×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-07-2026 || Nepal Times
Apr 07, 2026
Playing
डाटा प्याकेजको ९० प्रतिशत खपत भएपछि पूर्वसूचना दिने || Nepal Times
Apr 07, 2026
Playing
‘इस्लामाबाद सम्झौता’ प्रस्तावमा के छ ? || Nepal Times
Apr 07, 2026
Playing
गिरिजाले दिए,बालेनले खोसे,’अदृश्य सरकार’ ट्रेड युनियनको दबदबाको कथा|| Nepal Times
Apr 07, 2026
Playing
बन्दीप्रत्यक्षीकरण रिट खारेज गर्दै म्याद नथप्न परमादेशको अर्थ के हो ? || Nepal Times
Apr 07, 2026
Playing
इरानले यु*द्धविराम होइन, प्रत्याक्रमण गर्ने,एकैदिन १५५ विमान उडे|| Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी र पदाधिकारीको इन्धन सुविधामा ब्यापक कटौती, अब कति पाउँछन् ?|| Nepal Times
Apr 07, 2026
Playing
उत्तर कोरियामा ड्रोन पुगेपछि दक्षिणका राष्ट्रपतिले मागे माफी || Nepal Times
Apr 07, 2026
Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026

बाइडेनसंग किन रिसाए नेतन्याहू ?

२० माघ २०८०

२० माघ विराटनगर ।
अमेरिकी राष्ट्रपति जो बाइडेनको पछिल्लो एक बयानले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू आक्रोशित बनेका छन् । गाजामा हमासविरुद्धको युद्धमा इजरायललाई सघाइरहेका अमेरिकी राष्ट्रपतिले पछिल्लो पटक जब वेस्ट ब्यांकमा रहेका प्यालेस्टाइनीहरुमाथि असैह्य पीडा बर्साइएको भन्ने बयान दिए, त्यसले नेतान्याहूलाई क्रोधित बनाएको छ ।

खासमा बाइडेन प्रशासनले वेस्ट व्यांकमा रहेका यहूदीहरुमाथि प्रतिबन्ध लगाएको छ । प्यालेस्टाइनीहरुविरुद्ध हिंसक गतिविधिहरुमा सामेल भएको भन्दै त्यहाँ रहेका यहूदीहरुमाथि अमेरिकाले प्रतिबन्ध लगाएको हो । आफ्नो बयानमा राष्ट्रपति बाइडेनले भने, मलाई लाग्छ, वेस्ट ब्यांकको स्थिति असैह्य स्थितिसम्म पुगिसकेको छ ।

Advertisement

खासगरी वेस्ट ब्यांकमा प्यालेस्टाइनीहरुविरुद्ध हिंसा, मानिसहरुलाई गाउँबाट जबर्जस्ती विस्थापन र सम्पत्तिको नोक्सानी उच्च स्तरमा पुगेको छ । यो वेस्ट ब्यांक र गाजा, इजारायल र पश्चिम एशियाको पनि शांति, सुरक्षा र स्थिरताका लागि एक गंभीर खतरा हो, बाइडेनले भनेका छन् ।

उनी भन्छन्, यस्ता खालका कारबाहीहरुले अमेरिकाको विदेश नीतिका उद्येश्यहरुलाई कमजोर पार्दछन् । जसमा द्वि–राष्ट्र समाधानको व्यवहारिकता र इजारयल वा प्यालेस्टाइनको सुरक्षा, समृद्धि र स्वतंत्रतालाई सुनिश्चित गर्नु हो । तर उनको यो बयानपछि नेतन्याहूले पनि कडा प्रतिक्रिया जनाएका छन् ।

इजरायली प्रधानमन्त्रीले बाइडेनको बयान र उनको प्रशासनले वेस्ट ब्यांकका यहुदीमाथि लगाएको प्रतिबन्धतर्फ इंकित गर्दै भने, वेष्टव्यांकमा गलत काम गर्नेलाई हामी आफैले सजाय दिन्छौ, यसमा अरु कसैले उनीहरुमाथि सजाय थोपर्न जरुरी छैन ।

नेतन्याहूले भने, यहूदिहरु र सामरिया क्षेत्रका धेरैजसो मानिसहरु कानून पालना गर्छन् । जसमा कयौं अहिले इजरायलको रक्षाका लागि सिपाहीका रुपमा लडिरहेका छन् । इजरायल नी सबै यहूदिविरुद्ध कारबाही गर्दछ जसले कानून तोड्छन् । त्यसैले हरेक ठाउँका लागि प्रतिबंध लगाउनु जरुरी छैन ।

