सुनसरीका दुई कार्यालयले सेवाग्राहीको हकमा परिचयपत्र अनिवार्य गरिएको छ ।
सुनसरी जिल्ला अदालत र मालपोत कार्यालयको कामकाजका लागि पुग्ने सर्वसाधारण लगायत सेवाग्राहीको हकमा परिचयपत्र अनिवार्य गरिएको हो ।,यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।
कम विशेषले अदालत र मालपोत पुग्नेले कार्यालय प्रवेश गर्नुपुर्व गेटमा आफ्नो परिचय खुल्ने कागजात पेश गर्नुपर्ने छ । नागरिकताको फोटोकपी वा आधिकारिक परिचय खुल्ने कार्ड बुझाएपछि मात्र सम्बन्धित कार्यालय सुरक्षार्थ खटिएका सुरक्षाकर्मी वा सुरक्षा गार्डले प्रवेशको अनुमती दिनेछन् ।