×

NEPAL TIMES UPDATES

Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026
Playing
प्रशान्त महासागरमा यसरी भयो अन्तरिक्षयात्रीको सुरक्षित अवतरण || Nepal Times
Apr 11, 2026
Playing
आज वार्ताः इरा*न–अमे*रिकी टोली इ*स्ला*मा*बादमा, चीनको भूमिका ’महत्त्वपूर्ण’|| Nepal Times
Apr 11, 2026
Playing
काठमाडौँ उपत्यकाको मौसम कस्तो होला?|| Nepal Times
Apr 11, 2026
Playing
नेता, कार्यकर्ता र बिचौलियाको चङ्गुलबाट मुक्त हुन लागेको हो सिंहदरबार ?|| Nepal Times
Apr 11, 2026

१० देशहुँदै अमेरिका पुगेका ८ नेपाली अमेरिकाबाट डिपोर्ट

११ फाल्गुन २०८०

११ फागुन, एजेन्सी । 
संसारभरका लागि सपनाको देश भन्ने गरिने अमेरिका पुग्नका लागि वर्षेनी लाखौ आप्रवासीहरुले अवैध बाटोको प्रयोग गर्ने गरेका छन् । एसिया, अफ्रिका , ल्याटिन अमेरिकी राष्ट्र हुँदै खोला, जङगल हुँदै अवैध रुपमा अमेरिका प्रवेश गर्नेको संख्या वर्षेनी बढ्दै गएपछि अमेरिकाले मेक्सिको खुला सीमामा पर्खाल लगाइरहेको छ ।

तरपनि अमेरिकामा अवैध बाटो प्रयोग गरेर प्रवेश गर्नेको संख्यामा कमी आएको छै्रन् । यो संख्यामा नेपालीहरु समेत समेटिने गरेका छन् । धेरै नेपालीहरु जानाजानी वा दलालको फन्दामा परेर अवैध बाटोबाट अमेरिका पुग्ने योजनामा फस्ने गरेका छन् । यसरी नै अमेरिका पुगेका ८ नेपालीहरुलाई अमेरिकाले नेपाल नै फिर्ता गरेको छ ।

Advertisement
Advertisement

उनीहरूलाई बिहीबार अमेरिकाले चार्टर उडानबाट काठमाडौं फिर्ता गरेको हो । अवैध बाटो प्रयोग गर्दै १० बढी देश हुँदै अमेरिका पुगेका नेपालीलाई डिपोर्ट गरी फिर्ता फर्काएको छ । अमेरिकाले उनीहरुलाई चार्टर उडानबाट काठमाडौँ फिर्ता पठाएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले पुष्टि गरेका छन् ।

उनले अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ नेपालीलाई अमेरिकाले डिपोर्ट गरी बिहीबार काठमाडौँ फिर्ता पठाएको बताएका छन् । “अमेरिकाले डिपोर्ट गरेका आठजना नेपाली बिहीबार दिउँसो ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख अध्यागमनका अनुशार उनीहरूलाई अमेरिकाले चाटर्ड प्लेनमा राखेर पठाएको थियो ।

Advertisement

डिपोर्ट भई आएकाहरूलाई आवश्यक कागजात गरी छोडिएको थियो । डिपोर्ट भई आएकाहरू केही समय अमेरिकाको जेलमा समेत बसेका थिए । मानवतस्करहरूको प्रलोभनमा परी बर्सेनि सयौंको संख्यामा नेपालीहरू ल्याटिन अमेरिकी राष्ट्र हुँदै अमेरिका पुग्ने गर्छन् । यसरी जानेहरू अमेरिका प्रवेश गरेपछि आफूहरू शरणार्थी भएको दाबी गर्छन् । स्थानीय प्रहरीले उनीहरूलाई आवश्यक मुद्दा समेत चलाउँछ । पछिल्लो समय यसरी अमेरिका जाने धेरैलाई अमेरिकाले डिपोर्ट गर्दै आएको छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top