×

NEPAL TIMES UPDATES

Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
हर्कको बालेनलाई ३३ बुँदे सुझावः mcc,spp मा नजोडिनु, गृहमन्त्रीले राजीनामा दिनु उत्तम|| Nepal Times
Apr 21, 2026
Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026

कांग्रेसमा हिन्दू राष्ट्र बुलन्द, नयाँ दल लोकरिझाइँ

४ फाल्गुन २०८०

४ फागुन, विराटनगर । 
देशको सबैभन्दा ठूलो दल नेपाली काग्रेस महासमिति बैठकमा जुटेको छ । बैठकमा लागि नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा उपसभापति र महामन्त्रीद्वयले विभिन्न प्रस्ताव पेश गरेका छन् । उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री गगन थापाले सांगठानिक प्रतिवेदन र अर्का महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक प्रतिवेदन पेश गरेका हुन् ।

जुन प्रस्तावमा पार्टीको लक्ष्य, भविष्यका योजना र वर्तमान राजनीति, सरकार र राजनीतिक दलहरुलाई हेर्ने कांग्रेसको नजरको चिरफार गरिएको छ । तीनवटै प्रतिवेदनमाथि छलफल सुरु भएको छ । प्रस्ताव केन्द्रीय समितिले पारित गरेसँगै महासमिति बैठकमा पेश हुनेछ । कांग्रेसको महासमिति बैठक फागुन ७ देखि १० सम्म ललितपुरको गोदावरीमा हुँदैछ ।

Advertisement
Advertisement

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले महासमिति बैठकको लागि तयार पारिएको नीति प्रस्तावमा नेकपा दुई चिरा भएको बेलामा व्यवस्था रक्षाको लागि सडकमा ओर्लिएको उल्लेख गरेका छन् । प्रस्तावमा भनिएको छ, ‘इतिहास साक्षी छ, नेपाली कांग्रेसको आँखामा सत्ता होइन, लोकतन्त्र थियो र छ । कांग्रेसको ध्येय र ध्यान भनेकै लोकतान्त्रिक पद्धति र चरित्रको संरक्षण हो ।

सत्ताकै मात्र लोभ गरेको भए नेकपा काँक्राको चिराझैँ चिरिएको र तहसनहस भएको समयमा नेपाली कांग्रेस निर्वाचनमा जाने थियो र पूर्ण बहुमतसहित सत्तामा पुग्ने थियो । तर, केवल सत्ता होइन, नेपाली कांग्रेसले संविधानको रक्षा र कार्यान्वयनलाई मूल मुद्दा बनायो र आमनागरिकको साथमा सडकमा ओर्लिएको उल्लेख गरेका छन् ।

उनले परिवर्तनलाई संस्थागत गर्नुपर्ने दायित्वबोध गरेका अन्य दल तथा कतिपय दलभित्रका परिवर्तनकारी जुझारु शक्ति र सर्वोच्च अदालत समेतको संवैधानिक एवं विवेकपूर्ण फैसलाका कारण काबु बाहिर जान लागेको राष्ट्रिय राजनीतिक परिस्थिति सह्मालिएको उल्लेख गरेका छन् । कांग्रेसको नेतृत्वले जिम्मेवार ढङ्गले काम गर्दा मुलुक फेरि लोकतान्त्रिक मार्गमा फर्किएको उपसभापति खड्काले जिकिर गरेका छन् ।

उनले अहिले आमतहमा रहेका कतिपय निराशाको जगमा टेकेर धमिलो पानीमा माछा मार्ने प्रवृत्ति हावी हुन खोजेको बताएका छन् । नयाँ दलप्रति लक्षित गर्दै समस्या तथा अप्ठेराहरूलाई पन्छाएर मुलुकलाई सही दिशा प्रदान गर्न आर्थिक तथा भौतिक विकास गर्दै सामाजिक रूपान्तरणको बाटोमा अगाडि बढ्नुपर्नेमा त्यसको ठीक विपरीत नागरिकमा थप निराशा बढाउँदै त्यही निराशाको व्यापार गर्न खोजेको उनले आरोप लगाएका छन् ।

दायित्व र जिम्मेवारीबाट पन्छिनु र आफ्नो प्रस्ट दृष्टिकोणविना लोकप्रियताका लागि जे पनि बोल्नु नै लोकरिझ्याइँ हो । त्यही लोकरिझ्याइँ गर्नेहरूको राष्ट्रियता, लोकतन्त्र, समाजवाद र हालको शासन व्यवस्था तथा प्रणालीप्रति कुनै पनि अपनत्व छैन । न गौरवपूर्ण इतिहास छ न त विश्वस्त भविष्य । न लोकतन्त्रप्रतिको प्रतिबद्धता छ न त भावी यात्राको प्रस्ट मार्ग चित्र नै ।

