×

NEPAL TIMES UPDATES

Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
हर्कको बालेनलाई ३३ बुँदे सुझावः mcc,spp मा नजोडिनु, गृहमन्त्रीले राजीनामा दिनु उत्तम|| Nepal Times
Apr 21, 2026

नयाँ युद्ध फुक्न किम तयार ?,वासिंगटनसम्म हलचल

१५ माघ २०८०

१५ माघ, विराटनगर ।

विश्वका दुई प्रख्यात विश्लेषक पूर्वसीआईएका रोबर्ट एल कार्लिन र धेरैपटक उत्तर कोरियाको भ्रमण गरिसकेका आणविक वैज्ञानिक सिगफ्राइड एस हेकरले गएको साता उत्तर कोरियाका शासकहरू युद्धको तयारी गरिरहेको घोषणा गरे । यो घोषणाले एकप्रकारको हलचल मच्चाएको छ ।

Advertisement
Advertisement

कार्लिन र हेकरले ‘थर्टीएटनर्थ’ वेबसाइटमा लेख लेखका छन्, “हामी विश्वास गर्छौँ कि सन् १९५० को दशकमा उनका बुवाले जस्तै किम जोङ उनले युद्धमा जाने रणनीतिक निर्णय लिएका छन् ।” यो घोषणाले सियोलसंगै वासिङगटनमा पनि हलचल सिर्जना गरेको छ । यद्यपी धेरै विश्लेषक भने यसमा सहमत देखिँदैनन् ।

यस्तै केही साताअघि उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले दक्षिण कोरियासँग सम्झौता र एकीकरणको विचार त्यागेको बताएका थिए । यसले पनि उत्तर र दक्षिण कोरिया युद्धका दुई स्वतन्त्र देशका रूपमा प्रस्तुत हुने संकेत देखिएको छ ।

यसबीच उत्तरले जसरी हतियार विस्तार गरिरहेको छ, खासगरी पानीमुनिदेखि आकाशसम्मका आणविक मिसाइलहरु, उसका जासूसी उपग्रह, पनडुब्बी निर्माण हेर्दा र किमका पछिल्ला घोषणा, चेतावनीहरु सुन्दा उनले जुनसुकै बेला पनि युद्धको घोषणा गर्नसक्ने संकेत दिएको छ । यसैपनि किमले आफ्ना सेनाहरुलाई जुनसुकै बेला हुनसक्ने युद्धका लागि तयार अवस्थामा रहन आदेश नै दिएका छन् ।

यसबीच उत्तर कोरियाले पूर्वी सैन्य बन्दरगाहबाट धेरै क्रुज मिसाइल प्रहार गरेकोे छ । किमले आइतबार पनडुब्बीबाट लन्च गरिएको क्रूज मिसाइलहरुकोे परीक्षण अवलोकन गरेका थिए । यसका साथै उनले पनडुब्बी निर्माण परियोजनाको समीक्षा पनि गरेका थिए । दक्षिण कोरियाको स्थानीय मीडियाका अनुसार पनडुब्बीबाट लन्च भएपछि उत्तरको क्रूज मिसाइल पुलहवासल ३–३१ ले पूर्वी सागरमा ७ हजार ४२१ सेकेन्ड र ७ हजार ४४२ सेकेन्डसम्म उडान भरेको थियो ।

यसका साथै निर्धारित लक्ष्यहरुमा सटीक निशाना पनि लगाएको थियो । आइतबार दक्षिण कोरियाली सेनाले आफूहरुले पूर्वी बंदरगाह शिनपो नजिक विहान आठ बजे उत्तर कोरियाद्वारा कयौं क्रूज मिसाइलहरु प्रक्षेपण गरेको पत्ता लगाएको बताएका थिए । पुलहवासल ३–३१ एक नयाँ क्रूज मिसाइल हो, जसको उत्तर कोरियाले पहिलो पटक परिक्षण गरेको हो ।

