×

NEPAL TIMES UPDATES

Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026

अरुणसँग १० घण्टा बयानः जग्गा फिर्ता गर्ने, अरु के भने ?

२० माघ २०८०

२० माघ ,काठमाडौँ । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ परेका उद्योगी अरुण चौधरीसँग बयान लिएको छ । बाँसबारीको १० रोपनी जग्गा कब्जा गरेको आरोपमा चौधरी अहिले सीआईबीको नियन्त्रणमा छन् । चौधरीसंगै बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजित नारायण सिंह थापासँग पनि अनुसन्धान अधिकृतहरूले बयान लिएका छन् । माघ १८ मा पक्राउ परेका चौधरी र थापा ग्रान्डी अस्पतालमा छन् ।

Advertisement
Advertisement

उनीहरूलाई शुक्रवार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँ ल्याएर बयान गराइएको हो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख सन्देश श्रेष्ठको रोहबरमा अनुसन्धान अधिकृतहरूले अरुण चौधरीसँग १० घण्टा बयान लिए । अब फेरि पनि यो प्रकरणमा अनुसन्धान अधिकृतहरूले आवश्यकता अनुसार पूरक बयान पनि लिन सक्छन् । तर, उनीहरूको प्रारम्भिक बयान पुरा भएको छ ।

बयानका क्रममा अनुसन्धान अधिकृतहरूसँग अरुण चौधरीले जग्गा फिर्ता गर्न तयार रहेको बयान दिएका छन् । उनले भनेका छन–‘हाम्रो लगानी अनुसार बाँसबारी छाला जुत्ता कारखानाले जग्गा दिएको थियो तर, सो जग्गा फिर्ता गर्न म तयार छु ।’ यस्तै प्रहरीसँग दिएको बयानमा व्यवसायी चौधरीले आफूहरुले कानूनसम्मत काम मात्र गरेको दाबी गरेका छन् ।

‘विभिन्न निकायबाट निर्णय भएर हाम्रो कम्पनीको नामसम्म जग्गा आएको हो’, चौधरीले भनेका छन् । यस्तै तत्कालीन अध्यक्ष थापाले पनि जग्गा निजीकरण गर्नुअघि अर्थ मन्त्रालय र उद्योग मन्त्रालयबाट निरीक्षण टोली गएको बताएका छन् । बयानमा उनले भनेका छन–‘मन्त्रालयबाट आउनेहरूले पनि जग्गा हस्तान्तरण गर्न नमिल्ने कुरा गरेनन्, मेरो तर्फबाट पनि गल्ती भएछ ।’

थापाले त्यतिबेला आफूले गरेको निर्णय गलत भएको भन्ने थाहा नभएको दाबी गरेका हुन् । ‘त्यसरी अर्को कम्पनीको नाममा मेरो हैसियतले हस्तान्तरण गर्न मिल्थेन भन्ने भएको भए गर्ने थिइनँ, मलाई अरु कसैले पनि त्यतिबेला यो कुरा भनेनन’, उनले भनेका छन्, ‘कारखाना लगातार घाटामा गएपछि यो निर्णय गरेका थियौं ।’ सीआईबीले भने सरकारी जग्गा हडप्ने योजनाका साथ काम भएको पाइएको दाबी गरेको छ ।

बाँसबारी छाला जुत्ता कारखानाको कम्पाउन्डमा सरकारसँग साझेदारीमा च्याम्पियन फुटवेयर कम्पनी स्थापना गरेर चौधरी समूहले जग्गा निजीकरण गरेको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धान निष्कर्ष छ । ‘तीन महिनादेखि अनुसन्धान गरेर कागजात संकलन गरेका थियौं, आज आरोपीहरुको बयानसकियो’, ब्यूरोका एक अधिकृतले भने, ‘जग्गा हडपिएको पुष्टि हुने यथेष्ट आधारहरु छन्, यसमा धेरै गर्नुपर्ने कामहरु बाँकी छैनन् ।’

बाँसबारी छाला जुत्ता कारखानाको कम्पाउन्डमा च्याम्पियन फुटवेयर स्थापना गरेर त्यहाँको १० रोपनी जग्गा च्याम्पियनकै नाममा ल्याएर चौधरी समूहले अहिले त्यहाँ चाँदबाग स्कुल सञ्चालन गरेको छ । च्याम्पियन फुटवेयर भने बन्द भइसकेको छ । यो प्रकरणमा पक्राउ परेका अरुण कुमार चौधरीसंगै अजित नारायण सिंह थापा र सीजी चाँदाबाग रेसिडेन्सी प्रालिका अध्यक्ष सञ्जय ठाकुर थुनामा छन् ।

तर उनीहरुलाई छिटो छाड्न प्रहरीलाई दबाव परेको छ । राजनीतिक दबावकै कारण केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले छिटो प्रतिवेदन बुझाउने तयारी गरेको हो । आफू समेत शेयर सदस्य रहेको बेला भएको निर्णयलाई लिएर प्रहरीले भाइ अरुणलाई पक्राउ गरेपछि नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं सांसद विनोद चौधरीले दौडधुप बढाएका थिए ।

शुक्रबार कांग्रेस सांसदीय दलको बैठकमा उनले राजनीतिक प्रतिशोध राखेर पक्राउ गरेको बताएका छन् । उनी बिहीबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न पुगेका थिए भने सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समेत यस विषयमा प्रधानमन्त्रीसँग कुरा गरेका थिए । त्यसको प्रभाव सीआईबीसम्म परेको छ ।

त्यसैले तीन महिना लामो अनुसन्धान गरेर पक्राउ गरेका कारण प्रहरीले छाड्नुको साटो छिटो प्रतिवेदन बुझाउने तयारी गरेको छ । त्यही कारण सीआईबीका अनुसन्धान अधिकृतहरुको टोलीले शुक्रबार नै व्यवसायी चौधरी र बाँसबारीका पूर्व प्रमुख थापाको बयान लिएका हुन् । सीआईबीले तीन महिनाअघि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ब्रिफिङ गरेर गोप्य अनुसन्धान थालेको थियो ।

त्यसक्रममा यथेष्ट प्रमाणहरु फेला परेपछि पछिल्लो समय पटकपटकको ब्रिफिङपछि सीआईबी चौधरीलाई पक्राउ गर्ने तहसम्म पुगेको थियो । बिहीबार अरुण चौधरीलाई पक्राउ गर्नुअघि प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवर, सीआईबी प्रमुख एआईजी किरण बज्राचार्य लगायतले पटकपटक गृहमन्त्रीलाई ब्रिफिङ गरेका थिए ।

Advertisement
Advertisement

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समेत ब्रिफिङ गरेपछि सीआईबीले पक्राउ गर्न ‘ग्रिनसिग्नल’ पाएको थियो । त्यसपछि लाजिम्पाटस्थित घरमा एउटा टोलीले रेकी र अर्को टोलीले अदालतबाट पूर्जी लिएर बिहीबार उनलाई पक्राउ गरेको थियो । तर उद्योगी व्यवसायी र सत्तारुढ दलबाट प्रधानमन्त्रीमाथि चर्को दबाव परेको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top