उनले भनेका छन् ,यिनीहरू सस्तो लोकप्रियताको नाममा समाजमा वितृष्णा र निराशाको व्यापार गर्न प्रयत्नशील छन् । उनले राजनीतिक दल र सरकारको काम गर्ने तौरतरिका तथा शैलीप्रति आमनागरिकको गुनासो, असन्तुष्टि तथा चित्त दुखाइ रहेको उल्लेख गरेका छन् उनले नेपाली कांग्रेसलाई तत्कालीन नेकपाको सरकारले वि.सं २०७४ पछिको समय खेर फाले झैँ अहिलेको समय खेर फाल्ने छुट नभएको उल्लेख गरेका छन् । उनले कांग्रेसले सबै राजनीतिक दललाई सहकर्मी तथा राजनीतिक मित्र ठान्ने बताएका छन् ।

यस्तै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा पार्टीबाट सहभागी भएका मन्त्रीहरूको कार्यसम्पादनको समीक्षा गर्न प्रस्ताव गरेका छन् । महासमिति बैठकमा प्रस्तुत गर्नुपूर्व परिमार्जनका लागि केन्द्रीय कार्यसमितिमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘एकल बहुमत नभएको स्थिति र शक्ति बाँडफाँटको पाँच वर्षे सहमति अनुरूप गठबन्धनभित्रको दोस्रो दलको नेतृत्वमा हामी सरकारमा सहभागी छौं ।

सरकारमा सहभागिताको वर्ष दिन पुग्नै लाग्दा हुँदै गरेको महासमिति बैठकमा सरकारको प्रभावकारिता र कमजोरीउपर हामीले खुलेर छलफल गर्नुछ भने हाम्रा मन्त्रीहरूले सम्हालेको मन्त्रालयको प्रगति र कमजोरीको पनि समीक्षा गर्नुछ ।’ वर्तमान सरकारमार्फत कम्तीमा संविधान रक्षाको साझा कार्यभार सम्पादन भएको उल्लेख गर्दै भ्रष्टाचार नियन्त्रण गर्न केही पहलकदमी अपर्याप्त भएपनि सुशासनको दिशामा केही प्रयास गरेको शर्माको जिकिर छ ।

वर्तमान सरकारको सफलता असफलतासँग कांग्रेसको पनि छवि गाँसिएको भन्दै सरकारले गर्ने राम्रा कामको जस लिन नसक्ने तर अपजसहरूको भारी बोक्नुपर्ने ? भन्ने प्रश्न र असन्तुष्टि कांग्रेसको पार्टी पंक्तिमा रहेको प्रतिवेदनमा लेखिएको छ । कांग्रेसका केही मन्त्रीको कार्यसम्पादन सन्तोषजनक नै भएपनि केही मन्त्रीको भूमिका प्रभावकारी नदेखिएको शर्माले उल्लेख गरेका छन् । शर्माले राष्ट्रियसभाको निर्वाचनमा कोशीको नतिजाले गठबन्धनमाथि प्रश्न उठेको स्वीकारेका छन् । गठबन्धन छोड्न कुनै पनि दल स्वतन्त्र रहेको भएपनि गठबन्धनमा रहेर स्वतन्त्र गतिविधि गर्न छुट कसैलाई नभएको शर्माले लेखेका छन् ।

यस्तै महामन्त्री गगन थापाले महासमिति बैठकमा प्रस्तुत गर्नुपूर्व परिमार्जनका लागि केन्द्रीय कार्यसमितिमा १९ पृष्ठ लामो समसामयिक राजनीतिक प्रस्ताव पेश गरेका छन् । जसमा लोकतन्त्रको विकल्प, गठबन्धन, सरकारमा सहभागिता, नेपालमा सुशासन, नागरिकमा असन्तुष्टि, राजनीतिको साझा कार्यभार र राजनीतिले चिन्नुपर्ने, चिर्नुपर्ने र सहकार्यमा गाँस्नुपर्ने नेपाली समाजको बहुआयामिक मनोविज्ञान गरी सात ओटा विषय समेटिएको छ ।

नेपाली काङ्ग्रेसभित्र दुई किसिमका प्रवृत्ति देखा परेको महामन्त्री गगन थापाले औँल्याएका छन् । थापाले कांग्रेसका विभिन्न तहका कार्यकर्ताको विचार विश्लेषण सुन्दा दुई किसिमको प्रवृत्ति देखिएको बताएका हुन् । पहिलो आत्मनिन्दा र दोस्रो आत्मश्लाघा’, महामन्त्री थापाले आफ्नो प्रतिवेदनमा खुलाएका छन् । त्यसैले उनले आत्मघाती प्रवृत्तिबाट पार्टी मुक्त हुन जरुरी रहेको बताएका छन् । थापाले कानूनले पार्टीमा आबद्धता हुन रोक लगाएका शिक्षक र कर्मचारीलाई पार्टी सदस्यता नदिने प्रस्ताव गरेका छन् ।

