×

NEPAL TIMES UPDATES

Playing
आन्दोलन, जनअपेक्षा र इतिहास दोहोरिने डर उतिकै || Nepal Times
Mar 07, 2026
Playing
रास्वपा बहुमत नजिक , कांग्रेस ५ मा सीमित , अन्य दल कहाँ ? || Nepal Times
Mar 07, 2026
Playing
Nepal Election Update: रास्वपाको लहर, १७ जित र १०० क्षेत्रमा अग्रता – काठमाडौं क्लिन स्विप
Mar 07, 2026
Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026
Playing
कसरी ढले पुराना दलका गढ र लालकिल्लाहरु ? || Nepal Times
Mar 06, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-22-2082 || Nepal Times
Mar 06, 2026
Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026

हुथी विद्रोही को हुन् ? कति छ शक्तिशाली ?

२२ माघ २०८०

२२ माघ ,एजेन्सी ।

यमनका हुथी विद्रोहीहरूले विश्वका केही शक्तिशाली देशका सेनाहरूलाई अहिले अल्झाएर राखेका छन् । तिनीहरूले अझै पनि अमेरिका, बेलायत वा इजरायलसँग जोडिएको मान्ने लाल सागर हुँदै जाने कुनै पनि कार्गो जहाजमा मिसाइलहरू प्रहार गरिरहेका छन्। यसबाहेक अन्य देशका जहाजलाई पनि निशाना बनाएका छन् ।

यी आक्रमणहरूले विश्वव्यापी व्यापारमा पहिले नै ठूलो प्रभाव पारेको छ। जसका कारण अधिकांश कार्गो जहाज हजारौं माइल टाढा अफ्रिकी महादेशको वरिपरि घुम्न बाध्य छन्। हुथी विद्रोहीहरू उनीहरूको मिसाइल बेस र ड्रोन प्रक्षेपण साइटहरूमा अमेरिकी नेतृत्वको हवाई आक्रमणबाट निडर देखिन्छन्।

यस्तो अवस्थामा हुथी विद्रोही को हुन् र कसरी यती शक्तिशाली भए भन्ने प्रश्न उठ्न् सक्छ । हुथी विद्रोहीहरू यमनको उत्तरपश्चिमी भागमा रहेका अल्पसंख्यक समूह हुन्। यी विद्रोहीहरूले उनीहरूको नाम सामाजिक आन्दोलनका संस्थापक हुसेन अल–हुथीबाट पाएका थिए। हुथीहरूले २ हजारको प्रारम्भमा यमनका शक्तिशाली शासक विरुद्ध शृङ्खलाबद्ध युद्ध लडे।

यसपछि, अरब वसन्तको विरोधका कारण उनीहरुले थप शक्ति प्राप्त गरे र यमनमा राजतन्त्र विरुद्ध विद्रोहको घण्टी बजाए। उनीहरुले राजधानी सानालाई सन् २०१४ मा घेरेर कब्जामा लिएका थिए । हुथी विद्रोहीले राष्ट्रपति सालेहलाई देश छाड्न बाध्य पारेका थिए । यसपछि हुथीहरूले राष्ट्रपतिप्रति वफादार रिपब्लिकन गार्डलाई हटाए।

जसका कारण यमनको ८०% जनसंख्या हुथी विद्रोहीले कब्जामा लिएको थियो । यमनमा हुथी विद्रोहीले सत्ता लिएपछि देशको अवस्था निकै नाजुक बन्दै गएको छ । यमन पहिले देखि नै अरब राष्ट्रहरु मध्ये सबैभन्दा गरीब थियो। अहिले एक विनाशकारी गृहयुद्धले यो देशलाई विनाशको छेउमा ल्याएको छ।

एक अनुमान अनुसार यमनको गृहयुद्धमा १ लाख ५० हजार मानिस मारिएका छन् । अवस्था यति नाजुक छ कि लाखौं मानिसले दुई छाक खान पाउँदैनन्। हुथीहरूले आफ्नो छिमेकी साउदी अरेबियामा ड्रोन र मिसाइल आक्रमण पनि गरेका छन् । यस कारणले, साउदी अरेबियाले पनि गठबन्धन बनाएर यमनमा हुथीहरू विरुद्ध धेरै वर्षसम्म हवाई हमला ग¥यो। यी आक्रमणमा हुथी विद्रोही बाहेक हजारौं यमनी नागरिक मारिएका छन्।

भर्जिनियास्थित कन्सल्टेन्सी नाभान्तीका मध्यपूर्व विज्ञ मोहम्मद अल–बाशाले बीबीसीलाई भनेका छन्, “हुथीहरूले दुई दशकमा विजयको शृंखलाबाट निर्माण भएको विजयी मानसिकताको प्रतीक हो।“ उनीहरूले साउदी नेतृत्वको गठबन्धनको पुनर्स्थापनाको प्रयासलाई प्रभावकारी रूपमा विफल पारेका छन् ।

“नोभेम्बर २०२३ को मध्यदेखि, हुथीहरूले बाब अल–मन्डेब स्ट्रेटको साँघुरो, रणनीतिक चोकपोइन्ट नजिकैबाट गुज्रिरहेका कार्गो जहाजहरूमा आक्रमण गर्न मिसाइल र ड्रोनहरू प्रयोग गरेर संसारमा आफ्नो शस्त्रागार प्रदर्शन गरेका छन्। हुथीहरू प्रायः मुस्लिम हुन् जसले सुन्नी बहुल यमनमा शिया इस्लामको जैदी शाखालाई पछ्याउँछन्।

तिनीहरूले यमनीहरूको मात्र १५ प्रतिशत प्रतिनिधित्व गर्छन्। यसका बाबजुद हुथीहरूले आफूलाई यमनका वास्तविक शासकहरू ठान्छन्। हुथीहरूले आफूलाई कुलीन वर्ग (जैदी सम्प्रदाय) सँग सम्बन्धित ठान्छन्। उनीहरूसँग मध्य र दक्षिणी यमनमा सुन्नी नागरिकहरू विरुद्ध लामो समयदेखि घृणा छ। हुथीहरूको आफ्नै हतियार कारखाना छैन।

तिनीहरू ड्रोन र एन्टी–शिप मिसाइलहरू आक्रमण गर्न ब्प्–द्धठ जस्ता राइफलहरूबाट सबै चीजहरू प्रयोग गर्छन्। अमेरिका र संयुक्त राष्ट्रसंघले यी हतियार इरानबाट हुथी विद्रोहीलाई आपूर्ति गरेको दाबी गरेको छ । अमेरिकाले हुथीहरूलाई सैन्य तालिम, हतियार र अन्य सबै सहयोग इरानबाट प्राप्त गरेको पनि बताएको छ ।

एक अमेरिकी प्रतिवेदनमा इरानले हुथी विद्रोहीलाई सीधै कुनै पनि हतियार आपूर्ति नगर्ने उल्लेख गरेको छ, जसका कारण उनीमाथि आरोप लाग्न सक्छ। बरु, उसले हतियारहरूलाई सानो भागमा काट्छ र पहिले अफ्रिकी देशमा पु¥याउँछ। त्यसपछि त्यहाँबाट माछा मार्ने डुङ्गामार्फत यमन लगिन्छ ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top