×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026
Playing
प्रशान्त महासागरमा यसरी भयो अन्तरिक्षयात्रीको सुरक्षित अवतरण || Nepal Times
Apr 11, 2026
Playing
आज वार्ताः इरा*न–अमे*रिकी टोली इ*स्ला*मा*बादमा, चीनको भूमिका ’महत्त्वपूर्ण’|| Nepal Times
Apr 11, 2026
Playing
काठमाडौँ उपत्यकाको मौसम कस्तो होला?|| Nepal Times
Apr 11, 2026
Playing
नेता, कार्यकर्ता र बिचौलियाको चङ्गुलबाट मुक्त हुन लागेको हो सिंहदरबार ?|| Nepal Times
Apr 11, 2026
Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026

पाकिस्तानमा चुनाव जितेको पीटीआईले किन गर्दैछ देशभर प्रर्दशन ?

२८ माघ २०८०

२८ माघ, एजेन्सी ।
जेलमा रहेका पाकिस्तानी विपक्षी नेता इमरान खानको पार्टीको समर्थनमा रहेका उमेदवारले सरकार गठन गर्ने योजना बनाएका छन् । पूर्वप्रधानमन्त्री खानका तत्कालीन निकट सहयोगीले अन्तिम चुनावी नतिजा सार्वजनिक नगरे शान्तिपूर्ण विरोध गर्न समर्थकलाई आग्रह गरेका छन् । बिहीबार भएको निर्वाचनमा पाकिस्तानका २४ करोड १० लाख नागरिकले मतदान गरेका थिए ।

खानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) ले चुनाव जितेको दाबी गर्दै देशका धेरै भागमा विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ। पार्टीले चुनावमा पाएको जनादेश लुट्ने प्रयास भइरहेको दाबी गरेको छ। पार्टीले लाहोर, फैसलाबाद, रावलपिंडी, मुल्तान, बहावलपुर, डेरा गाजी खान र गुजरनवालामा कार्यकर्ताहरूलाई प्रदर्शन गर्न आग्रह गरेको छ।

Advertisement
Advertisement

अहिलेसम्मको नतिजामा पीटीआईले समर्थन गरेका स्वतन्त्र उम्मेदवारले सबैभन्दा बढी सिट जितेका छन्। पीटीआईले दिउँसो २ बजे लाहोरको लिबर्टी चोकमा शान्तिपूर्ण प्रदर्शनको तयारी गर्न कार्यकर्तालाई निर्देशन दिएको छ। पीटीआईले एक्समार्फत जनादेश खोस्ने प्रयासको विरोधमा दक्षिणी पञ्जाबमा शान्तिपूर्ण प्रदर्शन गरिने बताएको छ।

मतदान सकिएको तेस्रो दिन भइसक्दा पनि राष्ट्रिय सभाका सात सिटको मतपरिणाम आउन बाँकी छ। यी सबै सिट बलुचिस्तानका हुन्। यसअघि शनिबार पीटीआईका अध्यक्ष गौहर अली खानले आफ्नो पार्टीका कार्यकर्ताहरूले शनिबार रातिसम्म नतिजा घोषणा नहुने सिटका मतगणना केन्द्रबाहिर विरोध प्रदर्शन गर्ने बताएका थिए।

आर्थिक संकटसँग संघर्ष गरिरहेको पाकिस्तानमा गम्भीर ध्रुवीकृत राजनीतिक वातावरणले चुनावी नतिजा समेत अस्तव्यत बनाएको छ । खान र उनका मुख्य प्रतिद्वन्द्वी तीन पटक पाकिस्तानका प्रधानमन्त्री बनेका नवाज सरिफ दुवैले शुक्रबार चुनावमा विजयको घोषणा गरेका थिए । यससँगै त्यहाँ सरकार कसले गठन गर्छ भन्ने अनिश्चितता बढेको छ ।

खानको पाकिस्तान तहरीक इन्साफ (पीटीआई)का अध्यक्ष गोहर खानले सबै संस्थालाई आफ्नो पार्टीको जनादेशलाई सम्मान गर्न आह्वान गरेका छन् । यस्तै, सरिफले पनि शुक्रबार आफ्नो पार्टी बलियो भएर अगाडि आएको भन्दै गठबन्धन सरकार गठन गर्न अरुपार्टीसँग छलफल गर्ने भनेका थिए ।

पाकिस्तानको निर्वाचन आयोगका अनुसार कुल २६६ सिटमध्ये पछिल्लो चुनावी नतिजाले स्वतन्त्र उमेदवारले १०० सिट जितेका छन् । सरिफको पाकिस्तान मुस्लिम लिग नवाज (पीएमएल–एन)ले ७२ सिट जितेको छ । चुनाव चिह्न नपाएपछि खानको पार्टी पीटीआईका नेताहरू स्वतन्त्र उमेदवार भएर चुनाव लडेका थिए ।

Advertisement

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top