×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

गाडीसमेत नभएका राहुल गान्धीको सम्पत्ति कति ?

२४ चैत्र २०८०

२४ चैत ,एजेन्सी ।
विश्वकै सबैभन्दा बढी जनसंख्या भएको लोकतान्त्रिक देश भारत चुनावी महासंग्राममा होमिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि अघिल्लो निर्वाचनभन्दा बढी सिटका साथ चुनाव जित्ने योजना लिएर मैदानमा उत्रिएका छन । सत्तारूढ भारतीय जनता पार्टी र मोदीलाई एक्लैले टक्कर दिन नसकिने यथार्थ स्विकार्दै विपक्षी दलहरू पनि एकत्रित भएर चुनौती दिने प्रयासमा छन ।

यसैबीच भारतीय नेशनल कांग्रेसका पूर्व अध्यक्ष र लोकसभा सांसद राहुल गान्धीले दोस्रो पटक केरलाको वायनाड लोकसभा सिटबाट उम्मेदवारी दर्ता गराएका छन् । २०१९ मा राहुल गान्धीले उत्तर प्रदेशको अमेठीसँगै केरलाको वायनाड सिटबाट चुनाव लडेका थिए । अमेठीमा राहुलले भाजपाकी स्मृति इरानीसँग हार ब्यहोरेका थिए भने वायनाडबाट विजयी भएका थिए ।

Advertisement
Advertisement

राहुलले यसपटक अमेठीबाट चुनाव लड्ने कि नलड्ने भन्ने अझै स्पष्ट भएको छैन । गत निर्वाचनमा उनले भाकपाका पीपी सुनीरलाई चार लाख मत अन्तरले पराजित गरेका थिए । यस सिटमा अप्रिल २६ मा मतदान हुँदैछ । राहुल गान्धीको चुनावी शपथपत्रमा धेरै जानकारी बाहिर आएको छ । उनले सम्पत्ति विवरणसमेत सार्वजनिक भएको छ ।

राहुलले आफ्नो नाममा कुनै पनि सवारी साधन नभएको प्रतिज्ञापत्रमा बताएका छन् । राहुल गान्धीले आफ्नो शपथपत्रमा विगत ५ वर्षमा ६ करोड भारु आम्दानी गरेको उल्लेख गरेका छन् । हलफनामामा राहुलले आफ्नो कुल सम्पत्ति २०.३९ करोड भारु रहेको बताए । यसअघि सन् २०१९ मा उनले १५.८८ करोड रुपैयाँ घोषणा गरेका थिए ।

शपथपत्रका अनुसार राहुल गान्धीसँग ५५ हजार रुपैयाँ नगद र २६.२५ लाख रुपैयाँ दुई बैंक खातामा जम्मा छ । त्यस्तै राहुल गान्धीले आफूसँग २५ कम्पनीको शेयर किनेको र त्यसमा ४.३३ करोड रुपैयाँ जम्मा गरेको बताएका छन् । यसबाहेक सात म्युचुअल फण्डमा ३.८१ करोड र करिब १५ लाख बराबरको सुनको ऋणपत्र रहेको उल्लेख गरेका छन् ।

हलफनामा अनुसार राहुल गान्धीले ६१.५२ लाख रुपैयाँ बीमा जम्मा गरेका छन् । उनीसँग ४.२० लाखको सुन र अन्य प्रकारका गरगहना छन् । यसरी राहुल गान्धीको कुल चल सम्पत्ति ९.२४ करोड रुपैयाँ बराबरको रहेको छ । हलफनामाका अनुसार राहुल गान्धीसँग करिब ११ करोड १५ लाख रुपैयाँको अचल सम्पत्ति छ ।

राहुलले दिदी प्रियंका गान्धीसँग मिलेर दिल्लीको महरौलीको सुल्तानपुर गाउँमा दुईवटा कृषि जग्गा लिएको बताएका छन्, जसमा उनको आधा सेयर छ । प्रतिज्ञापत्र अनुसार यसको हालको बजार मूल्य २ करोड १० लाख भारु रहेको छ । यस बाहेक राहुल गान्धीको नाममा गुरुग्राममा ५ हजार ५३८ स्क्वायर फिटको अफिस स्पेस छ, जसको हालको मूल्य करिब ९ करोड रुपैयाँ छ ।

हलफनामामा राहुल गान्धीले आफूले सन् १९८९ मा सीबीएसईबाट १२ कक्षा पास गरेको बताए । त्यसपछि उनले सन् १९९४ मा अमेरिकाको फ्लोरिडाको रोलिन्स कलेजबाट ब्याचलर अफ आर्ट्स गरे भने उनले सन् १९९५ मा क्याम्ब्रिज विश्वविद्यालयको ट्रिनिटी कलेजबाट विकास अध्ययनमा एमफिल गरेको बताएका छन् । यता सोनिया गान्धीले भने विहीबार राज्यसभा सांसदको शपथ लिएकी छन् ।

Advertisement

सोनिया राजस्थानबाट राज्यसभा सांसद बनेकी हुन् । सोनिया गान्धी पहिलो पटक राज्यसभा सांसद बनेकी हुन् । उनी राजस्थानबाट राज्यसभामा निर्विरोध निर्वाचित भएकी थिइन् । नेहरु–गान्धी परिवारका सदस्यले राज्यसभा सांसदको रूपमा शपथ लिएको यो तेस्रो पटक हो । यसअघि इन्दिरा गान्धी र उमा नेहरु राज्यसभा सांसद बनिसकेका छन् । उमा नेहरु भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरुका काकाकी पत्नी थिइन् ।

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top