×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 04, 2026
Playing
रास्वपा र राप्रपाबीच केमा सहमति हुन लागेको हो ? || Nepal Times
Apr 04, 2026
Playing
ट्राफिक लाइट पा ल ना नगर्ने लाई कारबा ही, मापसे गरेर गाडी चला उने ९ चालक प क्राउ|| Nepal Times
Apr 04, 2026
Playing
बालेन सरकारले ठुला माछा समाउन किन गर्यो ढिलो ? #nepal #scandal || Nepal Times
Apr 04, 2026
Playing
अमेरिकामा २४ घण्टामा सेना प्रमुख र महान्यायाधिवक्ता बर्खास्त || Nepal Times
Apr 04, 2026
Playing
World News : ठूलो हमलामा पनि इरानले हजारौँ ड्रोन जोगायो, अमेरिकी दुई फाइटर जेट इरानले खसायो
Apr 04, 2026
Playing
किन पक्रा उ परे शंकर अग्रवालका बाबुछोरा ? हाइप्रोफाइलको भागभाग#nepaltimes #trending #nepal
Apr 04, 2026
Playing
सभामुखमा कांग्रेस, एमाले र नेकपाले किन दिएनन् उम्मेदवारी ?|| Nepal Times
Apr 04, 2026
Playing
संवैधानिक परिषद्मा सन्तुलन मिलाउन रास्वपाले कसलाई देला उपसभामुख ?|| Nepal Times
Apr 04, 2026
Playing
Top 15 Afternoon News || April-04-2026 || Nepal Times
Apr 04, 2026

प्रचण्डविरुद्ध सिटौलालाई उठ्यो लाट्टो रिस

२७ फाल्गुन २०८०

२७ फागुन,विराटनगर ।

राष्ट्रियसभाका अध्यक्षको निर्वाचन फागुन २९ गतेलाई तोकिएको छ । यसबारे आज बसेको राष्ट्रियसभा बैठकमा उपाध्यक्ष उर्मीला अर्यालले जानकारी गराएकी हुन् । उनले निर्वाचनसम्बन्धी कार्यक्रमको सूचना प्रकाशित गर्न संसदको महासचिव पद्मप्रसाद पाण्डेयलाई निर्देशन समेत दिइन् । राष्ट्रियसभाका अध्यक्षको निर्वाचनका लागि सोमबार मनोनयन दर्ता हुँदैछ ।

Advertisement

बैठक अघि बसेको कार्यव्यवस्था परामर्श समितिमा प्रमुख प्रतिपक्षी कांग्रेसले भने राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको मिति सार्न गरेको प्रस्ताव गरेको थियो । आफ्नो दलसँग छलफल नगरी एकतर्फी रूपमा मिति तय गरेको भन्दै कांग्रेसले आपत्ति जनाएको थियो । गत माघ ११ गते भएको निर्वाचनबाट राष्ट्रिय सभामा नेपाली कांग्रेसका १० सांसद निर्वाचित भएर आएका छन् ।

यो सभामा कांग्रेस १६ सांसदसहित दोस्रो स्थानमा छ । पहिलो स्थानमा रहेको माओवादी केन्द्रका १८ सांसद रहेका छन् । तेस्रो स्थानमा रहेको एमालेका १० सांसद रहेका छन् ।यसैबीच कांग्रेसबाट राष्ट्रिय सभा अध्यक्षका आकांक्षी कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस र आफूलाई पनि धोका दिएको भन्दै आक्रोश पोखेका छन् ।

पूर्व गठबन्धनबाट आफूनै राष्ट्रियसभाको अध्यक्ष बन्ने योजनामा रहेका सिटौंलाको सपनामा गठबन्धन फेरिएपछि ठेस लागेको अवस्थामा महामन्त्री गगनकुमार थापा, पार्टीका संसदीय दल प्रमुख सचेतक रमेश लेखकलाई साथमा लिएर प्रचण्डलाई भेट्न गएका सिटौलाले ‘यो धोकाधडी त्यसै नटुंगिने’ भन्दै दाहाललाई चेतावनी समेत दिएका छन् ।

‘यो धोकाधडी मेरो पार्टी कांग्रेसले मात्रै होइन, व्यक्तिगत रुपमा मलाई पनि धोका भएको छ । यो त्यसै टुंगिन्छ भन्ने नठान्नुहोला,’ सिटौलाले भनेका छन् । प्रधानमन्त्री दाहालले गठबन्धनको ‘काँध’ फेरेपछि कांग्रेस नेताहरू पहिलोपल्ट औपचारिक रुपमा प्रधानमन्त्रीलाई भेटेर गठबन्धनका भत्काएकोमा आपत्ति जनाएका हुन् । उनीहरुले एकपटक पनि जानकारी नगराई गठबन्धन भत्काएकोमा रोष प्रकट गरेका थिए ।

करिब आधा घण्टा भएको यो चर्काचर्कीका बीचमा प्रचण्डले भने लामो पृष्ठभूमिका साथ तत्कालीन गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपतिमा सहयोग नगरेको प्रशंग स्मरण गर्दै सिटौलालाई थामथुम पार्ने प्रयास गरेका थिए । उनले पार्टीभित्रैबाट समस्या भएको बताए । पार्टीको स्थायी समितिको बैठकमा शतप्रतिशत पार्टीले उम्मेदवार अघि सार्नुपर्ने मत रहेको र आफू एक्लो परेको कुरा दाहालले दोहो¥याएका थिए ।

