मन्त्री निवास छाड्दा किराती खुसी !

मन्त्री निवास छाड्दा किराती खुसी !

२२ फागुन, काठमाण्डौ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् पुनर्गठन गरेसँगै निवर्तमान संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले सरकारी निवास छाडेका छन् । उनले मन्त्री निवासमा पस्दा आफूलाई डर लागेको तर निस्कँदा भने आफू खुसी रहेको जिकिर गरेका हुन् । उनले ४१३ दिन मन्त्री पदमा बसेर देश र जनताको सेवा गरेको बताएका छन् ।

आफूलाई सेवाको अवसर प्रदान गरेकोमा प्रधानमन्त्री प्रचण्ड, पार्टी, मतदातालगायत सबैमा धन्यवाद ज्ञापन गरेका छन् । उनले आफूले सुरुवात गरेको कामलाई नयाँ मन्त्रीले निरन्तरता दिनेमा आशा व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “आज सरकारले दिएको निवास छोडेर जाँदैछु । पस्दा मलाई धेरै डर लागेको थियो तर निस्कदा खुसी छु । मेरो आमाले भन्नू हुन्थ्यो “जिम्मेवारी पाउनु गाह्रो कुरा हो त्यो भन्दा गाह्रो त पूरा गर्नु हो“ ४१३ दिन मन्त्री पदमा बसेर देश र जनताको सेवा गरे। यो अवसर प्रदान गर्नु हुने प्रधानमन्त्री “प्रचण्ड“, मेरो पार्टी, मलाई मत दिनुहुने मतदातहरु र संसारका कुना–कुना बाट मलाई सहयोग र सहानुभूति दिनुहुने सम्पूर्ण महानुभावहरुमा धन्यवाद ज्ञापन गर्दछु । म र मेरो टिमले सकेको कोशिस गरेकाछौँ । हामीले रोपेको बिरुवामा धेरै कोपिला लागेको छ, आउने मालीले फक्राउनु हुनेछ भन्ने विश्वास लिएकोछु ।मैले यहाँ बस्दा मेरो वुवाको एक प्राण लिने मृत्यु मात्र देखिन मेरो राजनीतिक जीवनको हजार मृत्युहरु पटक पटक देखे र राजनितिक मृत्युलाई मैले छल्न सके तर प्राणलिने मृत्युलाई वुवाले छल्नु सक्नु भएन । सत्य यो रहेछ कि भौतिक मृत्यु माथी अठोट र ईमानले जित्न नसकिदो रहेछ तर राजनीतिक मृत्युलाई अठोट र ईमानले जित्न सकिदो रहेछ ।”

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.