रुसको चुनावमा साइबर हमला , पुटिनको जित रोकिएला ? भारतमा तेस्रो कार्यकालका लागि मोदीको प्रयास, सफल होलान् ?

४ चैत, विराटनगर ।
रुस र भारत यस्ता मित्रराष्ट्र हुन्, जुन सामान्य अवस्थामा मात्रै होइन कि विश्व नै विभाजित हुने गरीको युद्ध जारी रहेकै बेला पनि एकअर्काका आडभरोसा बनेका छन् । दुई राष्ट्रबीच त छदैछ, सरकार प्रमुखकारुपमा र व्यक्तिगतरुपमा पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफूहरुलाई परममित्र मान्दछन् । र कयौं पटक दुवैले सार्वजनिकरुपमा नै यसको बारेमा बताइपनि सकेका छन् ।

अहिले यी दुवै नेताहरु आगामी कार्यकालका लागि चुनावी मैदानमा छन् । रुसमा त राष्ट्रपतिको चुनाव सकिएको छ । यद्यपि मतपरिणाम आउन समय लाग्नेछ । यता भारतमा मोदी पनि आफ्नो तेस्रो कार्यकालका लागि प्रयासरत छन् । भारतमा पहिलो चरणको मतदान अप्रिल १९ तारिखमा शुरु हुनेछ ।

आज हामी यी दुवै नेताहरुले कसरी चुनाव लड्दैछन्, उनीहरुको जितको सम्भावना कति छ भन्ने बारेमा चर्चा गर्छौ । सुरुमा रुसकै कुरा गरौं । रुसमा पहिलो पटक यति लामो अर्थात तीन दिनसम्म राष्ट्रपति पदका लागि मतदान भएको हो । पुटिनले नै चुनाव जित्ने लगभग पक्का भएपनि त्यहाँ राष्ट्रपतीय निर्वाचनको मतदानका क्रममा आगजनी र हिंसा भएका छन् । भोटिङ मेसिनमा नै साइबर हमला भएका खबर बाहिरिएका छन् ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार युक्रेनको सीमासँग जोडिएको बेल्गोरोड सहरमा पुटिन विरोधी मानिसहरूले धेरै ठाउँमा आगजनी गरेका छन् । सोही क्रममा राजधानी मस्कोका धेरै मतदान केन्द्रमा मानिसहरूले तोडफोड गरेका छन् । प्रहरीले हिंसामा संलग्न रहेको आशंकामा हालसम्म ८ जनालाई नियन्त्रणमा लिएको छ ।

समाचार एजेन्सी एपीका अनुसार एक युवतीले सेन्ट पिटर्सबर्गको एक विद्यालयमा बनाइएको मतदान केन्द्रमा आगजनी गरेकी छन् । ती २० वर्षीया युवतीले पुटिनको विरोधमा आगो लगाएको प्रहरीले जनाएको छ । उनलाई हिरासतमा राखिएको छ । त्यही क्रममा राजधानी मस्कोमा एक महिलाले मतपेटिकामा मसी हालेकी थिइन् ।

मस्कोका अन्य मतदान केन्द्रहरूमा पनि आगो लगाइयो । प्रहरीले यस्तै गर्ने अर्की महिलालाई पनि पक्राउ गरेको छ । यहाँ निर्वाचन प्रक्रियामा अवरोध गरेको आरोपमा मसी खन्याएकी महिला पक्राउ परेकी छन् । सेन्ट पिटर्सबर्ग र मस्को बाहेक भोरोनेज, कराचे चेर्केसिया र रोस्तोभ सहरबाट पनि मानिसलाई हिरासतमा लिइएको छ ।

साइबेरियन क्षेत्र खान्ती मानसीमा एक महिलाले मतपेटिका जलाउने प्रयास गरेको अन्तराष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । यस्तै पहिलो पटक निर्वाचनमा प्रयोग भएको रिमोट इलेक्ट्रोनिक भोटिङ सिस्टममा व्यापक साइबर हमला भएको बताइएको छ ।

रिमोट इलेक्ट्रोनिक भोटिङ सिस्टमको निगरानी पोर्टललाई लक्षित गरेर ३० हजारवटा हमला भएको रुसी केन्द्रीय निर्वाचन आयोगकी प्रमुख एला पाम्फिलोभालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । शुक्रबारको तुलनामा शनिबार आक्रमण बढेको पाम्फिलोभाले बताएकी छिन् ।

