×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

तल्ला तहका एकता प्रक्रिया टुङ्ग्याउन बुधबार नेकपाको सचिवालय बैठक बस्ने

२६ भाद्र २०७५

काठमाडौँ, भदौ २६
प्रदेश, जिल्ला र जनवर्गीय सङ्गठनको एकतालगायतका विषयमा छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बुधबार बस्ने भएको छ ।यसअघि पटकपटक स्थगित हुँदै आएको बैठक बुधबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । सचिवालय बैठक बोलाउने विषयमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सोमबार छलफल भएको थियो ।

तल्ला तहका एकता प्रक्रिया टुङ्ग्याउन बैठक बस्न लगेको हो । प्रवक्ता श्रेष्ठले तल्ला तहका साङ्गठनिक एकता गर्नका लागि बैठक बस्ने थालेको बताए । ‘‘बैठकमा पार्टीलाई बुझाइएको प्रतिवेदनका बारेमा छलफल हुन्छ,’’ उनले भने, ‘‘ती प्रतिवेदन हेरी एकताका लागि निर्णयसमेत गर्दै जानेछौँ ।’’जेठ ३ गते एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि तल्लो तहको पार्टी एकता तीन महीनाभित्र गरिसक्ने बताइएको थियो । एकताका लागि गठन गरिएका कार्यदलले प्रतिवेदन नबुझाउदा प्रदेश, जिल्ला र जनवर्गीय सङ्गठनको एकता प्रक्रिया लम्बिएको छ । ती तहको पार्टी एकताका लागि चार सदस्यीय कार्यदल बनेको थियो ।

Advertisement
Advertisement

कार्यदलले भदौ ५ गतेभित्र एकताका लागि प्रतिवेदन पेश गर्ने भने पनि नाम र नेतृत्वमा सहमति हुन नसक्दा प्रतिवेदन पेश गर्न सकेनन् । पुनः सचिवालय बैठकले भदौ ७ गतेसम्म जेजस्तो अवस्थामा त्यही अवस्थामा प्रतिवेदन बुझाउन भनिए पनि कुनै कमिटीले पनि प्रतिवेदन बुझाएका थिएनन् । अहिलेसम्म जनवर्गीय सङ्गठनमा इञ्जिनियरङको मात्र एकता भएको छ ।

Advertisement

जनसांस्कृतिक महासङ्घ नेपाल, भूमिहीन र वकिलको सङ्गठनको एकता गर्न बनेको कार्यदलले मात्र प्रतिवेदन पेश गरेको छ । विद्यार्थी सङ्गठनको नाम ‘अनेरास्ववियु’ राख्ने सहमति भए पनि नेतृत्व टुङ्गिएको छैन । युवा सङ्गठनमा नाम र नेतृत्वमा सहमति हुन सकेको छैन । अहिलेसम्म प्रदेश नं १ र २ कमिटीबाहेक सबै प्रदेश कमिटीले प्रतिवेदन पेश गरेका छन् । प्रदेश एकता कमिटीले प्रदेश, जिल्ला र सल्लाहकार कमिटीको नामावली बुझाएको छ ।
रासस

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top