२३ चैत ,एजेन्सी ।
इटालीको प्रख्यात शहर भेनिसले बिहीवार एक विवादास्पद नयाँ योजना ल्याएको छ। यदी पर्यटकहरू दिनको लागि मात्र भ्रमण गर्छन् भने पाँच युरो (५.४३ अमेरिकी डलर) शुल्क तिर्नुपर्ने भएको हो ।
यो कदम नहर शहरको नाजुक पूर्वाधार जोगाउन मद्दत गर्ने उद्देश्यले गरिएको बताइएको छ ।
यो शुल्क भेनिस बाहिरबाट आउने आगन्तुकहरूलाई मात्र लगाइनेछ ।
उत्तरी इटालियन शहर यस्तो योजना अनावरण गर्ने देशमा पहिलो हो ।
केही वकालत समूहहरूले शुल्कले कम आय भएका यात्रुहरू विरुद्ध भेदभाव गर्ने र आवागमनको स्वतन्त्रतालाई प्रतिवन्धित गर्ने भन्दै बिरोध गरेका छन् ।
यो शुल्क अप्रिल २९ देखि जुलाई १४ सम्मका ३० शिखर यात्रा दिनहरूका लागि लिइनेछ ।
टिकटहरू अनलाइन खरिद गर्नुपर्छ र गैरकानूनी रूपमा शहरमा प्रवेश गरे ३ सय यूरो जरिवाना हुनसक्छ ।
शहरका बासिन्दाहरू, १४ वर्ष मुनिका बालबालिका, विद्यार्थी, भेनिसका होटलहरूमा बस्ने आगन्तुकहरू वा खेलकुद वा कामसँग सम्बन्धित कार्यक्रमहरूमा आउने मानिसहरूलाई शुल्क लाग्नेछैन ।
बेलुका ४ बजेपछि शहरमा आउनेलाई पनि यो लागू हुने छैन । शहरले टुर ग्रुपका लागि लाउडस्पीकरको प्रयोगमा पनि प्रतिवन्ध लगाएको छ ।
भेनिस संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठनको एक विश्व सम्पदा स्थल हो । युरोपमा सबैभन्दा धेरै भ्रमण गरिएका शहरहरू मध्ये एक हो ।