उत्तर कोरियाले यो पनडुब्बीबाट लन्च हुने मिसाइल भएको खुलाएको थियो । सो क्रममा किमले भनेका थिए, ’नौसेनाको परमाणु हातियारीकरण एक जरूरी काम हो र यो राज्य परमाणु रणनीतिक बलको निर्माणका लागि निकै आवश्यक छ’ । उनले परमाणु ऊर्जाबाट चल्ने पनडुब्बी र अन्य युद्धपोतहरुको निर्माणका विषयमा पनि चर्चा गरेका थिए ।

उल्लेखनीय कुरा के छ भने, परीक्षण यस्तो समयमा भएको हो, जब उत्तर कोरियाको अमेरिका र उसका सहयोगीहरुसँगको द्वन्द्व बढ्दै गएको छ ।किम जोङ उनले आफ्ना हतियारको विकासलाई तीव्रता दिन जोड दिएका कारण हालैका महिनाहरूमा कोरियाली प्रायद्वीपमा तनाव बढेको छ ।

यसबाहेक उनले अमेरिका र उसका एशियाली सहयोगीहरूलाई परमाणु द्वन्द्वको धम्की पनि दिएका छन् । किम जोङ उनमाथि नजर राख्नेहरू भन्छन– उनको आणविक धम्की नयाँ होइन । तर, केही मानिस प्योङयाङको पछिल्लो सन्देश अलग प्रकृतिको भएको बताउँछन् । नयाँ वर्षको अवसरमा किम जोङ उनले कोरियाली प्रायद्वीपमा जुनसुकै बेला युद्ध हुन सक्ने घोषणा गरेका थिए ।

त्यसको ६ दिनपछि मात्र उनको सेनाले सीमामा गोलाबारी गरेको थियो । उत्तर कोरियाले आणविक हतियार बोक्न सक्ने नयाँ ठोस इन्धन मिसाइल र पानीमुनि आक्रमण गर्ने ड्रोनको सफल परीक्षण गरेको दाबी गरेको छ। उत्तर कोरियाले पछिल्लो दुई वर्षयता लगभग हरेक महिना मिसाइलहरू प्रक्षेपण गर्दै आएको छ । उत्तर कोरियाले आफ्नो हतियार विकास कार्यक्रमलाई जारी राखेको छ, यो कार्य संयुक्त राष्ट्रसंघले लगाएको प्रतिबन्धको खुला उल्लंघन हो ।

उत्तर कोरियाले आफ्नो स्थापनादेखि नै दुई कोरियाबीचको एकीकरणलाई महत्त्वपूर्ण उद्देश्य मान्दै आएको छ । सियोलको कुकमिन विश्वविद्यालयका वरिष्ठ अनुसन्धानकर्ता पिटर वार्ड भन्छन्, “यो ठूलो परिवर्तन हो । यसले यस सरकारको आधारभूत वैचारिक आधारलाई उल्टाउँछ ।” किम जोङ उन आफ्नो महत्त्वपूर्ण उद्देश्य त्याग्दै छन् ।

उनले कूटनीतिक च्यानलहरू र सीमापार रेडियो प्रसारणहरू बन्द गरेका छन् । साथै, उनले प्योङयाङबाहिर रहेको नौतले एकीकरण स्मारक भत्काउने घोषणा पनि गरेका छन् । उनका बुवा र हजुरबुवाले एकीकरणको लक्ष्य हासिल गर्न गरेको प्रयासको सम्झनामा सन् २००१ मा उक्त स्मारक निर्माण गरिएको थियो ।

प्लानेट ल्याब्स स्याटेलाइट तस्बिरले उक्त स्मारक भत्किएको देखाएको छ । यद्यपि, यसबारे उत्तर कोरियाबाट कुनै आधिकारिक भनाइ सार्वजनिक भएको छैन । किम द्वितीय सुङले सन् १९५० मा युद्ध सुरु गरेका थिए । तर, कुनै दिन दुई कोरियाली मुलुकको एकीकरण हुनेछ भन्ने उनको सोच थियो ।

कार्लिन र हेकरले यी कुरालाई युद्ध सुरु गर्ने तयारीको संकेतका रूपमा लिएका छन् । यद्यपि, धेरै विश्लेषक यसमा असहमत छन् । जर्ज एचडब्ल्यू बुस फाउन्डेसन फर यूएस–चाइना रिलेसनका सेओङ–ह्योन लीनका अनुसार, उत्तर कोरियाले अर्को महिनादेखि विदेशी पर्यटकका निम्ति आफ्नो सीमा खोल्दै छ । रुसलाई गोलाबारुद बेचिरहेको छ ।