यी आक्रमणहरू अमेरिका र बेलायतबाट गराइएको मस्कोको चुनाव पर्यवेक्षण टोलीका प्रमुख वादिम कोभालेभले बताएका थिए । कोभालेभका अनुसार आक्रमणहरू भइरहेका अधिकांश सर्भरहरू अमेरिका र बेलायतमा छन् । यस चुनावमा वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिन, लिबरल डेमोक्रेटिक पार्टीका लियोनिद स्लटस्की, रुसी कम्युनिस्ट पार्टीका निकोलाई खारिटोनोभ, न्यु पिपुल पार्टीका भ्लादिस्लाव दाभान्कोभ र एक स्वतन्त्र उम्मेदवार उठेका छन् ।

रुसमा मार्च १५ मा सुरु भएको मतदान मस्कोको समय अनुसार आज मार्च १७ साझ सकिएको छ । यसको नतिजा आइबारै ढिलोगरी आउने बताइएको छ । यसको विजेताको घोषणा भने केही दिनपछि गरिनेछ । यद्यपि चुनावबाट भ्लादिमिर पुटिन पाँचौँ कार्यकालका चुनिने निश्चितप्राय छ । उनलाई चुनौती दिन मैदानमा उत्रिएकाहरु कसैले पनि ठूलो संख्यामा मत पाउने सम्भावना नरहेको बताइएको छ ।

पुटिन विजय हुँदा उनको शासन २०३० सम्म् सुनिश्चित हुनेछ । त्यसपछि अझै ६ वर्षे एक कार्यकालका लागि उनी चुनाव लड्न सक्छन् । यसपटकको चुनावमा पुटिनलाई चुनौती दिन तीन जना विपक्षी उम्मेदवार मात्र छन् । तर यी सबै उम्मेदवार क्रेमलिन समर्थित मानिन्छन् । यस बाहेक पुटिनले सन् २०२१ मा यस्तो कानुन बनाएका थिए, जसअन्तर्गत उनी २०३६ सम्म रुसको राष्ट्रपति रहन सक्छन् ।

वास्तवमा, २०१८ को चुनावसम्म रूसमा कुनै पनि राष्ट्रपति लगातार दुई कार्यकाल भन्दा बढी राष्ट्रपति रहन नसक्ने संवैधानिक व्यवस्था थियो । यही कारणले सन् २००० देखि २००८ सम्म राष्ट्रपति भइसकेपछि पुटिनले सन् २००८ मा राष्ट्रपतिको चुनाव लडेका थिएनन् ।

यस पछि उनी सन् २०१२ मा रुसमा फेरि सत्तामा आए । तर, पुटिन सन् २००८–१२ सम्म रुसका प्रधानमन्त्री थिए । तर, हालै संशोधन भएको नयाँ कानुन अनुसार भने पुटिनले लगातार दुई कार्यकाल पूरा गरेपछि पनि चुनाव लड्न सक्ने छन् । बास्तवमा पुटिन विगत २४ वर्षदेखि रुसको सत्ता र राजनीतिको केन्द्रमा रहेका छन् ।

सन् २०१८ को चुनावमा पुटिनले ७६.७५ भोट पाएका थिए भने कम्युनिष्ट पार्टीले ११.८५ भोट प्राप्त गरेका थिए । तर, जारी निर्वाचनमा पुटिनले सो भन्दा बढी मत ल्याउने अनुमान गरिएको छ । युक्रेन बिरूद्ध युद्ध जारी राखेर उनले राष्ट्रियता बलियो बनाएको र अमेरिकासहित पश्चिमासँग डटेर सामना गर्ने क्षमता पुटिनसँग मात्रै भएको रूसी जनताले विश्वास गरेका छन ।

यता भारतमा लोकसभा चुनावको मिति सार्वजनिक भएको छ । भारतीय निर्वाचन आयोगले सात चरणमा सम्पन्न हुनेगरी मिति सार्वजनिक गरेको छ । निर्वाचन प्रक्रिया २० मार्चदेखि सुरु हुनेछ र जुन ४ तारिखमा मगणना हुनेछ । पहिलो चरणको मतदान अप्रिल १९ तारिखमा शुरु हुनेछ । दोस्रो चरणमा अप्रिल २६ तारिखमा, तेस्रो चरणको मतदान मे ७ तारिखमा, चौथो चरणको मतदान मे १३ तारिखमा र पाँचौ चरणको मतदान मे २० तारिखमा हुनेछ ।

यस्तै, मे २५ तारिखमा छैठौँ चरणको र जुन महिनाको पहिलो दिनमा सातौँ चरणको मतदान हुनेछ । जुन ४ तारिखमा परिणाम घोषणा हुनेछ । सत्तारुढ भाजपाले मोदीलाई नै तेस्रो पटक प्रधानमन्त्रीको उम्मेदवार बनाएर प्रचार प्रसार गरिरहँदा विपक्षी गठबन्धनले भने प्रधानमन्त्रीको उम्मेदवार तय गरेका छैनन् । कांग्रेस आईका नेता राहुल गान्धीलाई विपक्षीको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवारका रुपमा हेरिएको छ ।

