertisement
Advertisement

गत वर्ष जुलाईमा, वाराणसी जिल्ला अदालतले एएसआईलाई मस्जिद परिसरको सर्वेक्षण गर्न निर्देशन दिएको थियो। अहिले सार्वजनिक भएको एएसआई प्रतिवेदनले चार महिना लामो सर्वेक्षण, वैज्ञानिक अध्ययन÷सर्वेक्षण, वास्तुशिल्पका अवशेष, विशेषता, कलाकृति, शिलालेख, कला र मूर्तिकलाको अध्ययनका आधारमा विद्यमान संरचना हिन्दु भएको भनी सहजै भन्न सकिने देखाएको छ ।

मुस्लिम पक्षले पनि एएसआईको प्रतिवेदनको प्रति राति नै पाएको र अहिले प्रतिवेदन वकिलसँग रहेको बताएको छ । ज्ञानवापी मस्जिदको व्यवस्थापन सम्हाल्ने अन्जुमन इन्तेजामिया मस्जिदका सहसचिव एसएम यासिनले भनेका छन्,‘यो प्रतिवेदन हो, निर्णय होइन । प्रतिवेदन करिब ८३९ पृष्ठको छ । यसको अध्ययन र विश्लेषण गर्न समय लाग्छ । विज्ञहरूबाट लिइएको छ। अदालतमा विचार गरी लिइनेछ।“

ज्ञानवापी मस्जिदमा सम्राट अकबरअघिदेखि करिब १५० वर्षदेखि मुस्लिमहरूले नमाज पढ्दै आएको मस्जिद पक्षको विश्वास छ। एसएम यासिनले आफूहरुले धैर्यता अपनाउनुपर्ने समेत बताएको भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् । बीबीसीले मुद्दाको मुख्य वादी राखी सिंहका वकिल अनुपम द्विवेदीबाट ८०० पृष्ठभन्दा बढी प्रतिवेदनमा रेकर्ड गरिएको निष्कर्षको प्रतिलिपि प्राप्त गरेको जनाएको छ ।

एएसआई रिपोर्टका अनुसार, “एउटा कोठा भित्र भेटिएको अरबी–फारसीमा लेखिएको शिलालेखमा मस्जिद औरंगजेबको शासनकालको २० औं वर्ष (१६७६–७७) मा बनेको उल्लेख छ। त्यसैले १७ औं शताब्दीमा औरङ्गजेबको शासनकालमा पूर्व–अवस्थित संरचना ध्वस्त भएको र त्यसका केही भागहरू प्रतिस्थापन गरी विद्यमान संरचनामा प्रयोग गरिएको देखिन्छ।

हाल यस एएसआई सर्वेक्षणमा ज्ञानवापी मस्जिदको सिल गरिएको पानी ट्यांकीको वैज्ञानिक सर्वेक्षण गरिएको छैन। हिन्दु पक्षले भने वजुखानामा शिवलिङ्ग रहेको जसलाई मस्जिद पक्षले झरना भन्ने गरेको दावी गर्दैआएका छन् ।

Advertisement

अब मस्जिद बनाउनुअघि परिसरमा हिन्दु संरचना र मन्दिर थियो भन्ने एएसआईको भनाइले अदालती वहसमा मन्दिर निर्माणका लागि फैसला आउने अपेक्षा गरिएको छ । यसअघि अयोध्यामा समेत बाबरी मस्जिदरको स्थानमा राम मन्दिर निर्माण गर्न अदालतले नै बाटो खोलिदिएको थियो ।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top