×

NEPAL TIMES UPDATES

Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम|| Nepal Times
Apr 21, 2026
Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026

गाजामा अहिलेसम्म के भयो ? कति मारिए ?

१३ फाल्गुन २०८०

१३ फागुन, एजेन्सी ।

इजरेली गुप्तचर प्रमुख युद्धविराम र प्यालेस्टिनी लडाकूहरूद्वारा बन्धक बनाइएका बन्धकहरूको फिर्तीको प्रयासलाई जारी राख्दै वार्ताको लागि पेरिसमा रहेका बेला गाजामा रातभर आक्रमण भएको छ । आक्रमणमा १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको बताइएको छ । इजरेली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सार्वजनिक गरेको युद्धपछिको गाजाको योजनालाई शुक्रबार प्रमुख सहयोगी संयुक्त राज्य अमेरिकाले आलोचना र प्यालेस्टिनी प्रशासन र हमासले अस्वीकार गरेपछि पेरिस वार्ताको पहल भइरहेको छ ।

Advertisement
Advertisement

अनिकालको बढ्दो जोखिमबारे संयुक्त राष्ट्रसङ्घको चेतावनी र प्यालेस्टिनीहरूका लागि यसको मुख्य सहायता निकाय यूएनडब्ल्यूआरएले शनिबार बिहानै गाजावासीहरू ‘चरम सङ्कटमा रहेको’ र विश्वले यसलाई हेरिरहेको बताएको छ । संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता निकाय ओसिएचएले सामाजिक सञ्जाल एक्समा जारी गरेको वक्तव्यमा भनिएको छ, “पर्याप्त खाद्यान्न र पानीको आपूर्तिका साथै स्वास्थ्य र पोषण सेवाको अभावमा गाजामा अनिकालको उच्च जोखिम बढ्ने अनुमान गरिएको छ ।

यसैबीच, मोसाद गुप्तचर निकायका प्रमुख डेभिड बार्नियाको नेतृत्वमा इजरेली प्रतिनिधिमण्डल बाँकी बन्धकहरूलाई फिर्ता गर्ने सम्झौताका लागि पेरिसमा पुगेको छ । बार्नियासँगै शिन बेट सुरक्षा निकायका रोनेन बार पनि सहभागी हुने इजरेली सञ्चारमाध्यमले जनाएका छन् । संयुक्त राज्य अमेरिका, इजिप्ट र कतार सबै युद्धविराम र कैदी तथा बन्धक आदान–प्रदान सुनिश्चित गर्ने उद्देश्यले विगतका वार्ताहरूमा सहभागी हुँदै आएका छन् ।

नेतन्याहूको सरकारमाथि युद्धविरामका लागि वार्ता गर्न र चार महिनाभन्दा बढीको युद्धपछि बन्धकहरूको रिहाई सुनिश्चित गर्न दबाब बढ्दै गएको छ, बन्दीहरूको परिवारको प्रतिनिधित्व गर्ने एक समूहले शनिबार राति पेरिसमा भएको वार्ताकै दौरान ‘विशाल ¥याली’ को योजना गरेको छ ।

हमासका अनुसार नयाँ योजनामा छ हप्ताका लागि द्वन्द्व स्थगन गर्ने र हमासले बन्धक बनाएका ३५ देखि ४० जनाको बदलामा २०० देखि ३०० प्यालेस्टिनी कैदीलाई रिहा गर्ने प्रस्ताव गरिएको छ । यसअघि इजरेली जेलमा रहेका २४० प्यालेस्टिनी कैदीको बदलामा ८० जना इजरेली बन्धकलाई रिहा गरिएको थियो ।

गाजा पट्टीमा जारी इजरेली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २९ हजार ६०६ पुगेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ। पछिल्लो गाजा युद्ध शुरु भएदेखि हालसम्म मृत्यु हुनेको सङ्ख्या २९ हजार ६०६ पुगेको छ भने ६९ हजार ७३७ घाइते भएका छन्।

Advertisement

गाजामा हमासद्वारा सञ्चालित मिडिया कार्यालयले जनाए अनुसार अक्टोबर ७ यता इजरेली सेनाको आक्रमणबाट १३२ प्यालेस्टाइनी पत्रकार मारिएको जनाएको छ। इजरेलले सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजरेली सिमानामा भएको हमासको आक्रमणको बदलास्वरूप प्यालेस्टानी विरुद्ध कडा आक्रमण जारी राखेको छ ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top