विद्युतीय सुरक्षा दिवसमा झापामा प्रभातफेरी

विद्युतीय सुरक्षा दिवसमा झापामा प्रभातफेरी

२६ चैत, झापा ।

विद्युतीय सुरक्षा दिवसको अवसरमा सोमबार गौरादहमा प्रभातफेरी गरिएको छ । नेपाल विद्युत प्राधिकरण गौरादह वितरण केन्द्रको आयोजनामा सोमबार बिहान गौरादह बजारमा प्रभात फेरी गरिएको हो । गौरादह फ्युज सेवाबाट सुरु भएको प्राधिकरणमा कर्मचारी सम्मिलित प्रभातफेरी बजार परिक्रमा पश्चात सोही ठाउँमा आएर समापन गरिएको थियो ।

प्रभातफेरीमा सहभागीहरुले जोखिम न्यूनीकरणमा साझेदारी, हाम्रो जिम्मेवारी, नगरौँ है चोरीको धन्दा, परिएला कानूनको फन्दा, सुरक्षा सामाग्री साथमा, आफ्नो सुरक्षा आफ्नै हातमा,सुरक्षा प्रतिमा चासो, दर्घटनाबाट बच्ने साँचो लगायत लेखिएका प्ले कार्ड बोकेका थिए। कार्यक्रममा गौरादह वितरण केन्द्रका प्रमुख सागर पोखरेलले विद्युतीय सुरक्षा अनिवार्य आवश्यकता रहेको भन्दै विद्युतीय सामग्रीको प्रयोगमा सजगता अपनाउनुपर्ने बताए ।

नेपाल विद्युत प्राधिकरणले सोसाइटी अफ इलेक्ट्रकल इन्जिनियर्ससँगको सहकार्यमा विद्युतीय दुर्घटना न्यूनीकरणका लागि चेतना बाँड्ने उद्देश्यले २०७३ सालदेखि हरेक वर्ष चैत २६ गते विद्युतीय सुरक्षा दिवस मनाउँदै आएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.