×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

भिक्षुमाथि प्रहरीको लात्ता

२६ चैत्र २०८०

२६ चैत ,काठमाण्डौ।

गएको शनिबार राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय क्रान्ति अभियानले गरेको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएपछि बाटो हिँड्ने बटुवा भिक्षुहरूलाई समेत प्रहरीले कुटपिट गरेको भिडिओका कारण यतिबेला नेपाल प्रहरीको आलोचना बढेको छ । भद्रकालीमा दुई बौद्ध भिक्षुमाथि लात्ती प्रहार भएको भिडिओ सञ्जालमा भाइरल छ ।

Advertisement
Advertisement

आन्दोलनमा कुनै सरोकार नभएका भिक्षुमाथि कुटपिट भएको भिडिओ बाहिरिएसँगै प्रहरीको आलोचना बढेपछि घटनामा सम्लग्न प्रहरीमाथि कारबाही अघि बढाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी प्रधान कार्यालयले सामाजिक सन्जालमा एक सूचना जारी गरी उक्त घटनामा संलग्न प्रहरी कर्मचारी उपर विभागीय कारबाही प्रक्रिया अगाडि बढाइसकिएको जानकारी दिएको हो ।

उक्त घटनामा संलग्न प्रहरी कर्मचारी उपर विभागीय कारबाही प्रक्रिया अगाडि बढाइसकिएको व्यवहोरा समेत जानकारी गराउँदछौं,’ सूचनामा लेखिएको छ । राष्ट्रिय मुक्ति क्रान्तिका कार्यकर्ताले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि काठमाडौंको भद्रकालीमा प्रहरीसँग झडप भएको थियो ।केही प्रदर्शनकारी र प्रहरी घाइते भएका छन् ।

राष्ट्रिय मुक्ति क्रान्तिको नेवा राष्ट्रिय परिषद्ले गरेको प्रदर्शनमा सहभागीहरुले भद्रकालीमा निषेधित क्षेत्र तोड्ने प्रयास गरेका थिए । प्रहरीसँग घम्साघम्सीपछि प्रदर्शनकारीले ढुंगामुढा गरेका थिए । प्रहरीले लाठी चार्ज गर्न थालेपछि भद्रकालीको अवस्था शनिबार दिउँसो तनावग्रस्त भएको थियो ।प्रहरीले पानीको फोहोराले भिड तितरबितर गर्न थालेपछि नेता र प्रदर्शनकारीहरु भद्रकालीबाट लखेटिएका थिए ।

बहुल राष्ट्रिय राज्य निर्माणको अभियान भन्दै राजेन्द्र महतोले केही दिनयता राष्ट्रिय मुक्ति क्रान्ति नामक अभियान थालेका छन् । लोकतान्त्रिक समाजवादी पार्टीबाट असन्तुष्ट भएका महतो छुट्टै राजनीतिक दल गठनको गृहकार्यमा छन् । प्रदर्शनको क्रममा केही आन्दोलनकारी पक्राउ परेका छन् । केही प्रहरी घाइते भएका थिए ।

Advertisement

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top