विराटनगर : नेपाल उद्योग वाणिज्य महासंघप्रति पुर्वका व्यवसायी रुष्ट भएका छन् । उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे मातृशोकमा रहेका बेला महासंधले तीन दिने स्पष्टीकरण सोधेपछि पूर्वक्षेत्रका उद्यागी ब्यबसायीहरु रुष्ट भएका छन् ।
बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रका समस्या समाधानका लागि गठन गरेको उच्चस्तरीय कार्यदलले आयोजना गरेको प्रदेश नं १ स्तरीय बैठकले महासंघको कार्यप्रति असन्तुष्टि जनाउँदै व्यवहार सुधार गर्न पत्र पठाउने निर्णय गरेको हो ।
बैठकमा विभिन्न क्षेत्रका उद्योग वाणिज्य संघका प्रतिनिधिहरुले महासंघका पदाधिकारीहरु गैरजिम्मेवारपुर्ण ढंगले प्रस्तुत भएको, प्रदेश महासंघ गठन गरेपनि कुनै काम नगरेको भन्दै आक्रोश पोखेका थिए ।यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।