×

NEPAL TIMES UPDATES

Playing
इरानले यु*द्धविराम होइन, प्रत्याक्रमण गर्ने,एकैदिन १५५ विमान उडे|| Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी र पदाधिकारीको इन्धन सुविधामा ब्यापक कटौती, अब कति पाउँछन् ?|| Nepal Times
Apr 07, 2026
Playing
उत्तर कोरियामा ड्रोन पुगेपछि दक्षिणका राष्ट्रपतिले मागे माफी || Nepal Times
Apr 07, 2026
Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026

तस्करी प्रकरणमा ४ दिनमै छुटे महरा ,प्रमाण टेलिफोन मात्रै,सीआईबीले के भेट्यो ?

९ चैत्र २०८०

९ चैत , काठमाण्डौ । 
सुनतस्करी प्रकरणको अनुशन्धानका लागि पक्राय परेका माओवादी उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्ण बहादुर महरा चार दिनमै हिरासतमुक्त भएका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तेस्रो चरणमा प्रतिवादी बनाउने तयारी गरिरहेका महराविरुद्ध मुद्धा चलाउने गरी केही प्रमाण नभेटिएको भन्दै हाजिरी जमानीमा छाडिएको छ ।

सोमबार कपिलवस्तुबाट पक्राउ गरेर काठमाडौं ल्याइएका महरा शुक्रबार हाजिरी जमानीमा रिहा भएका हुन्। उनलाई खोजेको बखत उपस्थित हुने गरी छोरा निर्मलको जिम्मामा रिहा गरिएको सीआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले बताएका छन् । महराका अर्का छोरा राहुल भने सुन तस्करीकै प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।

Advertisement

जिल्ला सरकारी वकिल कार्यालयमा कागज गरेर रिहा भएका महरा पुनः अस्पतालमै फर्किएका छन्। महरा हिरासतमुक्त भए पनि अनुसन्धान भने जारी रहने एसपी बोगटीको भनाई छ। महराको स्वास्थ्य समस्या र अनुसन्धानमा प्रमाण लोप हुने सम्भावना पनि नभएकाले रिहा गर्नु परेको सीआईबीको दाबी छ। सीआईबीका अधिकारीका अनुशार उनलाई मुद्दा चलाउन बलियो प्रमाण भेटिएको छैन् ।

महराविरुद्ध अहिलेसम्म टेलिफोन गरेको मात्रै प्रमाण भेटिएको छ । स्वयम महराले समेत तस्करीको आरोप लागेका चिनियाँसँग चिनजान रहेको तर कुनै कारोबार नरहेको बयान दिएका छन् । चार दिन नियन्त्रणमा राख्दा सीआईबीले महरासँग दुई दिन बयान लिएको थियो भने दुई दिन दिनभरी नै अस्पतालमै राखिएको थियो।

अब अनुसन्धान पूरा भएपछि महराविरुद्ध पुरक अभियोग अदालतमा दायर हुनेछ। त्यसपछि उनलाई थुनामा राख्ने कि थुनाबाहिरै राखेर मुद्दाको फैसला गर्ने भन्ने जिल्ला अदालतबाट आदेश हुनेछ। २०७९ पुस १० गते दुवईबाट भेपमा लुकाएर ल्याएको सुन विमानस्थल भन्सारमा रोकिएको थियो। सुन ल्याएर आएका चिनियाँ नागरिक दाहोजिन वाङ यो मुद्दाका मुख्य प्रतिवादी हुन्।

उनले भने सुन पक्राउ परेपछि नेपाल छाडिसकेका छन्। महरा बाबु छोराले भन्सारमा सुन पक्राउ परेपछि दावाजिनकै अनुरोधमा सुन छुटाउन टेलिफोन गरेको आरोप छ। उनीहरुले टेलिफोन गरेको पुष्टि भएको सीआईबीले जनाएको छ। महराले पनि बयानका क्रममा टेलिफोन गरेको स्वीकार गरेका छन्। तर उनले सुन छुटाउन नभई अन्य कामले फोन गरेको दाबी गरेका छन्।

Advertisement

यसअघि सुन तस्करी जाँचबुझ आयोगले महरालाई पनि प्रतिवादी बनाउन निर्देशन दिएपछि सोमबार सीआईबीले कपिलवस्तुबाट पक्राउ गरेर महरालाई काठमाडौं ल्याएको थियो। तर उनी विभिन्न रोगका कारण अस्वस्थ रहेकाले स्वास्थ्य उपचारको व्यवस्था गर्न अदालतले आदेश दिएको थियो। अदालतको आदेशपछि उनलाई पहिलो दिनदेखि नै नर्भिक अस्पतालमा भर्ना गरिएको थियो।

भर्खरको समाचार

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top