संसारकै सबै भन्दा लामो केबल कार नेपालमा बन्दै, बिरेठाँटीदेखि मुक्तिनाथसम्म ८३.६५ किलोमिटर

काठमाडौं,भदौ २८
संसारको सबै भन्दा लामो केबल कार नेपालमा बन्ने भएको छ । हिन्दु र बौद्ध धर्मावलम्बीहरुको साझा तिर्थस्थल मुक्तिनाथमा संसारकै लामो केबल कार निर्माण हुन लागेको हो । कास्कीको बिरेठाँटीदेखि मुस्ताङको मुक्तिनाथसम्म ८३.६५ किलोमिटर लामो केबलकार निर्माण गर्न लागिएको हो ।

हालसम्म विश्वमा १५ किलोमिटर भन्दा लामो केबलकार निर्माण भएका छैनन् । संसारकै लामो केबलकार निर्माण गर्न लगानी बोर्ड र मुक्तिनाथ दर्शन प्रालीबिच १८ महिनाभित्रै विस्तृत परियोजना प्रस्ताव(डीपीआर) बनाउने सम्बन्धी सहमति पत्रमा हस्ताक्षरभएसँगै केबल कारको काम अघि बढेको हो ।

कास्कीको बिरेठाँटीदेखि मुस्ताङको मुक्तिनाथसम्म ८३.६५ किलोमिटर लामो केबलकारको निर्माण लागत करिब ३४ करोड अमेरिकी डलर बराबर हुने प्रारम्भिक प्रक्षेपण गरिएको छ । यो केबल कार निर्माण भएमा पोखराबाट मुक्तिनाथसम्मको यात्रा केहि घण्टामै सिमित हुनेछ ।
डीपीआर निर्माण सम्बन्धी सम्झौता पत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र मुक्तिनाथ दर्शन प्रालीका अध्यक्ष अरुण कुमार सुवेदीले हस्ताक्षर गरेका हुन् ।

Advertisement

बिरेठाँटीमा मुल स्टेशनसहित केबलकारका ६ वटा स्टेशनहरु रहनेछन् । घोरेपानी, तातोपानी, लेते मार्फा, जोमसोम, कागबेनी र मुक्तिनाथमा सब स्टेशनहरु निर्माण हुनेछन् । २०७५ बैशाख १५ गते प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बसेको बोर्डको बैठकले बिरेठाँटी मुक्तिनाथ केबलकारको डीपीआर तयार पार्न निर्देशन दिएको थियो ।

सोही निर्देशन अनुसार बोर्डले मुक्तिनाथ दर्शन प्रालीसँग सम्झौता गरेको हो । सम्झौता अनुसार प्रालीले आगामी १८ महिनाभित्र डीपीआर तयार गरेर बुझाउने छ ।हिन्दु र बौद्ध धर्मावलम्बीहरुको पवित्र तिर्थस्थलका रुपमा रहेको मुक्तिनाथमा केबल कार निर्माणले पर्यटन प्रवद्र्धनमा ठूलो मदत गर्नेछ ।
(विकास न्युजबाट)

Advertisement
Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top