एमालेमाथि किन फेरि गर्जिए माधव नेपाल ?

१३ माघ ८०, आइतबार

१४ माघ,काठमाण्डौ । 

Advertisement

पटक पटक आफू प्रधानमन्त्री भएको,आफ्नो राजनीतिक जीवनको उर्जाशिलसहित अधिक समय विताएको, लामो समय अध्यक्षको रुपमा पार्टीको कमाण्ड सम्हाल्ने अवसर पाएको, पुरानो दल नेकपा एमाले यतिबेला पूर्वप्रधानमन्त्री एवं नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई आँखामा बिझाउने भएको छ ।

एमाले फुटाएर नयाँ दल बनाएदेखि नै माधव नेपालका हरेकजसो भाषण र टिप्पणीहरुमा एमालेको आलोचना हुने ने गरेको छ । उसो त नेपाल र एमाले अध्यक्ष केपी ओलीबीच आरोपप्रत्यारोपको जुहारी नै चल्दै आएको छ । जुन पछिल्लो समय भने केही कम सुनिएको थियो ।

Advertisement

यद्यपी पछिल्लो समय सार्वजनिक अभिब्यक्तिमा दुई नेताले एकअर्कालाई आक्षेप अलि कम लगाउन थालेपनि एकअर्कालाई निषेध कसरी गर्न सकिन्छ भन्नेमा चाहीँ रस्साकस्सीमै छन् । यसैबीच माधव नेपालले फेरि एक पटक एमालेमाथि आरोप लगाएका छन् । एमालेले सत्ता गठबन्धनमा खेल्न खोजेको नेपालको आरोप छ ।

खासगरी राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्धनभित्र उलटफेर ल्याउन एमालेले प्रयास गरेको उनको आरोप छ । जसलाई आफूहरुले असफल बनाएको दाबी गरेका छन् । सत्तारुढ दलभित्रै सहकार्य गरेर आफ्नो पार्टीलाई कमजोर बनाउने एमालेको प्रयासलाई आफूहरुले असफल बनाएपछि राष्ट्रिय सभा निर्वाचनमा पनि एमाले असफल भएको उनको भनाइ थियो ।

Advertisement

आइतबारबाट काठमाडौँमा सुरु भएको पार्टीको केन्द्रीय परिषद्को दोस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सत्तारुढ दलहरु एकजुट भएर अघि बढ्दा पनि कोशी प्रदेशमा सत्तारुढ दलकै भोट क्रस भएर एमालेले एक सिट जित हासिल गरेको विषय अहिले सत्तारुढ दलभित्र र बाहिर पनि छलफलको विषय बनेको बताए ।

उनले राष्ट्रिय सभाको निर्वाचनमा पनि एमालेले आफ्नो पार्टीलाई कमजोर बनाउने प्रयास गरेको आरोपसमेत लगाए । नेपालले प्रमुख प्रतिपक्ष दल भएर पनि एमाले अत्यन्तै गैह्रजिम्मेवार ढंगले नकारात्मक भूमिका खेलिरहेको आरोप लगाएका हुन् ।

’सत्ताच्युट भएर प्रमुख प्रतिपक्षमा पुगेको नेकपा एमालेले अत्यन्तै गैह्रजिम्मेवार ढंगले नकारात्मक भूमिका निर्वाह गइरहेको छ। विभिन्न ढंगले सरकार सञ्चालनमा रहेको वर्तमान गठबन्धनलाई तोड्न उद्दत छ,’उनले भने,’यसले मुलुकलाई अस्थिरतातिर धकेलिरहेको भान भइरहेको छ।’

उनले प्रतिपक्षमा रहेका दलहरूले जस्तासुकै विषयमा पनि सदन अवरुद्ध गर्दै आएको बताए ।नेपालले पछिल्लो समय मुलुकमा सरकारको स्थिरता र राजनीतिक स्थिरताबारे प्रश्नहरू उठिरहेको पनि बताए । उनले सदनभित्र विभिन्न विरोधी शक्तिहरूका कारण मुलुकमा अस्थिरता पैदा भइरहेको जिकिर गरे ।

उनले मुलुकको राजनीतिक परिस्थितिमा अस्थिरताका बादलहरू मडारिरहेको बताए । आम निर्वाचन २०७९ को परिमाणले निर्माण गरेको राजनीतिक शक्ति सन्तुलनमा खासै परिवर्तन नभएपनि संसदमा रहेका दलहरूबीच समीकरण र सरकारको स्वरुप भने केही फेरिएको बताए । संघ र सातवटै प्रदेशमा गठबन्धनको सरकार बनेकाले गठबन्धनका दलहरूबीच समझदारीका साथ काम गर्नुपर्नेमा जोड दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top