धरानका मेयर काठमाडौंमा एक्लै प्रर्दशनमा उत्रिए

१९ चैत ८०, मंगलबार

२० चैत , काठमाण्डौ ।
धरान उपमहानगरका मेयर हर्क साम्पाङ पछिल्लो केही दिन यता संघीय राजधानी काठमाडौंमा पुगेर धरानको विकासका लागि प्रधानमन्त्रीसहित सरकारमा विभिन्न मन्त्रीहरुसाग भेटवार्तामा ब्यस्त छन् । धरानका विकासे योजना र सरोकारका मुद्दा लिएर उनी सिंहदरबारमा भेटवार्तामा ब्यस्त देखिएका छन् । उनले आफ्नो काठमाडौं बसाईमा आजमात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटगरी धरानको विकासलागि विभिन्न आयोजनाहरु माग गरेका छन् ।

उनले प्रधानमन्त्री प्रचण्डलाई खानेपानी, एयरपोर्ट, राजमार्ग, ल्याण्डफिल्ड साइट र उद्योग लगायतका थुप्रै जनताका मागहरु राखिया जानकारी दिएका छन् । उनले राखेका मागहरुमा विमानस्थल निर्माणको योजना भने धरानमा असम्भव रहेको नागरिक उडड्न मन्त्रालयको स्थलगत प्रतिवेदनले नै औल्याईसकेको छ । यद्यपि मेयर हर्क कुनैपनि हालतमा धरानमा विमानस्थल बनाइछाड्ने योजनामा रहेका छन् ।

Advertisement

यसअघि मेयर हर्कले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, अर्थमन्त्री वर्षमान पुन, खानेपानीमन्त्री राजेन्द्रकुमार राई, शिक्षामन्त्री सुमना श्रेष्ठलगायतसँग भेटवार्ता गरेका थिए । उनले गृहमन्त्री रविसँगको भेटमा हर्कले धरानमा इलाका प्रहरी, ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण, सशस्त्र प्रहरीको गुल्म स्थापना र सुरक्षाकर्मीका लागि पर्याप्त स्रोत–साधन माग गरेका छन्।

Advertisement

उनले भेटका क्रममा कर्मचारीले प्रक्रिया र जनप्रतिनिधिहरूले परिणाम खोज्ने हुँदा काम गर्न कठिन हुने गरेको अनुभव पनि गृहमन्त्रीलाई सुनाएका छन्। उक्त भेटका क्रममा साम्पाङलाई गृहमन्त्रीले लोकप्रिय जनप्रतिनिधिको संज्ञा दिएका थिए । साम्पाङले मन्त्रालयमै आएर राखेका माग र गरेका गुनासोबारे आफू गम्भीर भएको जवाफ गृहमन्त्री लामिछानेले दिएका छन्।

उनले साम्पाङले उठाएका माग सम्बोधन प्रक्रिया सुरु गर्न कर्मचारीलाई निर्देशन पनि दिएका छन्। भेटका क्रममा साम्पाङले प्रहरीको मनोबल उच्च बनाउने गरी काम गर्न गृहमन्त्रीलाई सुझाएका छन्। यसैबीच काठमाडौं आएको मौकामा उनले आज बिहानै सडक किनारमा एक्लै उभिएर प्रत्यक्ष कार्यकारी प्रमुखको पक्षमा वकालत गरेका छन् ।

उनले ‘८४ अघि जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था लागू गर ।’ लेखिएको ब्यानर बोकेको तस्बिरमा फेसबुकमा हालेका छन् । आज ‘जनमतबार’ भन्दै साम्पाङले काठमाडौंमा एकल प्रदर्शन गरेको फोटो सामाजिक सञ्जालबाट सार्वजनिक गरेका हुन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top