‘भोलिको दिनमा तपाईहरूसँग सहकार्य हुन्छ नै, शान्तिप्रकृया, संविधानको कार्यन्वयन, संघीयता, राष्ट्रियताका मुद्दामा हामी सबै सहकार्य गर्नुपर्छ, यतिकै सम्बन्ध सबै टुंगिएको हो भनेर सोची दिन भएन,’ दाहालको जवाफ थियो । तर निस्कने बेलामा पनि सिटौलाले चेतावनी दिदै भने, ’राष्ट्रियसभाको विषय ल्याएर तपाईंले मलाई जसरी विश्वास घात गर्नुभयो, यो कुरा यसरी नै सजिलै टुंगिन्छ भन्ने नठान्नुहोला ।’

प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले अध्यक्ष बनाउने वचन दिएकै कारण सिटौला राष्ट्रियसभामा आउन इच्छुक भएका थिए । तर प्रधानमन्त्री दाहालले गत सोमबार एकाएक गठबन्धनमा फेरबदल गरेसँगै अब सिटौलाको अध्यक्ष बन्ने सम्भावना टरेको छ । शनिबार नै उनी पार्टीबाट राष्ट्रियसभा संसदीय दलका नेता बनेका छन् । तर सत्ता गठबन्धनको परिवर्तनसँगै अध्यक्ष हुने संभावना टरेपछि कांग्रेस नेता कृष्णप्रसाद सिटौलाका लागि राष्ट्रियसभा प्रवेश नै महंगो बनेको छ ।

संविधान मस्यौदाको नेतृत्व गरेका सिटौला एकातिर संविधानकै मर्मविपरीत प्रतिनिधिसभाबाट चुनाव हारेको एक बर्षको बीचमै राष्ट्रियसभामा प्रवेश गरेकोमा आलोचना भइरहेको छ भने अर्कोतर्फ प्रधानमन्त्री पुष्पकमल दाहालले शनिबार पार्टीको संसदीय दलको बैठकमा ‘राष्ट्रियसभा अध्यक्ष निर्वाचनका कारण सत्तारुढ गठबन्धन दलहरु चाँडै फेर्नुपरेको’ उल्लेख गरे ।

गत माघ ११ गते राष्ट्रियसभाको १९ पदका लागि भएको निर्वाचनमा सिटौला कोशी प्रदेशबाट निर्वाचित हुँदा गठबन्धनबाटै उम्मेदवार बनेकी माओवादी नेतृ चम्पादेवी कार्की भने पराजित भएकी थिईन् । त्यस घटनादेखि नै बिच्किएको माओवादीले अर्थमन्त्री, कांग्रेस महासमितिमा उठेका सवाल र कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रकरणलाई मुख्य कारण मानेर गठबन्धन परिवर्तन गर्नुपरेको बताउँदै आएको छ ।

यता नयाँ समीकरणका बीचमा राष्ट्रिय सभाको अध्यक्षमा माओवादी र उपाध्यक्षमा एमाले उम्मेदवारलाई समर्थन गर्ने समझदारीपत्रमा सत्ता गठबन्धनका चार राजनीतिक दलले सोमबार नै हस्ताक्षर गरिसकेका छन् । राष्ट्रियसभाको विद्यमान समीकरण र नयाँ गठबन्धनबीचको समझदारी तलमाथि नभएमा माओवादीले अघि सार्ने उम्मेदवार नै अध्यक्ष बन्ने करिब निश्चित छ ।

उक्त समझदारीमा छुटेको एकीकृत समाजवादी पार्टी पनि सरकारमा सामेल भइसकेको छ । राष्ट्रियसभामा उपाध्यक्ष र एक मनोनितसहित माओवादीका १८ सांसद छन् । एमालेको १०, एकीकृत समाजवादीको ८ र जनता समाजवादी पार्टी (जसपा) को ३ जना गरी गठबन्धनको पक्षमा ३९ सांसद छन् जसमा उपाध्यक्षले बैठकको अध्यक्षता गर्ने भएकाले ३८ जनाले मात्रै मत दिन पाउँछन् । मनोनित मध्येका अर्का सांसद बामदेव गौतम पनि गठबन्धनकै पक्षमा खुल्ने संकेत गरिसकेका छन् ।

विपक्षी गठबन्धनमा कांग्रेसको १६, लोकतान्त्रिक समाजवादीको १, जनमोर्चाको १ गरी जम्मा १८ मत छ । समीकरण भत्किएबाटै निराश भएका सिटौला उम्मेदवार नहुने करिब निश्चित जस्तै छ । यता अध्यक्ष संवैधानिक आयोगका पदाधिकारी नियुक्तिको सिफारिस गर्ने संवैधानिक परिषद्को सदस्य समेत हुने भएकाले माओवादीले ६ वर्षको कार्यकाल भएकै नेतालाई अघि सार्ने सम्भावना बढी छ । गत माघ ११ गते निर्वाचित भएका सदस्यहरुको कार्यकाल आगामी छ वर्षसम्म हुनेछ ।

Advertisement

यस हिसाबले माओवादीले राष्ट्रियसभा सदस्यमा निर्वाचित झक्कुप्रसाद सुवेदीले अघि सार्ने सम्भावना छ । यद्यपि माओवादीले यसबारे अन्तिम निर्णय गरिसकेको छैन् । यसबारे आफ्ना टिप्पणीहरु के छन्, अवस्य ब्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

भर्खरको समाचार

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

ओली र लेखकको बयान सकियो, बयानमा के भने ?

oli lekhak

खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान

Nepal-Airlines-wide_body

सम्बन्धित खबरहरु

Scroll to Top