×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पर्यटनमन्त्री किराँती १८ करोड कमिसनको चक्करमा लिप्त

१३ फाल्गुन २०८०

१३ फागुन,काठमाण्डौ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हालेपछि विभिन्न विवादमा जोडिदै आएका मन्त्री सुदन किराँतीमाथि सत्तारुढ दल नेपाली कांग्रेसकै सांसदले कमिसन र स्टन्टबाजीमा लिप्त रहेको गम्भिर आरोप लगाएका छन् । प्रमुख प्रतिपक्षी एमालेले राजीनामा मागिरहेकै बेला गठबन्धनको प्रमुख घटक कांग्रेसका सांसद रामहरि खतिवडाले पनि पर्यटनमन्त्री सुदन किरातीको कार्यशैलीलाई लिएर सदनमा असन्तुष्टि जनाएका छन् ।

Advertisement
Advertisement

आइतबारको प्रतिनिधिसभा बैठककमा बोल्दै उनले नयाँ विमान किन्ने भन्दै १८ करोड कमिसनको खेलमा लागेको आरोप लगाए । ‘निगम ४८ अरब भन्दा धेरै ऋणमा डुबेको छ । आफूसँग भएको विमान नचलाउने अनि भाडामा लिने यो प्रवृत्तिले कहाँ पु¥याउने हो ?, खतिवडाले भने, ‘मन्त्री नयाँ विमान भन्दै हुनुहुन्छ । झन्डै १८ करोड नेपाली पैसा कमिसन खाने खेलमा लागेको सूचना प्राप्त भएको छ ।’

कांग्रेस सांसद खतिवडाले दुई तारे होटेललाई चार तारेको अनुमति दिने खेलमा किराती लागेको पनि जिकिर गरे । किरातीले कामको आधारमा नभई दामको आधारमा नियुक्ति गरेको उनको टिप्पणी छ ।खतिवडाले पर्यटनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)मा ६२ जनालाई नियुक्ति गरेको पनि बताएका छन् ।खतिवडाले आर्थिक संकटतर्फ गइरहेको निगममा मन्त्रीले आवश्यकता भन्दा पनि आफ्ना मान्छेलाई जागिर लगाउने गरी नियुक्ति गरेको दाबी गरे ।

उनले निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट वाइडबडी र न्यारोबडी जहाज खरिद गर्दा लिएको ऋणको ब्याज समेत समयमा तिर्न नसकेको बताए । निगममा दुई वाइडबडी, दुई न्यारोबडी र दुई ट्विनअटर गरी अहिले ६ वटा जहाज छन् । जसमध्ये एउटा न्यारोबडी लामो समयदेखि उडानमा छैन ।

“निगममा १२ सय स्थायी र ८०० करारमा कर्मचारी छन् । वर्तमान पर्यटनमन्त्रीले ६२ जना नयाँ कर्मचारीलाई करार र ज्यालादारीमा नियुक्ति गरेका छन्,” उनले भने, “जसको हाजिर गरेर कहाँ जाने ?, कहाँ आउने ?, के गर्ने थाहा छैन । हाजिर गरेर हिँडेपछि पुग्ने व्यवस्था गरी नियुक्ति गरिएको छ ।” उनले निगम सुधारलाई बेवास्ता गरेर मन्त्री किराती सस्तो लोकप्रियतामा लागेको आरोप लगाए ।

व्यंग्य गर्दै उनले भने, “मन्त्रीज्यू एकदमै सुधारमा लाग्नुभएको छ । मन्त्रालयमा एउटा झाडु र क्यामेरा बोकेर छिर्नुहुन्छ, अनि फोटो खिचेर बाहिर ल्याउने प्रवृत्तिको विकासमा लाग्नुभएको छ । प्रतिपक्ष दलहरुले लुम्बिनी विकास कोषमा ल्याक्याल लामाको राजनैतिक नियुक्ति र रामग्रामको जग्गा लिजमा दिने निर्णयका कारण मन्त्री किराँतीको राजीनामा माग गर्दै आएको छ ।

Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top