×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी वरिष्ठ कूटनीतिज्ञले ककसलाई भेट्दैछन्? एमसीसीमा चासो|| Nepal Times
Apr 18, 2026
Playing
आजदेखि शनिबार ‘भेहिकल फ्रि असन’ || Nepal Times
Apr 18, 2026
Playing
कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?|| Nepal Times
Apr 18, 2026
Playing
होर्मुजको जलडमरूम खोल्ने इरानको घोषणा || Nepal Times
Apr 17, 2026
Playing
हरेक नेपालीको भागमा १ लाख ऋणः कसले तिरिदिन्छ ३७ अर्ब किस्ता? || Nepal Times
Apr 17, 2026
Playing
नेपालमा कति छ युरेनियम ?कसले लगायो बक्रदृष्टि? बालेन सरकारसँग मागियो जवाफ || Nepal Times
Apr 17, 2026

मेसी विनाको खेलमा मियामी पराजित

२२ चैत्र २०८०

२२ चैत ,एजेन्सी ।

इन्टर मियामी कोनकाकाफ च्याम्पियन्स कप क्वार्टरफाइनलको पहिलो लेगमा पराजित भएको छ । लियोनल मेसी विना घरेलु मैदानमा उत्रेको मियामीले खेलमा लिएको अग्रता जोगाउन नसक्दा मोन्टेरेसँग २–१ ले पराजित भएको थियो । घरेलु मैदानमा टोमस एभिलेसको गोलबाट मियामीले १९ औं मिनेटमा अग्रता लिएको थियो । तर ६५ औं मिनेटमा १० खेलाडीमा सिमित भएपछि मियामीको प्रदर्शनमा असर परेको थियो ।

Advertisement
Advertisement

६५ औं मिनेटमा डेभिड रुइजले दोहोरो पहेलो कार्डको सामना गर्दै मैदान छाडेपछि मियामी १० खेलाडीमा सिमित भएको थियो । ६९ औं मिनेटमा म्याक्सिमिलियानो मेजाले बराबरी गोल गरेका थिए । खेल सकिन २ मिनेट बाँकी रहँदा जर्ज रोड्रिग्युजले गरेको गोल मोन्टेरेका लागि निर्णायक बनेको थियो । सन् २०२३ जुलाईमा मियामीमा आबद्ध भएयता मेसीले टोलीका १२ खेल गुमाइसकेका छन् ।

यता फिल फोडेनले ह्याट्रिक गरेको इंग्लिस प्रिमियर लिगको बुधबारको खेलमा एस्टन भिल्लालाई ४–१ ले हराउँदै म्यानचेस्टर सिटीले आर्सनल र लिभरपुलमाथि दबाब कायम राखेको छ । आर्सनलसँग आइतबार बराबरी खेलेपछिको पहिलो खेलमा इर्लिङ हालान्ड र केभिन डि ब्रुएनेलाई भिल्लाविरुद्ध बेन्चमा राखेर पेप ग्वार्डिओलाले टोली उतारेका थिए ।

रोड्रीको गोलमा खेलको ११ औं मिनेटमा नै सिटीले अग्रता बनाएपनि जोन डुरानले २० औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए । पहिलो हाफमा इन्ज्युरी समयको पहिलो मिनेटमा फोडेनले गोल गदैै सिटीले अग्रता दिलाएका थिए । त्यसपछि ६२ औं र ६९ औं मिनेटमा गोल थप्दै फोडेनले ह्याट्रिक पूरा गरेका थिए ।

Advertisement

अर्को खेलमा आर्सनलले लुटन टाउनमाथि २–० को जित निकाल्दै शीर्षस्थानमा कायम रहेको छ । ब्रेनफोड र ब्राइटनले भने गोलरहित बराबरी खेलेका छन् । ३० खेलमा आर्सनल ६८ अंक छ । दोस्रो स्थानको लिभरपुल र सिटीको समान ६७ अंक छ । एक खेल कम खेलेको लिभरपुलले आज सेफिल्ड युनाइटेडको सामना गर्नेछ । चौथो स्थानको भिल्लाको ५९ अंक छ ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top