×

NEPAL TIMES UPDATES

Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026
Playing
प्रशान्त महासागरमा यसरी भयो अन्तरिक्षयात्रीको सुरक्षित अवतरण || Nepal Times
Apr 11, 2026
Playing
आज वार्ताः इरा*न–अमे*रिकी टोली इ*स्ला*मा*बादमा, चीनको भूमिका ’महत्त्वपूर्ण’|| Nepal Times
Apr 11, 2026
Playing
काठमाडौँ उपत्यकाको मौसम कस्तो होला?|| Nepal Times
Apr 11, 2026
Playing
नेता, कार्यकर्ता र बिचौलियाको चङ्गुलबाट मुक्त हुन लागेको हो सिंहदरबार ?|| Nepal Times
Apr 11, 2026

केपी ओलीलाई गद्दार भन्ने कुशवाह एमालेमै फर्किए

१० फाल्गुन २०८०

१० फागुन,काठमाण्डौ । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गद्दार भनेर अभिव्यक्ति दिएका आम जनता पार्टीका उपमहासचिव कुन्दन कुशवाह पुनः एमालेमै फर्किएका छन् । रोचक त के छ भने उनलाई तिनै ओलीले टिका लगाएर पार्टीमा पुनः प्रवेश गराएका छन्, जसलाई उनले गद्यार घोषणा गरेका थिए ।

Advertisement
Advertisement

ललितपुरको च्यासलस्थित एमाले पार्टीको केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कमिटीको बैठकलाई केहीबेर रोकेर आयोजित पार्टी प्रवेश कार्यक्रममा कुशवाहालगायत आम जनता पार्टीका केन्द्रीय सदस्य अरविन्द कुमार यादव, सञ्जय कुमार शाहसँगै सरफलाल महतो, दीपक कुमार दुबे र सुरेन्द्र प्रसाद चौधरी नेकपा एमाले प्रवेश गरेका हुन् ।

केही दिनअघि मात्र आम जनता पार्टीको केन्द्रीय उपमहासचिव पदमा निर्वाचित कुश्वाह यसअघि नेकपा एमालेको मधेस प्रदेश सदस्य रहेका थिए । गत प्रतिनिधिसभाको चुनावमा नेकपा एमालेका पोलिटब्यूरो सदस्य रहेका प्रभु साहसहित पार्टी जिल्ला अध्यक्ष त्रिभुवन साह, कुन्दन कुशवाह लगायतले केपी शर्मा ओलीलाई गद्दार भन्दै एमालेलाई चुनावको मुखमा धोका दिएर स्वतन्त्र उमेदवारी दिएका थिए ।

आफूलाई गद्यार भन्नेलाई समेत पार्टीमा स्वागत गरेका ओलीले माधव नेपाललाई चाँही कहिल्यै पनि पार्टीमा प्रवेश गर्न नदिनेसमेत दाबी गरेका छन् । ओलीले नेकपा (एकीकृत समाजवादी) पार्टीसँग एकता नहुने पनि प्रष्ट्याएका छन् । उनले माधव नेपाल लक्षित गर्दै पार्टी फोडेकोमा पश्चाताप नगर्ने, दुईतिहाइको सरकार ढालेर दक्षिणपन्थी सरकार बनाएकोमा पश्चताप नगर्नेलाई एमालेमा प्रवेश नगराउने बताएका हुन् ।

ओलीले भने, ‘कुनै हिसाबले कुनै समयमा गल्ती भयो भने त्यसमा महसुस गरेर अघि बढ्ने हो । कतिपय तत्वहरूसँग हाम्रो एकता हुँदैन र उनीहरूले प्रवेश पाउँदैनन् । किनभने उनीहरूलाई दुईतिहाइको पार्टी फोडेकोमा, पार्टी कमजोर बनाएकोमा, दुई तिहाइको सरकार ढालेर दक्षिणपन्थी सरकार बनाएकोमा कुनै पश्चताप छैन, गल्ती भयो भन्नेसम्म पनि छैन, त्यस्ता मानिसलाई पार्टीमा प्रवेश हुँदैन । गल्ती महसुस गर्नेलाई पार्टीमा प्रवेश हुन्छ । अहिले पार्टी प्रवेशको लहर अत्यन्तै गतिका साथ, तिब्रताका साथ रहेको छ ।’

माधव नेपाललाई नस्वीकार्ने बताएका ओलीले माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डसंग भने योबीचमा पटक पटक बैठक बसेका छन् । मंगलबार साँझा पनि ओलीले प्रधानमन्त्री प्रचण्डसँग सवा घण्टा छलफल गरेका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा पौने छ देखि साढे ७ सम्म छलफल गरेर ओली निस्किएका थिए । भेटपछी ओली हर्षित देखिन्थे ।

Advertisement

‘निस्कने बेला दुवै जनाको मुड ह्याप्पी थियो’ स्रोतले भन्यो, ‘भेटघाट सौहार्दपूर्ण भयो । सुरुवात, अन्त्य झन् राम्रो भयो । वान टु वान वार्ता भएको हो।’ ओलीले प्रचण्डको एकवर्षको अवधिमा गरेको सम्बोधन र लेख रचनाको किताब मागेर पनि लगेका छन् । पछिल्लो पटक गठबन्धनको मुख्य घटक नेपाली कांग्रेसभित्र गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयले माहोल निकै तताएका बेला ओली र प्रचण्डको यो भेटलाई नयाँ गठबन्धन बन्न लागेको संकेतका रुपमा पनि धेरैले चासो राखेका छन् ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top