×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पानीको अणु भएको अर्को ग्रह भेटियो

१३ माघ २०८०

१३ माघ,एजेन्सी ।

बैज्ञानिकहरुले पानीको अणु भएको अर्को ग्रह पनि भेटिएको दाबी गरेका छन् । हबल स्पेस टेलिस्कोप प्रयोग गरेर खगोलविद्हरूले पृथ्वीबाट ९७ प्रकाश वर्ष टाढा रहेको सानो ज्वलन्त–तातो एक्सोप्लानेटको वायुमण्डलमा पानीका अणुहरू पत्ता लगाएका छन् । जिजे ९८२७ डी नामको यो ग्रह पृथ्वीको व्यासको करिब दोब्बर रहेको छ र यसको वायुमण्डलमा पानीको वाफ भएको फेला परेको छ ।

Advertisement
Advertisement

पानी जीवनको लागि आवश्यक छ, जुन हामीलाई थाहा छ तर यो ग्रहले कुनै पनि प्रकारको जीवनको सम्भावना भने छैन किनभने यसको तापक्रम बढी रहेको छ । तातो बाफका कारणले गर्दा सो पानीले चिलाउने कार्य गर्दछ ।

‘खगोलविद्हरूले अझै यस असामान्य संसारको वायुमण्डलको वास्तविक प्रकृति पत्ता लगाउन सकेका छैनन् तर प्रकाशले थप अनुसन्धानको लागि मार्ग प्रसस्त गर्दछ किनकि उनीहरूले हाम्रो सौर्यमण्डलभन्दा बाहिरका ग्रहहरूको उत्पत्ति बुझ्न खोज्छन्,’ अध्ययनमा भनिएको छ ।

द एस्ट्रोफिजिकल जर्नल लेटर्समा बिहीबार प्रकाशित समाचारअनुसार बस्न योग्य नभएपनि पानीको अणु रहेको ग्रह पत्ता लाग्नु उपलब्धी भएको जानकारी दिएका छन् । यसैबीच फ्रान्सले गुरुत्त्वाकर्षण तरङ्ग र शुक्र ग्रहको गतिविधि अध्ययन गर्ने भएको छ । यसका लागि उसले अन्तरिक्ष यान पठाउने भएको छ ।

युरोपेली अन्तरिक्ष एजेन्सी (ईएसए) ले गुरुत्त्वाकर्षण तरङ्ग अर्थात् अन्तरिक्ष समयमा तरङ्ग पत्ता लगाउने र पृथ्वीको सबैभन्दा नजिक रहेको शुक्र ग्रहको रहस्य पत्ता लगाउनेसहित दुई वटा यान पठाउन फ्रान्सलाई अनुमति दिएको छ ।

लेजर इन्टरफेरोमिटर स्पेस एन्टेना (एलआईएसए) अन्तरिक्षबाट गुरुत्त्वाकर्षण तरङ्गहरूको अध्ययन गर्ने पहिलो मिसन बन्ने ईएसएले दाबफ गरेको छ । यो रकेटमार्फत् सन् २०३५ मा प्रक्षेपण गर्ने योजना छ । मिसनमा तीन वटा अन्तरिक्ष यानको प्रयोग गरिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एएफपीले जनाएको छ ।

Advertisement

यस्तै, ईएसएले आधिकारिकरूपमा अर्को एनभिजन मिसनलाई पनि अनुमति दिएको छ । यो सन् २०३१ मा शुक्र ग्रहतर्फ उड्ने खबरमा उल्लेख छ । मिसनबाट शुक्र ग्रहको इतिहास, भौगोलिक गतिविधि र जलवायुमा नयाँ महत्त्वपूर्ण नयाँ अन्तरदृष्टि प्राप्त गर्ने अपेक्षा गरिएको ईएसएले जनाएको छ । ईएसएका अनुसार यो राडार प्रविधिको प्रयोग गरेर अत्यधिक तातो ग्रहको सतहमुनि प्रत्यक्षरूपमा अनुसन्धान गर्ने पहिलो मिसन हुनेछ ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top