×

NEPAL TIMES UPDATES

Playing
America र Iranबीचको वार्ता फाइनल, को–को आउँदैछन् इस्लामाबाद? || Nepal Times
Apr 10, 2026
Playing
बालेनका मन्त्रीलाई प्रलोभनमा पार्ने प्रयास, मन्त्रीले नै खोले रहस्य || Nepal Times
Apr 10, 2026
Playing
American सेना आराम गरिरहेका छन्,Iran को हात ‘ट्रिगर’ मै छ|| Nepal Times
Apr 10, 2026
Playing
श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण|| Nepal Times
Apr 10, 2026
Playing
पेट्रोल, डिजल र खाना पकाउने ग्यासमा भारी मूल्य वृद्धि#PETROL #diseal #GAS #BALEN #NEPAL
Apr 10, 2026
Playing
इ*रान यु*द्ध बन्यो खाडी मुलुकहरूको दुःस्वप्न|| Nepal Times
Apr 09, 2026
Playing
उपसभामुखका लागि रास्वपामा बालेन हाबी ?राप्रपालाई कसले दियो ’धोका’ ? || Nepal Times
Apr 09, 2026
Playing
एमालेमा महाभारत, नेतृत्व हत्याउन ’शीतयुद्ध’, ओलीले के गर्लान् ? || Nepal Times
Apr 09, 2026
Playing
हाइप्रोफाइलमा बालेन र सुदनले ल्याए भूकम्प,कसकसको हुँदैछ सम्पत्ति छानविन ? || Nepal Times
Apr 09, 2026
Playing
बाबु मजदुरी गर्न खाडीमा, छोरी नेपालमा सांसदपछि उपसभामुख || Nepal Times
Apr 09, 2026

नेपालविरुद्ध आयरल्यान्डको क्लिनस्विप, एक खेलपनि जितेन

२५ चैत्र २०८०

२५ चैत, काठमाण्डौ ।

युवा ओपनर अर्जुन कुमालको शतकको बाबजुद नेपाल ए तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा आयरल्यान्ड ए सँग ६९ रनले पराजित भएको छ । राम्रो सुरुवात गरेपनि मध्यक्रममा अनुभवी ब्याटरहरुले निराशाजनक प्रदर्शन गर्दा नेपाल ‘ए’ पराजित हुन पुग्यो ।

Advertisement
Advertisement

योसँगै तीन खेलको सिरिजमा नेपाल ए ले ‘क्लिनस्विप’को हार व्यहोरेको छ । २८५ रनको लक्ष्य पछ्याएको नेपाल ३९.४ ओभरमा २१५ रनमा अल आउट भयो । ओपनर अर्जुन कुमालले ११८ बलमा १४ चौकासहित १०२ रनको शतकीय इनिङ खेले ।

सिनियर क्रिकेट र लिस्ट ए मा उनको पहिलो शतक । यू १९ अन्तर्राष्ट्रियमा भने दुई शतक हानेका छन् । अर्का ओपनर अर्जुन साउद ३० बलमा ४ चौका र ३ छक्कासहित ३६ रन बनाए । अन्य कुनै पनि ब्याटरले राम्रो गर्न सकेनन् ।

देव खनाल ११, नरेन भट्ट १५, विनोद भण्डारी ४, भीम सार्की डक र रुपेश सिंह १५ रनमा आउट भए । आयरल्यान्डका बेन ह्वाइटले १० ओभरमा १ मेडनसहित ६२ रन खर्चेर ५ विकेट लिए । गेभिन होइले ४ र म्याथ्यु फस्टरले १ विकेट लिए ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको आयरल्यान्डले ५० ओभरमा ९ विकेट गुमाउँदै २८४ रन बनाएको थियो । आयरल्यान्डको जितमा स्टेफन डोहेनीले १२९ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक १०७ रनको शतकीय इनिङ खेलेका थिए ।

पिटर मुर २५ बलमा २ चौका र ५ छक्कासहित ४४ रनको आक्रामक इनिङ खेल्दै आउट भएका थिए । पिटर मुर आउट हुँदा आयरल्यान्ड १३.३ ओभरमा ९०–२ को अवस्थामा थियो । उनी आउट भएपछि मध्यक्रमका ब्याटरले भने ठूलो इनिङ खेल्न सकेनन् ।

केड कार्माइकल २१, निल रक १, गेभिन होइ १४, फिओन ह्यान्ड २० रनमा आउट भए । तल्लोक्रममा बेन ह्वाइटले १९ र म्याथ्यु हम्फ्रेजले २३ रनको योगदान दिए । डेब्यू खेल खेलेका बायाँ हाते स्पिनर स्पिनर रञ्जित कुमारले १० ओभरमा १ मेडनसहित ५१ रन खर्चेर ३ विकेट लिए।

तीव्र गतिका बलर रिजन ढकालले १० ओभरमा ७५ रन खर्चेर ३ विकेट लिए । विकास आग्री र साहब आलमले १९१ विकेट लिए । नेपाल पहिलो खेलमा २७ रन र दोस्रोमा ११४ रनले पराजित भएको थियो ।

एकदिवसीय शृंखलासँगै आयरल्यान्ड ‘ए’ को नेपाल भ्रमण पनि सकिएको छ । आयरल्यान्ड ‘ए’ ले नेपालको राष्ट्रिय टोलीसँग दुई टी–२० खेलको शृंखला खेलेको थियो ।

Advertisement

दुबै खेलमा नेपालको राष्ट्रिय टोली विजयी भएको थियो । त्यसपछि खेलिएको नेपाल ‘ए’ विरुद्धको तीन खेलको टी–२० शृंखलामा आयरल्यान्ड ‘ए’ २–१ ले विजयी भएको थियो ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top