×

NEPAL TIMES UPDATES

Playing
महेश पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा|| Nepal Times
Apr 27, 2026
Playing
के टियुको १० हजार क्षमताको प्यारापिटमा डोजर चल्ने हो ? || Nepal Times
Apr 27, 2026
Playing
सुकुम्बासी राजनीतिमा बालेनको ‘ब्रेक थ्रु’, बाबुरामले किन चित्त दुखाए ?|| Nepal Times
Apr 27, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-14-2083 || Nepal Times
Apr 27, 2026
Playing
व्यवसायीलाई कारबाही गर्दा साँच्चै शिथिल हुन्छ अर्थतन्त्र ? || Nepal Times
Apr 27, 2026
Playing
अर्थमन्त्री वाग्लेले सार्वजनिक गरे श्वेतपत्र,कस्तो छ नेपालको अर्थतन्त्र ?|| Nepal Times
Apr 27, 2026
Playing
इरानले अमेरिकी सिस्टम हल्लायोः रनवे–रडार, एयरक्राफ्ट ह्यांगर सबै नष्ट, अर्बौको क्षति || Nepal Times
Apr 27, 2026
Playing
हर्क साम्पाङका नजरमा किन परे सुकुम्बासी ? || Nepal Times
Apr 27, 2026
Playing
आज मन्त्रीपरिषद्ले के के निर्णय गर्यो ? || Nepal Times
Apr 27, 2026
Playing
World News: अराघची रुसमा, होर्मुज खोल्ने र युद्ध अन्त्य गर्ने इरानी प्रस्ताव || Nepal Times
Apr 27, 2026

मस्कोमा आक्रमण भएपछि रुसले होस् गुमायो !

११ चैत्र २०८०

११ चैत , एजेन्सी ।
रुसको राजधानी मस्कोमा एक सांगीतिक कार्यक्रममा हिजो भएको आक्रमणमा एक सय ३३ जनाको मृत्यु भएपछि त्यसको रिस रुसले युक्रेनमाथि फेरेको छ । रुसले युक्रेनको राजधानी किभमा ठूलो आक्रमण गरेको छ । रुसी सेनाले किभमा शृङ्खलाबद्ध हवाई हमला गरेको हो । रुसको हमलापछि युक्रेनले आइतवार पूरै देशभरमा अलर्ट जारी गरेको छ ।

आक्रमणको चलिरहँदा किभमा बसोबास गर्ने युक्रेनीहरू शरण लिन मेट्रो स्टेसनतिर दौडिरहेको दृश्य स्थानीय सञ्चारमाध्यमहरूले देखाएका छन् । रुसको यो हमलासँगै युक्रेनको छिमेकी राष्ट्र पोल्यान्डले पनि आफ्नो वायुसेनालाई तयारीमा अवस्थामा राखेको छ । आफ्नो सीमानामा रहेको युक्रेनी शहर लविबमा रुसले हवाई हमला गरेपछि पोल्यान्डले आफ्नो हवाई क्षेत्रको निगरानी बढाएको हो ।

Advertisement
Advertisement

किभमा रुसी आक्रमण शनिवार बिहान ५ बजे शुरू भएको थियो । युक्रेनको सेनाले रुसको हवाई आक्रमणको कडा जवाफ दिएको जनाएको छ । शुक्रवार पनि रुसले दर्जनौं मिसाइल प्रहार गरेको थियो । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोको कन्सर्ट हलमा भएको आक्रमणको लागि आफ्नो देशलाई दोष दिन चाहेको दाबी गरेका छन् ।

शुक्रबार मस्कोको कन्सर्ट हलमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा १३३ जनाको मृत्यु भएको थियो । रुसी राष्ट्रपति पुटिनले आक्रमणमा संलग्न चार जनालाई पक्राउ गरिएको बताएका छन् । जेलेन्स्कीले भने, ‘शुक्रबार मस्कोमा के भयो, त्यो स्पष्ट छ। तर पुटिन र केही अन्य मानिसहरूले आक्रमणको दोष अरू कसैमाथि लगाउन खोजिरहेका छन्।

Advertisement

वास्तवमा पुटिनले आक्रमणपछि आक्रमणकारी युक्रेनतर्फ भागिरहेको बताएका थिए । मस्कोको बाहिरी भागमा रहेको क्रोकस सिटी हलमा आतंककारीहरूले आक्रमण गरेका थिए । यो २० वर्षमा रुसमा भएको सबैभन्दा घातक हमला हो। चार संदिग्ध आक्रमणकारी सहित ११ जना पक्राउ परेका छन् । आइएसआइएसले नरसंहारको केही घण्टापछि भिडियो सार्वजनिक गरेको छ ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top