×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

रविबारे कांग्रेसः कि छानविन कि राजीनामा 

२६ चैत्र २०८०

२६ चैत, काठमाण्डौ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीको बचत अपचलनमा जोडेर उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजीनामा दिनुपर्ने बटमलाइन नछाड्ने भएको छ । उसले रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको अडान कायम राखेको छ । त्यसो नभए गृहमन्त्री लामिछानेले राजीनामा दिनुपर्ने अडानलाई निरन्तरता दिने निष्कर्ष निकालेको छ ।

Advertisement
Advertisement

आज पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको शीर्ष नेताको बैठकले सहकारी ठगीमा जोडिएका मन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठनको विकल्प नभएको निष्कर्ष निकालेको हो । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले अब मंगलबार संसदीय कार्यसमिति र दलको बैठक बस्ने बताए ।

‘भोलि बिहान ७ बजे बानेश्वरको ल्होत्से हलमा संसदीय कार्यसमितिको बैठक बस्छ । त्यसपछि ९ बजे संसदीय दलको बैठक बस्छ,’ उनी भन्छन्, ‘हामीले सदनमा राखेको संसदीय छानबिन समिति गठनको माग यथावत छ । हामीले अरुपनि निर्णय गर्छौं ।’ कांग्रेसले सहकारी ठगीमा मन्त्रीहरुको संलग्नताबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै कुरा सुनिसकेको भन्दै गृहमन्त्री लामिछानेको कुरा सुन्नुको कुनै अर्थ नभएको लेखकले बताए ।

‘कि नेपालमा दुई वटा सरकार छ भन्नुपर्यो । हामीले एउटा सरकारको कुरा सुनिसक्यौं । प्रधानमन्त्रीजीले भनिसक्नु भयो । प्रधानमन्त्रीको कुरामा चित्त नबुझेर हामीले संसदीय छानबिन समिति माग्यौं,’ उनी भन्छन्, ‘सबै मन्त्रीको पहिलो मन्त्री प्रधानमन्त्री हो । हामीले प्रधानमन्त्रीकै कुरा सुनिसकेकाले सहकारी ठगीमा अरु कसैको कुरा सन्दैनौं ।’

संसदीय छानबिन समिति गठनमा सरकारको धारणाअनुसार नयाँ रणनीति बनाएर अगाडि बढ्ने लेखकको भनाइ छ । उनका अनुसार संसदीय दलको बैठकले संसद्मा आएका महत्वपूर्ण विधेयकमाथि छलफल गरेर समान धारणा बनाउने छ । बजेटको सेसन, संसदीय समितिमा रहेका विधेयकमाथि प्रभावकारी ढंगले कांग्रेसले भूमिका निर्वाह गर्ने विषयमा पनि छलफल हुने लेखकले बताए ।

तर कांग्रेसले लामिछाने जोडिएको सहकारी प्रकरण छानबिनका लागि संसदीय समिति नबनेसम्म संसदको बैठक अवरोध गर्ने चेतावनी दिइरहेको छ । कांग्रेसले संसद्मा अवरोध गर्ने चेतावनी दिएपछि यसबारे छलफलका लागि सभामुख देवराज घिमिरेले आज मुख्य दलहरूसँग छलफल गरेका छन् । छलफलमा प्रधानमन्त्री, गृहमन्त्रीसहितको सहभागिता रहेको छ ।

Advertisement

यसैबीच कांग्रेसका सांसद प्रदीप पौडेलले गृहमन्त्री रवि लामिछानेलाई सरकारी प्रकरणमा निर्दोष भए संसदीय छानबिन समिति गठन गर्न किन तयार नभएको भन्दै प्रश्न गरेका छन् । काठमाडौंमा आयोजित कार्यक्रममा पौडेलले संसदीय छानबिन समिति गठन गर्नुपर्ने मागबाट कांग्रेस पछि नहेटेको बताउँदै गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्ने बताएका हुन् । सांसद पौडेलले सरकारको संयन्त्र विश्वसनीय नभएकै कारण यसअघिका प्रकरणहरुमा पनि संसदीय छानबिन समितिहरु बन्ने गरेको स्मरण गराएका छन् ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top