रुवाण्डामा नरसंहारको ३० औं वार्षिकोत्सव

२७ चैत ,एजेन्सी ।
सन् १९९४ मा टुत्सी बिरुद्धको नरसंहारको ३० औं वार्षिकोत्सव मनाउन रुवाण्डाले आईतवारबाट एक हप्ता राष्ट्रिय शोक र सय दिनको सम्झना शुरु गरेको छ । राष्ट्रपति पल कागामे र प्रथम महिला जेनेट कागामे, राज्य र सरकारका प्रमुखहरूसहित विदेशी विशिष्ट व्यक्तिहरूको साथमा किगाली नरसंहार स्मारकमा माल्यार्पण गरेर शुरु गरिएको थियो ।

जहाँ २ लाख ५० हजार भन्दा बढी मृतकहरूको अन्त्येष्टि गरिएको छ । रुवाण्डाको राजधानी किगालीको एउटा मैदानमा भाषण गर्नुअघि प्रथम महिलासँगै कागामेले स्मारकमा फ्लेम अफ रिमेम्बरेन्स प्रज्वलन गरेका थिए । कागामेले राष्ट्रिय एकतालाई अँगालेर, एकअर्काप्रति जवाफदेही भएर र त्रासदीको क्षितिजभन्दा बाहिर सोचेर राष्ट्रको पुनरुत्थानका लागि मिलेर गरिएको छनोटको परिणाम स्वरूप नरसंहार पछि रुवाण्डाले ठूलो प्रगति गरेको उल्लेख गरे ।

सेप्टेम्बरमा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठनले विश्व सम्पदाको सूचीमा राखेका देशका विभिन्न भागमा रहेका चार वटा नरसंहारको सम्झनास्थलमा अप्रिल ७ देखि सात दिनसम्म स्मरणको ज्वाला प्रज्वलन गरिँदैछ । सन् १९९४ मा १०० दिनभित्र हुतु चरमपन्थीहरूले गरेको नरसंहारमा करिव १० लाख मानिस मारिएका थिए । जसमा अधिकांश टुत्सी समुदाय र उदारवादी हुटस थिए ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top