नाभाल्नीलाई दिइएको भनिएको विष कस्तो हो ?

१० फागुन , एजेन्सी ।
बेलायतले भ्लादिमिर पुटिनका कट्टरविरोधी विपक्षी नेता एलेक्सी नाभाल्नीको मृत्यु भएको रुसी जेलका ६ जना अधिकारी माथि प्रतिबन्ध लगाएको छ । बेलायतका विदेशमन्त्री डेभिड क्यामरुनले बुधबार बेलायतले रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीको मृत्यु भएको ’पेनल कोलोनी’ का प्रमुख छ जना अधिकारी माथि प्रतिबन्ध लगाएको बताएका छन् ।

’नभाल्नी प्रतिको क्रूर व्यवहारका लागि जिम्मेवार व्यक्तिहरू कुनै भ्रममा नपरे हुन्छ, हामी उनीहरूलाई जवाफदेही बनाउँछौं,’ क्यामरुनले भनेका छन् । यस्तै नाभाल्नीको मृत्युलाई लिएर अमेरिकासहितका मुलुकहरुले रुसमाथि थप प्रतिबन्धको तयारी गरेको पनि खबरहरुमा उल्लेख छ । अमेरिकी राष्ट्रपतिसहित पश्चिमा नेताहरुले नभाल्नीको हत्याको दोषी पुटिन भएको आरोप लगाएका छन् ।

नाभाल्नीको परिवारले पनि उनलाई जेलमा विष दिइएर हत्या गरिएको आरोप लगाएको छ । उनकी पत्नी युलिया नभलनयाले आफ्ना पतिको शव नोभिचोक नर्भ एजेन्टको निशाना मेटाउन लुकाइएको आरोप लगाएकी छन् । नाभाल्नीको राजधानी मस्कोभन्दा करिब १ हजार ९०० किलोमिटर टाढा खारपको जेलमा शंकास्पद मृत्यु भएको थियो ।

Advertisement

उनकी पत्नी युलियाले भिडियो जारी गर्दै पुटिनले आफ्ना पतिको हत्या गरेर आफ्नो आधा हिस्सा, आधा मुटु र आधा आत्माको हत्या गरेको बताएकी छन् । उनले आफू अझै जीवित रहेको भन्दै पतिको अभियान जारी राख्ने बताएकी छन् । नभलनयाले आफ्नो भिडियोमा नाभाल्नीको शरीरबाट नोभिचोक नर्भ एजेन्टको निशाना मेटाउन शव लुकाएको बताएकी छन् ।

अमेरिकी संस्था नेसनल इन्स्टिच्युट अफ हेल्थको शाखा नेसनल लाइब्रेरी अफ मेडिसिनका अनुसार नोभिचोक सोभियत संघले शीतयुद्धका क्रममा गोप्य रूपमा बनाएको नर्भ एजेन्टको समूह हो । यसलाई चौथो पुस्ताको रासायनिक हतियारका रूपमा समेत चिनिन्छ । यो एक अर्गनोफस्फोरस यौगिक हो । जसमा अत्यधिक विषाक्त गुण हुन्छ ।

Advertisement

नोभिचोक एजेन्टको रुसी अर्थ नव आगन्तुक हो । यसलाई नर्भ एजेन्टको काल्पनिक समूहका रूपमा पनि परिभाषित गर्न सकिन्छ । यिनीहरूमध्ये केहीलाई बाइनरी रासायनिक हतियारका रूपमा पनि वर्गीकृत गर्न सकिन्छ । यो विषको खास विशेषता भनेको यसलाई ट्रेस गर्न असाध्यै कठिन छ । यसलाई नेटोको रासायनिक हतियार पहिचान उपकरणले पनि ट्रेस गर्न सक्दैन ।

नोभिचोक नर्भ एजेन्ट सन् १९७०–८० को दशकमा विकसित गरिएको हो । जसका बारेमा सन् १९९० मा रुसी रसायन वैज्ञानिक डा. भिल मिर्जायानोभले खुलासा गरेका थिए । यो विषको प्रयोग अहिलेसम्म युद्धमा गरिएको पुष्टि भएको छैन । सन् २०१८ मा बेलायतमा रुसी पूर्वगुप्तचर अधिकारी सर्गेइ स्क्रिपल र उनकी छोरी युलियालाई यही विष दिइएको थियो ।

तर, दुवै जना बच्न सफल भएका थिए । बेलायतले यो घटनामा रुसमाथि आरोप लगाएको थियो । जसलाई रुसले अस्वीकार गरेको थियो । यो विषमा अमेरिकी नर्भ एजेन्ट भीएक्सको तुलनामा मान्छेको मृत्युमा १० गुणा बढी प्रभावकारी मानिन्छ । सन् २०१७ मा उत्तर कोरियाली नेता किम जोङ उनका सौतेनी दाजु किम जोङ नामको अमेरिकी नर्भ एजेन्ट भीएक्सको प्रयोग गरी क्लालालम्पुर विमानस्थलमा हत्या गरिएको थियो ।

नोभिचोक नर्भ एजेन्ट १९९५ मा टोकियो सबवे हमलामा प्रयोग गरिएको ग्यास सरिनभन्दा बढी खतरनाक हो । मान्छेको शरीरमा यो विषको प्रवेशपछि कोषिका र मांसपेशीबीचको सञ्चार बन्द हुन्छ । कीटनाशक औषधिले साङ्ला, किराहरू मारिएजस्तै यो विषले मान्छेमा पनि असर गर्छ । यो विषले यति छिटो काम गर्छ कि यो विष दिएको ३० सेकेन्डदेखि २ मिनेटभित्र नै मानिसको मृत्यु हुन्छ । विषको मात्रा कम भयो भने ढिलो मृत्यु हुन्छ । तर, विषको मात्रा जति कम भयो, उति पीडादायी मृत्यु हुन्छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top