सन् २०२४ को लोकसभा चुनावमा ९७ करोड जना मतदाता छन् भने १० लाख ५० हजार मतदान केन्द्र छन् । १५ लाख जना चुनावी कर्मचारी र ५५ लाख वटा भोटिङ मेसिन हुनेछन् । लोकसभामा सरकार बनाउन सामान्य बहुमत २ सय ७२ सिट आवश्यक छ ।भाजपाले सन् २०१४ र २०१९ को लोकसभा चुनावमा लगातार बहुमत ल्याएको थियो ।

त्यसयता प्रधानमन्त्री बनेका नरेन्द्र मोदीले आफ्नो दुई कार्यकाल पूरा गर्दै छन । लगातार १० वर्षदेखि प्रधानमन्त्री रहेका उनले यसपटक लोकसभामा अघिल्लो दुई चुनावभन्दा बढी सिट जित्ने दाबी गर्दै आएका छन । यस चुनावमा भाजपा एक्लैले ३ सय ७० सिट र भाजपासहितको गठबन्धनले चार सय सिट जित्ने उनको दाबी छ । सन् २०१४ मा कांग्रेसलाई पराजित गर्दै भाजपा एक्लैले बहुमत ल्याएको थियो ।

त्यतिबेला भाजपाले २ सय ८२ सिट जितेको थियो । २०१९ मा त्योभन्दा पनि राम्रो परिणाम निकाल्दै भाजपा एक्लैले ३ सय ३ सिट हात पारेको थियो । दुई चुनावबाट उत्साहित मोदीले आगामी चुनावमा आफ्नो पार्टीको लक्ष्य बढाएका छन ।

भाजपाले आफ्नो घोषणापत्रमा उल्लेख गरेको अयोध्यामा राम मन्दिरको निर्माण, जम्मु–कश्मीरलाई प्रदान विशेषधिकार संविधानको धारा ३७० को खारेजी तथा अफगानिस्तान, बंगलादेश तथा पाकिस्तानबाट भारत आएका गैरमुस्लिमलाई नागरिकताको अधिकार दिनेजस्ता एजेन्डाहरू चुनावकै मुखमा कार्यान्वयनमा ल्याएर चुनावमा उत्रिँदै छ ।ती तीनवटै विषयले हिन्दु मतदातालाई आफ्नो पक्षमा थप ध्रुवीकृत बनाउनेमा भाजपा आशावादी देखिन्छ ।

चुनावको मिति घोषणालगत्तै प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समार्फत भाजपा र एनडीए गठबन्धन चुनावी प्रतिस्पर्धामा उत्रिन तयार रहेको बताएका छन । उनले मतादाताको स्नेह र आशीर्वाद लगातार तेस्रो पटक आफूलाई प्राप्त हुने विश्वास व्यक्त गरेका छन । मोदीलाई कांग्रेससहित विपक्ष दलहरूको गठबन्धनले चुनौती दिने तयारी गरेको छ ।

केही महिना अगाडि कांग्रेस, राष्ट्रिय जनता दल, समाजवादी पार्टी, आम आदमी पार्टी, तृणमूल कांग्रेस र वाम दललगायत दुई दर्जन दलहरूले गठबन्धन घोषणा गरेका थिए । कम्तीमा ४ सय ५० सिटमा साझा उम्मेदवारी दिने तयारीका साथ गठबन्धन बनाइएको थियो । तर, गठबन्धनबाट बिहारमा नीतिश कुमारको जनता दल युनाइटेडको बर्हिमन, पश्चिम बंगालमा तृणमूल कांग्रेसकी नेतृ ममता बनर्जीको एक्लै चुनाव लड्ने घोषणाले विपक्षी गठबन्धनबीच कसिलो सहकार्य हुन सकेको छैन ।

मोदीको राष्ट्रियस्तरमा बनेको छविलाई देश दौडाहा गरेर कम गर्ने र जनमत आफ्नो पक्षमा पार्ने प्रयासमा कांग्रेस नेता राहुल गान्धी छन । उनी भारत जोडो लगायतका विभिन्न अभियानबाट जनतासँग जोडिदै आएका छन्। के उनी यसमा सफल होलान् वा नरेन्द्र मोदीले तेस्रो कार्यकालका लागि जनताको म्यान्डेड फेरि लिएर आउँलान् ।

रुसमा पुटिनको जित सुनिश्चित भइसक्दा उनका परममित्र नरेन्द्र मोदीले फेरि पनि बाजी मार्लान्, आफ्ना टिप्पणीहरु राख्न सक्नुहुनेछ । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top