उनले प्रचलित कानूनले पार्टी सदस्यता लिन निषेध गरेका पेशासँग सम्बद्ध शुभेच्छुक संस्थासँग पार्टीको अहिलेको संस्थागत आबद्धता बदलेर पार्टीले विधागत, पेशागत, विशेषज्ञ सम्बन्ध राख्ने, सम्बन्धित पेशामा संलग्न व्यक्तिहरूलाई पार्टीको सदस्यता नदिने प्रस्ताव गरेका छन् ।यता नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रतिवेदन र दस्ताबेजमा गठबन्धनको छाया परेको बताएका छन् । महासमिति बैठकमा प्रस्तुत हुने प्रस्तावहरू कांग्रेसको मौलिकतामा आधारित नरहेको उनले बताएका छन् ।

आफ्नो इतिहासको गुणगान मात्र गाउन र यथास्थितिमै रमाउने बानी परिवर्तन गर्न उनको सुझाव छ ।केन्द्रीय सदस्य जितजंग बस्नेतले महामन्त्री गगन थापाको सांगठनिक प्रस्तावले अर्को कुनै पार्टीमा रुपान्तरण गर्न खोजेको भान परेको बताएका छन् । थापाको प्रतिवेदनमा शुक्रबार केन्द्रीय समिति बैठकमा बोल्ने क्रममा बस्नेतले ‘युवासँग कांग्रेस’ मा युथ कांग्रेस, उद्यमशील कांग्रेस विधानले नचिन्ने बताएका छन् ।

‘पार्टीको विधानले युथ कांग्रेस चिन्दैन । युथ कांग्रेस भनेको के हो ?’ तरुण दलका पूर्व अध्यक्ष समेत रहेका बस्नेतले भने, ‘कतै २०१० सालमा महामानव वीपी कोइरालाले कलिलो प्रजातन्त्रको रक्षाका लागि गठन गरिएको नेपाल तरुण दललाई घाँटी निचोर्ने काम त भएको होइन ? तरुण दलको तदर्थमै चलाउनुको भित्री रहस्य कहीँ यही युथ कंग्रेस त होइन ?’ महाधिवेशनमा स्वतः प्रतिनिधि हुने व्यवस्था अन्त्य गर्न केन्द्रीय सदस्य, सांसद लगायत वडाबाट निर्वाचित हुनुपर्ने छलफलका लागि प्रस्ताव महामन्त्री थापाले अघि सारेका छन् ।

प्राइमरी इलेक्सन नेपाली मौलिकतमा आधारित नभएकाले अमेरिकी व्यवस्था साभार गर्न लागिएको भन्दै उनले महामन्त्री थापालाई प्रश्न गरेका छन् । महामन्त्री थापाले प्रतिवेदनलाई निकै फूलबुट्टा पार्न खोजिएको बस्नेतले आरोप लगाएका छन् ।यस्तै कांग्रेस केन्द्रीय सदस्य कल्याण गुरुङ १५ औं महाधिवेशनबाट लागू हुने गरी सभापतिससहित सबै पदाधिकारी राज्यको कुनै पनि कार्यकारी पदमा जान नपाउने व्यवस्था गर्न प्रस्ताव गरेका छन् ।

यस्तै केन्द्रीय समिति बैठकमा विशेष पूरक प्रस्ताव पेस गरेका छन् ।केन्द्रीय सदस्य र प्रदेश सभापति गरी २२ जना नेताले कांग्रेस धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दूधर्मको पक्षमा उभिन विशेष पूरक प्रस्ताव पेस गरेका हुन् । केन्द्रीय सदस्य शंकर भण्डारीले सनातन हिन्दूराष्ट्रको पक्षमा उभिन भन्दै पार्टी सभापति शेरबहादुर देउवालाई २२ जनाको हस्ताक्षरसहितको पत्र बुझाएका हुन् ।

यसअघि नै उनीहरूले कांग्रेसको आसन्न महासमिति बैठकबाट हिन्दु राज्यको एजेन्डामा पार्टीलाई फर्काउन केन्द्रीय समन्व्य समिति बनाइएको थियो।केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शंकर भण्डारीको अध्यक्षतामा गत आइतबार बसेको बैठकले सल्लाहकार परिषद् पनि बनाएको थियो।

सबैभन्दा ठूलो दल कांग्रेसका महासमिति बैठकका प्रतावित एजेण्डा, त्यसमाथिको आलोचना र हिन्दू राष्ट्रका पक्षमा देखिएको बलियो जनाधारबारे तपाईका विचार अवश्य ब्यक्त गर्नुहोला ।ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top