NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ ९ , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ ९ , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ७ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ७ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ७ , २०८२
Next
Prev

समाचार

इरान समर्थित समूहको निशानामा अमेरिकी सैन्य अड्डा

मङ्लबार माघ १६ , २०८०
Reading Time: 1 min read
A A
Nepal Top
इरानले अमेरिकालाई पनि छाडेन, अमेरिकी अखडामा आक्रमण
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१६ माघ , विराटनगर ।

आइतबार सिरियाली सीमा क्षेत्र नजिकैको जोर्डनमा रहेको अमेरिकी शिविरमा भएको ड्रोन आक्रमणपछि अमेरिका आक्रोशित बनेको छ । ड्रोन आक्रमणमा तीन अमेरिकी सैनिकको ज्यान गएको थियो । ३४ सैनिक घाइते भएका छन् ।

यसमा अमेरिकी राष्ट्रपति जो बाइडनले आक्रमणको बदला दिने चेतावनी दिएका छन् । अमेरिकी शिविरमा आक्रमण गर्नेहरूलाई ‘हामीले चाहेको समयमा चाहेअनुसार उत्तरदायी’ बनाउने छौं, बाइडेनले भनेका छन् । आक्रमणको जिम्मा ‘इस्लामिक रेजिस्टेन्स इन इराक’ नामक समूहले जिम्मा लिएको छ ।

Advertisement

गत वर्षदेखि सक्रिय यो समूह इरानसँग सम्बन्ध भएका र इराकमा सक्रिय लडाकु समूहहरूको छाता संगठन हो । समूहले यसअघि पनि अमेरिकी सैनिकलाई लक्षित गरी तीन आक्रमण गरेको दाबी गरेको छ । उक्त समूहलाई इरानले समर्थन गरेको अमेरिकाको दाबी छ । यद्यपि, इरानले आइतबारको आक्रमणमा आफ्नो कुनै संलग्नता नरहेको जनाएको छ ।

इरानको विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले अमेरिका र बेलायतले आरोप लगाएजस्तो उक्त समूहलाई इरानले सहयोग नगरेको इरानी सरकारी समाचार संस्था इर्नाले जनाएको छ । इरानप्रति लक्षित आरोप निश्चित राजनीतिक उद्धेश्यले प्रेरित रहेको उनको दाबी छ ।

प्यालेस्टिनी विद्रोही समूह हमासले गत अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेयता उक्त क्षेत्रमा हवाई आक्रमणमा परेर अमेरिकी सैनिकहरू मारिएको यो पहिलो घटना हो । अमेरिकी सेनाका अनुसार उक्त क्षेत्रका शिविरमा बेलाबखतमा आक्रमणहरू हुने गरेका भए पनि आइतबारको आक्रमण अघिसम्म मानवीय क्षति भएको थिएन ।

तर अमेरिकाको चेतावनीको बाबजुद जोर्डनपछि पनि फेरि सिरियामा रहेको अमेरिकी र उसका सहयोगीहरुको सैन्य अड्डामा आक्रमण भएको छ ।अमेरिकाका रक्षा अधिकारीले सीरियामा आफूहरुमाथि रकेट हानिएको बताएका छन् । उनी भन्छन्, हामीलाई निशाना बनाइएको छ । सीरियाको गश्ती बेस शादादीमा अमेरिका र सहयोगी बलहरुमाथि कयौं रकेट हानिएको हो । तर यो हमलामा भने मानविय हताहति भएको छैन ।

यस्तै आधारभूत पूर्वाधारमा पनि क्षति भएको छैन । यसबीच व्हाइट हाउसमा एक प्रेस कन्फ्रेन्स गर्दै जोन किर्बीले भने, हामी इरानसंग युद्ध चाहादैनौ । हामी तनाव बढाउने बारेमा सोचिरहेका छैनौं । यसअघि भने जोर्डनमा भएको आइतबारको हमला पछि सोमवार व्हाइट हाउसले जस्तालाई त्यस्तै गर्ने जवाफ दिएको थियो । उसले कडा जवाफ दिने कसम खाएको थियो । यही कारण सो क्षेत्रमा संघर्ष थप बढ्ने संकट देखिएको छ ।

जोर्डनमा अमेरिकाका करिब ४ हजार सैनिक तैनाथ छन् । जोर्डनको सीमा इराक, इजरायल, प्यालेस्टाइन, साउदी अरब र सीरियासंग जोडिएको छ । अमेरिकी सेनाले लामो समयदेखि जोर्डनको प्रयोग यो क्षेत्रमा बेसका रुपमा गर्दै आएको छ । यसैगरी सिरियामा अमेरिकाका ९०० सैनिक तैनाथ छन् । जसले सीरियामा सक्रिय इस्लामिक स्टेटविरुद्ध कुर्द सीरियन डेमोक्रेटिक फोर्सेजसंग मिलेर काम गरिरहेको छ ।

इरान समर्थित समूहले लामो समयदेखि अमेरिकी सैनिकहरुलाई इराक र सीरियाबाट निकाल्ने प्रयार जारी राखेको छ । यी प्रयासहरुलाई तिब्र पार्नका लागि यी समूहहरुले गाजामा जारी इजराइल–हमास युद्धलाई पृष्ठभूमिका रुपमा प्रयोग गरेको पनि विश्लेषण गरिन्छ । किनभने गतवर्ष ७ अक्टुबरमा हमास–इजरायल युद्ध सुरु भएपछि इराक र सिरियामा रहेका अमेरिकी सेना निशानामा पर्दै आएका छन् ।