नेतन्याहुको यो भनाइले अमेरिकाले वेष्टब्यांकका यहुदीमाथि लगाएको प्रतिबन्धले इजरायल रुष्ट बनेको स्पष्ट हुन्छ । यसैबीच इजरायली रक्षा बल आईडीएफले गाजामा युद्ध शुरू भएयता उसको मध्य कमान बलहरुद्वारा आतंकवादी गतिविधिहरुमा संलग्न रहेको आशंकामा झण्डै तीन हजार जनालाई पक्राउ गरेको जनाएको छ । आईडीएफको मध्य कमाण्ड यहूदिहरु र सामरिया क्षेत्रको सुरक्षाका लागि परिचालित छ ।

यता अमेरिकी सेनाले जोर्डनमा आफ्नो सैन्य अड्डामा भएको ड्रोन आक्रमणको जवाफमा शुक्रवार सीरिया र इराकमा ईरान समर्थित समुहमाथि बमबारी गरेको छ । मीडिया रिपोर्टका अनुसार, सीरियामा अमेरिकाको हवाई हमलमा परि १३ लडाकु मारिएका छन् । तीमध्य तीन जना गैर–सीरियाली थिए ।

अमेरिकी सेनाले एक बयान जारी गर्दै भनेको छ, अमेरिकाले शुक्रवार इराक र सीरियामा ईरान रिवोल्यूशनरी गार्ड्स र उसले समर्थन गरेको मिलिशियासंग जोडिएका ८५ भन्दा धेरै ठेगानाहरुमा जवाफी हमला गरेको छ ।

बयानमा भनिएको छ, अमेरिकी सेनाकोे हवाई हमलाले विद्रोहीहरुको कमांड र नियंत्रण केन्द्रहरु, रकेट, मिसाइल र ड्रोन भंडारण सुविधाहरुका साथै रसद र गोला–बारूद आपूर्ति श्रृंखलाहरुलाई पनि निशाना बनाएको छ । शुक्रबारको हमलामा लामो दूरीको बी १ बम वर्षकको प्रयोग भएको बताइएको छ । यता सिरियाको सरकारी मीडियाले पनि सिरियाका मरभूमी क्षेत्रहरुमा र इराकसंगको सीमा नजिक रहेका ठेगानाहरुमा अमेरिकी हमला भएको, जसमा परि कयौं मानिस हताहत र घाइते भएको जनाएको छ ।

यता इरान समर्थित समूहहरुको ठेगानामा हमला गरेपछि अमेरिकी राष्ट्रपति बाइडनले पनि एक बयान जारी गरेका छन् । जसमा उनले भनेका छन्, अमेरिका मध्य–पूर्वमा संघर्ष चाहादैन । तर यदी कुनै अमेरिकीलाई हानी पुर्याउने काम गरिन्छ भने हामीले त्यसको कडा जवाफ दिनेछौं ।

उनले शुक्रबारको हमला सुरुवाती मात्रै भएको पनि बताएका छन् । हामीले जवाफी हमला सुरु गरेका छौं, यो आवस्यकता अनुसार जारी रहन्छ, उनको भनाई उदृत गर्दै रोयटर्सले लेखेका छ । यद्यपी अमेरिकी सेनाले इरानको सीमाभित्र भने कुनै पनि ठेगानालाई निशाना बनाएको छैन ।

तर अमरेकिाको जवाबी हमलापछि पश्चिम एशियामा तनाव बढ्ने आशंका गरिएको छ । इजरायलले पनि सिरियामा इरानी लक्ष्यमा आक्रमण बढाएको छ । सिरियामा आईआरजीसीका धेरै सदस्य मारिएको बताइएको छ । गाजामा पछिल्लो तीन महीनादेखि चलिरहेको इजरायल हमास युद्धका कारण यसक्षेत्रमा पहिले नै तनावको स्थिति बनेकै छ ।

यसैबीच कतारी प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जासिम अल–थानीले गाजामा भएको इजरायलको युद्धले क्षेत्रीय खतरा निम्त्याएको बताएका छन् । इजरायल र हमासबीचको सम्भावित सम्झौताको मध्यस्थतामा आफ्नो देशको भूमिकाबारे कुरा गरेको बताएका उनले युद्ध छिट्टै अन्त्य नभए ठूलो क्षेत्रीय द्वन्द्वको जोखिम बढ्ने चेतावनीसमेत दिए ।

अमेरिका भ्रमणका क्रममा उनले यस्तो चेतावनी दिएका हुन् । ‘मलाई लाग्छ कि हामी सबै यो युद्ध रोक्न, ती जीवन बचाउन, ती बालबालिका र ती महिलाहरूलाई मारिने र हवाई हमलाहरू, ट्याङ्कहरूद्वारा, सबै कुराद्वारा लखेट्ने र बम विष्फोटबाट बचाउन एकजुट हुनुपर्छ,’ कतारी प्रधानमन्त्रीले अमेरिकामा भनेका छन् । यसबारे तपाइँका टिप्पणी के छन्, अवस्य ब्यक्त गर्नुहोला ।

Advertisement

ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top