×

NEPAL TIMES UPDATES

Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-30-2082 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026
Playing
जेठदेखि असारसम्म विश्वयु द्ध हुन् सक्ने सनसनीपूर्ण भविष्यवाणी || Nepal Times
Apr 13, 2026

राजा ज्ञानेन्द्रले ‘राजनैतिक कु’ गरेको दिन माघ १९

१९ माघ २०८०

१९ माघ, काठमाण्डौ ।

तत्कालीन राजा ज्ञानेन्द्रले शाही सम्बोधन मार्फत शासन सत्ता आफ्नो नियन्त्रणमा लिएर ‘राजनैतिक कु’ गरेको दिन, आज माघ १९ । ज्ञानेन्द्रले २०६१ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई हटाई प्रत्यक्ष शासन सत्ता आफ्नै हातमा लिएका थिए । राजाले प्रधानमन्त्री हटाएर शासन सत्ता लिएको सम्झनामा नेपालमा माघ १९ लाई प्रजातन्त्रमाथि ‘कु’ भएको दिनका रूपमा सम्झने गरिन्छ ।

Advertisement
Advertisement

उनले आफ्नो शाही घोषणामा भनेका थिए, राष्ट्रियता, राष्ट्रिय एकता र सार्वभौमिकता बचाउन, देशमा शान्ति सुरक्षा कायम राख्न, देशलाई कुनै कारणबाट पनि बिग्रँदो स्थितिबाट बचाउने जिम्मेवारी पनि हामीमा भएकाले नेपाल अधिराज्यको संवैधानिक रीतिथिति र हामीबाट प्रयोग भइ आएको राजकीय सत्ताको प्रयोग गरिबक्सी नेपाल अधिराज्यको संविधान, २०४७ को मर्म र भावनाअनुरूप संविधानको धारा २७ को उपधारा (३) लाई समेत विचार गरी देशमा शान्ति सुरक्षाको पुनर्स्थापना तथा प्रजातान्त्रिक व्यवस्थालाई शीघ्र क्रियाशील तुल्याउने जनताको चाहना पूरा गर्न हामीबाट वर्तमान मन्त्रिपरिषद् आजैबाट विघटन गरिबक्सेका छौँ ।

अब गठन हुने मन्त्रिपरिषद् हाम्रै अध्यक्षतामा हुनेछ । आगामी तीन वर्षभित्र देशमा शान्ति सुव्यवस्था मिलाइ प्रभावकारी सुधार गरेर बहुदलीय प्रजातन्त्रलाई फेरि सक्रिय तुल्याउन अब गठन हुने मन्त्रिपरिषद् प्राथमिकताका साथ लाग्नेछ । यही कु कै कारण नेपालको राजतन्त्र सदाका लाथि अनत्य भएको थियो ।

त्यसैले आजको दिनलाई नेपालको राजनीतिक इतिहासका लागि कालो दिन र राजतन्त्र अन्त्यको जग हालेको दिनका रुपमा स्मरण गर्ने गरिन्छ । तत्कालीन राजाको यो कदमले तत्कालीन ७ दल र नेकपा माओवादीलाई नजिक तुल्याएको थियो । त्यसपछि दिल्लीमा भएको १२ बुँदे सहमतिको जगमा २०६२–६३ को जनआन्दोलन भएको थियो ।

सात दल र माओवादीबिच सहमति भई सुरु भएको जनआन्दोलनको प्रतिफलस्वरुप पछिल्लो राजनीतिक परिवर्तन सम्भव भएको हो । त्यसैको जगमा भएको पहिलो संविधानसभाले मुलुकमा राजतन्त्रको अन्त्य गरी गणतन्त्र घोषणा गरेको थियो । यससँगै पूर्वराजा ज्ञानेन्द्र नारायणहिटी छाडेर नागार्जुन जान बाध्य भएका थिए ।

त्यही आन्दोलनको सफलतापछि वि.सं. २०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले गरेको शाही घोषणा २ सय ४० वर्षे राजतन्त्र अन्त्यको कारण बन्न पुग्यो । प्रधानमन्त्री शेरबहादुर देउवालाई बर्खास्त गरी ज्ञानेन्द्रले शासनसत्ता हातमा लिएका थिए । उनको यो कदमले राजनीतिक दलहरू आक्रोशित मात्र भएनन्, एक भएर राजतन्त्रविरुद्ध संघर्ष समेत गरे ।

Advertisement

सो आन्दोलनको बलमा २ सय ४० वर्षे राजतन्त्र ढल्यो । सधैका लागि संविधानसभाबाट जारी भएको संविधानत राजतन्त्रको विधिवत अन्त्य भएपनि राष्ट्रिय प्रजातन्त्र पार्टी त्यही गणतान्त्रिक नेपालको संविधानको जगमा उभिएर फेरि राजतन्त्रको वकालत गर्दै आएको छ । उसले राजसंस्था पुनस्थापनाका लागि निर्णायक अभियानको घोषणा समेत गरिसकेको छ । राजाबाट जनता बनेका ज्ञानेन्द्र समेत विभिन्न माध्यामबाट जनतासँग नजिकिदै आएका छन् ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top