यस्तो अवस्थामा उत्तर कोरियाले युद्ध सुरु गर्छ भन्ने आफूलाई नलागेको लीन बताउँछन् । कुकमिन विश्वविद्यालयका वार्ड भन्छन्, “युद्धमा धेरै दक्षिण कोरियालीहरू मर्न सक्छन् । र, यसले किम जोङ उन र उनको सरकारको अन्त्य पनि गर्नेछ ।” केही मानिस उत्तर कोरियाले ठूलो युद्धकोे भन्दा पनि सीमित कारबाहीको सहारा लिनेमा विश्वास गर्छन् ।

“मेरो चिन्ता दक्षिण कोरियामा सीमित आक्रमणलाई लिएर छ । यो आक्रमणले दक्षिण कोरियाली क्षेत्र वा सेनालाई लक्षित गर्न सक्छ, तर यो सीमित हुनेछ,” कार्नेगी एन्डाउमेन्ट फर इन्टरनेसनल पिसका विश्लेषक अंकित पांडाले भने ।उत्तर कोरियाको सम्भावित आक्रामण गोलीबारी वा कोरियाली प्रायद्वीपको पश्चिममा रहेका विवादित टापुहरूको कब्जामा मात्र सीमित हुन सक्ने बुझाइ पांडाको छ ।

सन् २०१० मा उत्तर कोरियाले ओनप्योङ टापुमा आक्रमण गरेको थियो । आक्रमणमा चार दक्षिण कोरियाली सैनिक मारिएका थिए । दक्षिण कोरियाको प्रतिक्रिया जान्न यस्तो उत्तेजक कदम चाल्न सम्भव छ । किनभने, दक्षिण कोरियाका राष्ट्रपति यू सुक येओलले उत्तर कोरियाले चालेका कुनै पनि कदमको उचित जवाफ दिइने बताइसकेका छन् । यस्तो भए द्वन्द्वले युद्धको रूप लिने पांडा बताउँछन् ।

उत्तर कोरियाले अमेरिका र संयुक्त राष्ट्रसंघको आर्थिक प्रतिबन्ध झेलिरहेको छ । सन् २०२४ उत्तर कोरियाको दुस्मन राष्ट्र (अमेरिका, दक्षिण कोरिया)का लागि निर्वाचन वर्ष हो । अमेरिकामा राष्ट्रपति निर्वाचन र दक्षिण कोरियामा संसदीय निर्वाचन हुँदै छ । किम जोङ उनका लागि यो राम्रो अवसर हो ।

जो बाइडेनको नेतृत्वको वर्तमान अमेरिकी प्रशासन युक्रेन र गाजामा अड्किएको छ । उत्तर कोरियामा ध्यान दिइरहेको छैन, जबकि प्योङयाङसँग अधिकांश वार्ता रिपब्लिकन प्रशासनले गरेको थियो । आणविक निःशस्त्रीकरणमा अवरोध आउनुअघि सन् २०१९ मा डोनाल्ड ट्रम्प र किम जोङ उनबीच सिंगापुरमा चर्चित भेट भएको थियो । हुनसक्छ, किम ट्रम्प फर्कने आशमा बसिरहेका छन् । रुससँगको घनिष्ट मित्रता र गत वर्ष चीनबाट प्राप्त आर्थिक सहयोगले किम जोङ उनको आत्मविश्वास बढाएको विश्लेषकको विश्वास छ ।

Advertisement

यस्तो परिदृश्यमा उत्तरलाई लिएर विश्लेषक भन्छन– दक्षिण कोरिया, अमेरिका र सहयोगीहरूले सबैभन्दा खराब अवस्थाका निम्ति तयार हुनुपर्छ । तर, उत्तर कोरियाको आन्तरिक अवस्था र व्यापक भूराजनीतिमा पनि नजर राख्नुपर्छ । यसबारे तपाइँका टिप्पणी के छन्, अवस्य ब्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top