यहाँ अमेरिकी सेनाले दैनिकजसो नै ड्रोन र मिसाइल हमलाको सामना गर्नु परेको छ ।गाजायुद्धलाई पृष्ठभूमी बनाएर अमेरिका र विभिन्न शसस्त्र समूहबीच संघर्ष बढ्दै जाँदा यसबीच इजरायल र हमासबीच स्थायी युद्धविराम र हमासको कब्जामा रहेका बन्धकहरुको रिहाईका लागि एक पटक फेरि चर्चा बढेको छ । इजरायलका साथै अमेरिका, मिश्र र कतार पनि यस्तो सम्झौताका लागि प्रयास गरिरहेका छन् ।

तर यदि इजरायलको एक चर्चित अखबारको कुरा सत्य हो भने यो सम्झौता अघि नै हमासले एउटा ठूलो शर्त राखेको छ । द टाइम्स अफ रिपोर्टका अनुसार हमासले बंधक मुक्त गर्ने सम्झौताकोे प्रस्ताव स्वीकार गर्नका लागि एक शर्त राखेको छ । हमासको भनाइ छ कि जबसम्म सबै इजरायलीइ सैनिक गाजाबाट फिर्ता हुँदैनन, तबसम्म उ कुनै पनि सम्झौताका लागि तयार छैन ।

हमासले पपुलर फ्रंट फर द लिबरेशन अफ प्यालेस्टाइनको साथमा एक संयुक्त बयान जारी गरेको छ । जसमा उसले भनेको छ, कुनै पनि शान्ति सम्झौतामा संघर्षको पूर्ण समाप्ति र गाजामा इजरायली सैनिकहरुको पूर्ण फिर्ता अनिवार्य छ । अर्थात सम्झौताका लागि इजरायलले युद्ध रोक्नु पर्ने र आफ्ना सेना फिर्ता लैजानु पर्ने उसको शर्त हो ।

यसैबीच कतारका प्रधानमंत्री मोहम्मद बिन अब्दुलरहमान अल थानीले सोमवार वाशिंगटनमा आयोजित अटलांटिक काउंसिलमा सम्बोधन गरेका छन्। यसक्रममा उनले भने, बाँकी रहेका बन्धकहरुको रिहाई र गाजामा स्थाई युद्धविरामको समाधान खोज्नका लागि भएको वार्ता प्रगति उन्मुख छ।आइतबार भएको वार्तामा कुराहरुलाई सामान्य ढंगले पटरीमा ल्याउनका लागि चर्चा भएको उनले बताए ।

उनले भने, बन्धकहरुको रिहाई र स्थाई युद्धविरामका लागि हामीले केही आधार तयार पारेका छौं । जुन दुवै पक्षलाई विश्वास छ कि स्वीकार्य हुने छ । यद्यपी, बैठकमा प्रस्तावित रूपरेखाबारे हमासलाई सूचित गर्न बाँकी छ ।उनी भन्छन्, हामीलाई अहिले थाहा छैन कि हमासले यसमा कस्तो प्रतिक्रिया जनाउँने छ । यदि हमासलाई पनि शान्ति चाहिन्छ भने उसले पनि यो बैठकमा सकारात्मक रूपले सहभागि हुनुपर्छ ।

गाजामा चर्किरहेको युद्धलाई कम गर्ने यस्ता प्रयासहरु एकातिर चलिरहेका छन् भने अर्कातिर गाजायुद्धलाई नै पृष्ठभूमि बनाएर अमेरिका र इरान समर्थित समूहहरुबीचमा बढ्दै गएको संघर्षबारे तपाइँका टिप्पणी के छन्, अवस्य ब्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Tags: #अमेरिकी सैन्य अड्डा#नेपाल टाइम्स् ट्रेडिंग

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२

विचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत
अन्तर्राष्ट्रिय

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

00:16:10

World News: आप्रवासीलाई तेस्रो देश पठाउन ट्रम्पलाई अनुमति, इरानमा जासुस पक्राउ || Nepal Times

00:10:39

World News: विदेशमा रहेका नागरिकलाई देश फर्काउँदै इजरेल, चर्चमा आत्मघाती ब*म || Nepal Times

00:15:43

World News: Indiaका लागि Americaको ‘एड्भाइजरी’, अमेरिकामा आर्थिक संकट || Nepal Times

00:14:37

World News: Israelले फेरि ढाल्यो Iranका वरिष्ठ कमान्डर, आ*क्र*म*ण र वार्ता संगै नहुने इरानी अडान

00:16:20

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
सारुक मृत्यु प्रकरणमा बल्ल बोलिन् नम्रता

सारुक मृत्यु प्रकरणमा बल्ल बोलिन् नम्रता

सोमवार भदौ ११ , २०८०
स्थानीय तहमा विवाद निरुपण : चुनौती र आगामी बाटो

स्थानीय तहमा विवाद निरुपण : चुनौती र आगामी बाटो

आइतवार भदौ १६ , २०८१

हालका पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.