×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

अपराजित कोलकातालाई चेन्नईले चखायो हार

२७ चैत्र २०८०

२७ चैत ,एजेन्सी ।

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज पञ्जाब किंङ्ग्स र सनराइजर्स हैदराबाद खेल्दैछन् । खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । यसअघि खेलेका चार खेलमा पञ्जाब र हैदराबादले समान दुई खेल जितेका छन् । अङ्क तालिकामा हैदराबाद पाँचौँ र पञ्जाब छैठौँ स्थानमा छ । गएराति भएको खेलमा चेन्नई सुपर किंङ्सले कोलकत्ता नाइट राइडर्सलाई ७ विकेटले हराएको छ ।

Advertisement
Advertisement

कोलकाताको यो पहिलो हार हो । १३८ रनको लक्ष्य चेन्नाइले १७.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा ग¥यो । चेन्नाइका कप्तान ऋतुराज गायकवाडले ५८ बलमा ९ चौकासहित सर्वाधिक ६७ रनमा नट आउट रहे । रचिन रविन्द्र १५, डर्याल मिचेल २५ र शिवम दुबेले २८ रन बनाए । महेन्द्रसिंह धोनी १ रनमा नट आउट रहे । कोलकाताका वैभव आरोराले २ र सुनिल नारायणले १ विकेट लिए ।

त्यसअघि चेन्नाइको घरेलु मैदानमा चेपौकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोलकाताले २० ओभरमा ९ विकेट गुमाउँदै १३७ रन बनाएको थियो । पछिल्लो खेलमा दिल्ली क्यापिटल्सविरुद्ध २७२ रन बनाएको कोलकाता चेन्नइको बलिङसामु भने चल्न सकेको थिएन । कोलकाताका कप्तान श्रेयस ऐरले सर्वाधिक ३४, सुनिल नारायण २७, रगुवंशी २४, आन्द्रे रसेल १० र रिंकु सिंह ९ रनमा आउट भए ।

Advertisement

चेन्नइका तुषारदेशपाण्डे र रवीन्द्र जडेजाले ३÷३ तथा मुश्ताफिजुर रहमानले २ र महेश थिक्सेनाले १ विकेट लिए । राजस्थान ४ खेलमा अपराजित रहँदै शीर्षस्थानमा छ । कोलकाता ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा छ । चेन्नाइ ५ खेलमा ३ मा जित र २ मा हारसहित चौथो स्थानमा छ । लखनउ ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ तेस्रो स्थानमा छ ।ब

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top