काठमाडौंको फोहोर बञ्चरेडाँडा लैजान अवरोध

२३ चैत ८०, शनिबार

२४ चैत , काठमाण्ठौ ।
काठमाडौंको फोहोर व्यवस्थापनलाई लिएर फेरि विवाद भएको छ । विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै काठमाडौँ उपत्यकाको फोहर बञ्चरेडाँडामा विसर्जन गर्न नुवाकोट र धादिङका स्थानीय बासिन्दाले अवरोध गरेका छन् । ‘बञ्चरेडाँडा ल्याण्डफिलसाइट प्रभावित क्षेत्र सरोकार समिति’(नुवाकोट–धादिङ)ले यसअघिका सहमति कार्यान्वयन तथा ‘मानवबस्तीरहित ल्याण्डफिलसाइट विकास क्षेत्र’ घोषणाको माग गर्दै फोहर विसर्जनमा अवरोध गरेको हो ।

Advertisement

समितिका संयोजक श्रीराम ढुङ्गानाले सर्वपक्षीय भेलाबाट प्रस्तुत ११ बुँदे माग सम्बोधनका लागि गत फागुन २१ गते प्रधानमन्त्रीसमक्ष पेस गरिएका मागको सुनुवाइ नभएकाले शान्तिपूर्ण आन्दोलनको कार्यक्रमसहित फोहर विसर्जनमा रोक लगाइएको बताए । आज बिहानैदेखि फोहर विसर्जनस्थल नुवाकोटको सिसडोलस्थित कुडुल्ले र धादिङको बञ्चरेडाँडा पुग्ने सडक अवरुद्ध पारिएको उनको भनाई छ ।

‘फोहर विसर्जनका सम्बन्धमा विगतका सहमतिको कार्यान्वयन र नयाँ मागको सम्बोधनको प्रतिबद्धता नभएसम्म फोहर फाल्न दिँदैनौँ,’ उनले भने । बञ्चरेडाँडा ल्यान्डफिलसाइटमा काठमाडौँ र ललितपुरका साथै अन्य नगरपालिकाबाट दैनिक एक हजार पाँच सय टन फोहर विर्सजन हुने गरेको छ । यसैक्रममा बञ्चरेडाँडामा फोहोर बिसर्जन गर्न अवरोध गरेपछि प्रहरीले १३ जनालाई पक्राउ गरेको छ ।

Advertisement

शनिबार बिहान फोहोर बोकेर गएका टिपरहरूलाई रोकपछि बञ्चरेडाँडाबाट १३ जनालाई नियन्त्रणमा लिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए । पक्राउ परेकाहरूलाई बालाजु वृत्तमा राखिएको छ । उनीहरूलाई काठमाडौंबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो ।

बन्चरेडाँडामा फोहोर फाल्न अवरोध गर्ने सूचना पाएपछि बालाजु वृत्तको प्रहरी टोली र काठमाडौं महानगरको टोली पनि बञ्चरेडाँडा पुगेको थियो । त्यहाँ प्रदर्शन गर्नेहरूलाई काठमाडौंकै टोलीले नियन्त्रणमा लिएर गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता डिएसपी तिलक भारतीले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top