×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सुनसरीमा आज पनि कफ्र्यु जारी ,उल्लंघन गर्न खोज्नेहरु पक्राउ

२४ चैत्र २०८०

२४ चैत विराटनगर।

सुनसरीमा दुई समुदायबीचको झडप नियन्त्रणका लागि लगाइएको कफ्र्यु जारी छ । शुक्रवार हरिनगरस्थित भुटाहाबाट चर्केको हिन्दु–मुस्लिम बीचको झडपले दक्षिणी भेगको शान्ति सुरक्षामा खलल पुगेपछि लगाइएको कफ्र्युलाई आज पनि निरन्तरता दिइएको हो। सदरमुकाम इनरुवा र हरिनगर गाउँपालिकासहित ५ वटा स्थानीय तहमा लगाइएको कफ्र्युलाई निरन्तरता दिइएको जिल्ला प्रशासन कार्यालयका कायममुकायम प्रमुख जिल्ला अधिकारी देवराज फुयाँलले जानकारी दिए ।

Advertisement
Advertisement

स्थानीय प्रशासनले अवाञ्छित र उछृङ्खल गतिविधि हुन नदिनका लागि सम्भावित झडप हुने ठाउँमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ । कफ्र्यु जारी भए पश्चात जनजीवनमा सामान्य बन्दै गएको पनि कायममुकामय प्रमुख जिल्ला अधिकारी फुयाँलले बताए । जिल्ला प्रशासन कार्यालयले सम्बन्धित सबै पक्षलाई संयमता अपनाउन आग्रह पनि गरेको छ ।

घटनाबारे अनुसन्धान गरी कारबाही, सुरक्षा र समस्या समाधानका लागि संवादलाई पनि अघि बढाइएको कायममुकायम प्रम्ुख जिल्ला अधिकारी फुयाँलले बताए । सो समस्या समाधानका लागि सर्वदलीय बैठक समेत बोलाइएको छ ।यसैबीच सुनसरी प्रहरीले हिन्दु युवा कुटपिटमा संलग्न उपरको जाहेरीका आधारमा केही युवालाई पक्राउ गरिएको र अन्यको खोजी जारी रहेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख विपिन रेग्मीले अघिल्लो दिनको दाँजोमा अवस्था सामान्य बन्दै गएको बताए । यद्यपि, सुरक्षा संवेदनशीलतालाई ख्यालमा राखी बाक्लो सुरक्षा तैनाथी मिलाइएको उनले सुनाए । एसपी रेग्मीले कफ्र्यु उल्लंघन गर्न खोज्नेलाई पक्राउ गरिरहिएको पनि जानकारी दिए ।

शुक्रवार हरिनगरको भुटाहाबाट चर्केको हिन्दु मुस्लिम बिचको झडपले दिनभरजसो दक्षिणी भेग अशान्त बन्न पुगेको थियो । दुवै समुदाय आपसमा भिडेपछि सुरक्षाकर्मीले अवस्था लियन्त्रणमा लिन ८३ राउण्ड हवाई फायर र ३१ राउण्ड अश्रुग्यास प्रहार गर्नुपरेको थियो । घटनामा परी ४० बढी घाइते भएका छन् । घाइते हुनेमा प्रहरीको संख्या ज्यादा रहेको दाबी गरिएको छ ।

Advertisement

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top