×

NEPAL TIMES UPDATES

Playing
सांसदलाई स्वर्णिमले के भने पढाए ?बालेन सरकारलाई औंला ठड्याएर खबरदारी || Nepal Times
Mar 17, 2026
Playing
इरानका वरिष्ठ सुरक्षा अधिकारी अली लारिजानी मारिएकै हुन् ?|| Nepal Times
Mar 17, 2026
Playing
जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगको प्रतिवेदन तयार, कहिले सार्वजनिक ? || Nepal Times
Mar 17, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-03-2082 || Nepal Times
Mar 17, 2026
Playing
लामिछानेको मुद्दामा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ मा, सोही दिन फैसला || Nepal Times
Mar 17, 2026
Playing
अली लारीजानीसहित कयौं इरानी शीर्ष नेता मारिए?’समुन्द्री दैत्य’ ज ल्यो || Nepal Times
Mar 17, 2026
Playing
सीको किताब ज लाएको भन्ने घट नामा Chinaको चासो,कार बाही गर्न माग || Nepal Times
Mar 17, 2026
Playing
बालेन सरकारले के गर्नुपर्छ ? के गर्नुहुँदैन ?केही हुन्छ भन्ने पुनर्जन्म || Nepal Times
Mar 17, 2026
Playing
खाडीमा नेपाली,कस्तो छ सरकारको उद्धारको तयारी ? || Nepal Times
Mar 17, 2026
Playing
जतिसुकै आ*क्र*मण गरेपनि Iranको सत्ता नढल्ने अमेरिकी गुप्तचरको निष्कर्ष || Nepal Times
Mar 17, 2026

रनको वर्षा भएको खेलमा मुम्बईको हार ,हैदरावादले बनायो रेकर्डसहितको जित

१५ चैत्र २०८०

१५ चैत , एजेन्सी ।

इन्डियन प्रिमियर लिगको इतिहासमा सनराइजर्स हैदरावादले सर्वाधिक रनको कीर्तिमान बनाएको छ । हैदरावादमा जारी आईपीएल २०२४ अन्तर्गत बुधबार मुम्बई इन्डियन्सविरुद्धको आठौँ खेलमा सनराइजर्सले पहिले ब्याटिङ गर्दै २७८ रनको ठूलो स्कोर बनाएको हो । रनको वर्षा भएको खेलमा टोलीका तर्फबाट ट्राभिस हेडले २४ बलमा ६२, अभिषेक शर्माले २३ बलमा ६३ र क्लासेनले ३४ बलमा ८० रन बनाए ।

Advertisement

हैदरावादको टोलीले यस खेलमा कुल १८ छक्का र १९ चौका प्रहार गरेको थियो । ओपनर मयंक अग्रवाललाई ११ रनमा गुमाएको हैदराबादलाई दोस्रो विकेटका लागि हेड र शर्माले २३ बलमा ६८ रनको साझेदारी गरेका थिए । मुम्बईमा सबै बलर महंगो सावित भए । १७ वर्षीय दक्षिण अफ्रिकी बलर क्वेना मफाकाले ४ ओभरमा ६६ रन खर्चिए ।

जस्तै कप्तान हार्दिक पन्ड्याले ४६, जेराल्ड कोटजीले ५७ रन दिंदै १–१ विकेट पनि लिए । अर्को एक विकेट पियुस चावलाले लिए । उनले २ ओभरमा ३४ रन खर्चिएका थिए । जस्पृत बुम्राहले ४ ओभरमा ३६ रन खर्चिए । हैदरावादले रेकर्ड बनाउँदा पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्स ३१ रनले पराजित भयो । मुम्बईको यो लगातार दोस्रो हार र हैदराबादको पहिलो जित हो ।

जितको लागि २७८ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ५ विकेट गुमाउँदै २४६ रन बनायो । मुम्बईका तिलक बर्माले ३४ बलमा २ चौका र ६ छक्कासहित सर्वाधिक ६४ रन बनाए । ईशान किशन १३ बलमा २ चौका र ४ छक्कासहित ३४, रोहित शर्मा २६, नमन धिर ३० र हार्दिक पान्ड्या २४ रनमा आउट भए ।

टिम डेविड २२ बलमा २ चौका र ३ छक्कासहित ४२ रनमा नट आउट रहे । हैदराबादका जयदेव उनादकट र प्याट कमिन्सले २–२ विकेट लिए । त्यसअघि राजीव गान्धी इन्टरनेसनल रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २७७ रन बनाएको थियो ।

यसअघि आईपीएलमा सर्वाधिक योगफल सन् २०१३ मा रोयल च्यालेन्जर्स बेंगलुरुले पुणे वारियर्सविरुद्ध २० ओभरमा ५ विकेट गुमाउँदै २६३ रन बनाएको थियो । उक्त कीर्तिमान हैदरावादले तोड्दै इतिहासकै ठूलो योगफल बनाएको हो । यो हैदराबादको यस संस्करणको पहिलो जित हो । मुम्बई भने दुवै खेलन पराजित भएको छ । आज हुने खेलमा राजस्थान रोयल्स र दिल्ली क्यापिटल्स भिड्ने छन् ।

भर्खरको समाचार

७३ वर्षीया प्रधानमन्त्रीले ३५ वर्षे युवालाई सुम्पिदैछिन देशको ताला चाबी

e7afe765-d01e-4438-a49e-15e8325de544

बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद

812314fc-c1df-43bb-850a-62bb8dd9ac4c

इरानले मुस्लिम विश्वलाई सोध्यो ६ प्रश्न, यूएईमा फेरि खस्यो ड्रोन

fd4c6bb3-49d5-4b5d-8d1d-04ba43b5deb3

काबुलमा पाकिस्तानको भीषण आक्रमण, ४ सय जना मारिए

afganistan-kabul-sky-news

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

होर्मुजमा नेटो उतार्दै ट्रम्प,शक्तिराष्ट्रलाई युद्धमा नहोमिन इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

भारतको नाकाबन्दीले मेयर बनेका बालेन ओलीको अहंकारले प्रधानमन्त्री!

Screenshot 2026-03-06 091716

रविविरुद्धको मुद्दा फिर्ताबारे आजआदेश आउने

rabi lamichhane

पेट्रोलमा १५ र डिजल–मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो, ग्यासमा कति ?

petrol-pump-india_AFP

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

सम्बन्धित खबरहरु

Scroll to Top