×

NEPAL TIMES UPDATES

Playing
संसदमा १२ सभापतिलाई तलब, घरभाडा सहित गाडीको सुविधा || Nepal Times
Apr 17, 2026
Playing
चीनतर्फ भारतको एप्पल पाटपुर्जा निर्यात कीर्तिमानी स्तरमा|| Nepal Times
Apr 17, 2026
Playing
आज महान आमाको मुख हेर्ने दिन
Apr 17, 2026
Playing
लेब*नान–इजरा*यल ऐतिहासिक १० दिने यु*द्धविराम, बेरु*तमा उत्सव|| Nepal Times
Apr 17, 2026
Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026

सन्दीपलाई १३ वर्ष कैद सजायको माग, ‘गौशाला २६’ नाबालिग

१ चैत्र २०८०

१ चैत, काठमाण्डौ ।
बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध सरकारी वकिलको कार्यालयले पुनरावेदन गरेको छ । उच्च सरकारी वकिल कार्यालय पाटनका तर्फबाट उच्च अदालत पाटनमा बिहीबार पुनरावेदन गरिएको हो । उच्च अदालत पाटनका सूचना अधिकारी तीर्थराज भट्टराईका अनुसार सरकारी वकिलले बुधबार नै जिल्लाको फैसलाविरुद्ध अदालतमा पुनरावेदन दर्ता गराएका छन् ।

सन्दीपले भने काठमाडौँ जिल्ला अदालतको फैसलाविरुद्ध यसअघि नै पुनरावेदन दर्ता गराइसकेका छन् । सरकारी वकिल कार्यालयले लामिछानेलाई अधिकतम सजाय नभएको जिकिर गर्दै अधिकतम सजाय माग गर्दै पुनरावेदन दिएको हो । जिल्ला अदालत काठमाडौंले सन्दीपलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै गएको पुस २५ गते आठ वर्ष कैद, तीन लाख जरिवाना र पीडितलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति हुने फैसला गरेको थियो ।

Advertisement
Advertisement

सन्दीपबाट बलात्कार ठहर भएकी ‘गौशाला २६’ नाबालिग भएको दाबी गरिए पनि काठमाडौं जिल्ला अदालतले तेस्रोपटक मगाएको जन्मदर्ताको कागजानुसार बालिग भएको ठहर गरेको थियो । सरकारी वकिलले उनी बलात्कारमा परेका बखत नाबालिग भएकाले सन्दीपलाई १३ वर्ष कैद सजाय हुनुपर्ने माग दाबी गरेको छ ।

काठमाडौं जिल्ला अदालतको फैसला बदर हुनुपर्ने उसले माग दाबी गरेको छ । बालिग ठहर भएर पनि आफूमाथि सजाय भएको भन्दै सन्दीपले फैसला बदरको माग दाबीसहित यसअघि नै पुनरावेदन गरिसकेका छन् । सन्दीपविरुद्धको मुद्दा उच्च सरकारी वकिल कार्यालयका सहायक न्यायाधिवक्ता रत्नकेशरी महर्जनले हेरेको उच्च सरकारी वकिल कार्यालयले जनाएको छ ।

Advertisement

सन्दीपले भने आफू निर्दोष भएको र किशोरीमाथि जबर्जस्ती करणी नभएकाले सफाई पाउनुपर्ने दाबी गर्दै आएका छन् । उनको पुनरावेदन उच्च अदालत पाटनमा विचाराधीन छ । पुनरावेदनको फैसला नआएसम्म सन्दीप जेल भने जाने छैनन् ।

भर्खरको समाचार

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top