चीन–भारतको सीमा विवादमा पस्यो अमेरिका

८ चैत ,एजेन्सी ।

भारत र चीनबीच अरुणाचल प्रदेशका विषयमा जारी सीमा विवादमा अमेरिका प्रवेश गरेको छ । अमेरिकाले अरुणाचल प्रदेशमाथिको चीनको दाबीलाई अस्वीकार गरेको छ । अरुणाचल भारतको अभिन्न हिस्सा भएको अमेरिकाले जनाएको छ । अमेरिकी विदेश मन्त्रालयका उपमुख्य प्रवक्ता वेदान्त पटेलले पत्रकार सम्मेलनका क्रममा गरिएको एक प्रश्नको जवाफमा यस्तो बताएका हुन् ।

“अमेरिका अरुणाचल प्रदेशलाई भारतको हिस्साको रूपमा मान्यता दिन्छ र हामी वास्तविक नियन्त्रण रेखा (एलओएसी)मा आक्रमण वा घुसपैठ, सैनिक वा नागरिकमार्फत दाबी बढाउने कुनै पनि एकपक्षीय प्रयासको कडा विरोध गर्दछौँ,” पटेलले भने । उनको यो जवाफ हालै मात्र चीनको रक्षा मन्त्रालयका प्रवक्ता चाङ शियायोगैङले अरुणाचल प्रदेश चीनको हिस्सा भएको दाबी गरेपछि आएको हो ।

Advertisement

केही दिनअघि चाङले भारतले अवैध तरिकाले अरुणाचल क्षेत्र कब्जा गरेको आरोप लगाएका थिए । चीनले अरुणाचल प्रदेशलाई ‘दक्षिण तिब्बत’ भन्दै आएको छ । भारतीय नेताले उक्त प्रदेशको भ्रमण गरे आपत्ति जनाउँदै आएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यही मार्च ९ मा अरुणाचल प्रदेशको भ्रमण गरेका थिए ।

त्यसपछि चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ताले अरुणाचल चीनको हिस्सा भएको दाबी गरेका थिए । केही दिनअघि मात्रै चीनले दक्षिण चीन सागरमा अमेरिकालाई प्रवेश नगर्न चेतवानी दिएको थियो । तर अहिले अमेरिका भारत र चीनबीचको आपसी सीमाविवादमै प्रवेश गरेको हो । यसअघि मंगलबार मात्रै चीनले अमेरिकालाई दक्षिण चीन समुद्रमा हस्तक्षेप गर्ने कुनै अधिकार नभएको जवाफ दिएको थियो ।

Advertisement

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले विवादित जलमार्गमा भएको सशस्त्र आक्रमणविरुद्ध फिलिपिन्सको रक्षा गर्ने आफ्नो प्रतिबद्धतामा अमेरिका अडिग रहेको बताएपछि चीनले त्यसको जवाफ दिएको थियो । यसअघि पनि चीनले अरुणचलका विभिन्न भागहरुको चीनले नामाकरण गरेपछि अमेरिकाले अरुणाचल पूर्ण भारतको क्षेत्र भएको बताएको थियो ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top