×

NEPAL TIMES UPDATES

Playing
एक वर्षमा सात हजार ६४८ विप*द्का घ*टना, सबैभन्दा बढी आगला*गीका|| Nepal Times
Apr 12, 2026
Playing
इरा*न र अमेरि*काबिच १४ घण्टा वार्ता, अहिलेसम्म के–के भयो ?|| Nepal Times
Apr 12, 2026
Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026

रविले खोले माइती घरको निषेधाज्ञा, तोडफोड गरेको बिल पठाउँदै

१ बैशाख २०८१

१ वैशाख ,काठमाण्डौ।
उपप्रधान तथा गृहमन्त्री रसव लामिछानेले नयाँ वर्ष २०८१ को शुभकामनासहित नयाँ वर्षमा वाचा र प्रतिवद्धताको साटो तीन महत्वपूर्ण निर्णय गरेका छन। नयाँ वर्षसँगै तीन सुरुवात गरिएको भन्दैगृहमन्त्री लामिछानेले महिनौं देखि काठमाडौंको माइतीघर क्षेत्रमा लगाइएको निषेधाज्ञा हटाएका छन् । उनले नयाँ वर्षमा तीन सुरुवात भन्दै लेखेका छन:

– काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म कायम निषेधित क्षेत्र हटाइएको छ।

Advertisement
Advertisement

– ठमेल र दरवारमार्ग क्षेत्र व्यापारिक प्रयोजनका लागि स्पष्ट मापदण्ड, आचारसंहिता र पूर्ण सुरक्षा प्रत्याभूतिसहित नयाँ वर्ष २०८१ सँगै २४ सै घण्टा खुल्दै छ।

– शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकारप्रति सम्मान छ। यो लोकतन्त्रको सौन्दर्य हो। तर, आन्दोलनको क्रममा सार्वजनिक सम्पत्ति तोडफोड गर्न पाइँदैन।त्यसैले, आन्दोलनका क्रममा भएको वा हुने क्षतिको भर्पाईका लागि आयोजक (व्यक्ति, संस्था वा दल)लाई बिल पठाउने र सरकारी बाँकी सरह उठाउने निर्णय भएको छ। मैले कार्यकाल सुरु गरेपछिका प्रदर्शनका क्रममा भएका सार्वजनिक क्षतिको विवरण संकलन भइरहेको छ। बिल चाँडै पठाइने छ।
नयाँ वर्ष २०८१ को शुभकामना।
गएको वर्षको चैत २७ गते प्रतिपक्ष दल राप्रपाले काठमाडौंमा आयोजना गरेको जनप्रर्दशनमा निषेधित क्षेत्र तोडेको भन्दै राप्रपाका नेता कार्यकर्तामाथि प्रहरीले बल प्रयोग गरेको थियो । सो क्रममा राप्रपाका केन्दीय स्तरका नेता घाइते समेत भएका थिए भने प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले गृहमन्त्रीकै निर्देशनम आफूहरुमाथि प्रहरीले अक्रमण गरेको र आफ्नो कोट समेत च्यातिदिएको भन्दै संसदबाटै गृहमन्त्रीको तीव्रआलोचना गरेका थिए ।

उनले संसदमा रविले विगतमा निषेधाज्ञाको विपक्षमा बोलेका अभिब्यक्तिहरु समेत स्मरण गराएका थिए । प्रर्दशनकै क्रममा भएको हस्तक्षेपलाई लिएर राप्रपाक अध्यक्ष् रजेन्द्र लिङदेनले गृहमन्त्री लामिछानेको राजीनामा माग गरेका थिए । सो घटनापछि राप्रपा समेत रविविरुद्धको सहकारी प्रकरणमा संसदीय छानविन समिति गठनको पक्षमा उभिएको छ ।

माइतीघर क्षेत्रमा गतवर्षको फागुन ४ देखि २ महिनासम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । सुरक्षा समितिको सिफरिस वमोजिम काठमाडौं प्रशासनले समेत विज्ञप्ति जारी गर्दै निषेधाज्ञा हटाइएको जानकारी दिएको छ । यस्तै संघीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेल र दरबारमार्ग क्षेत्र आज शनिबारदेखि २४ सै घण्टा खुला हुने भएको छ ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले आचबारसंहिता निर्माण गरि उक्त क्षेत्रलाई आज नयाँ वर्ष वैशाख १ गतेदेखि २४ सै घण्टा सञ्चालन गर्न लागेको हो । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले ठमेल र दरबारमार्ग क्षेत्रलाई सुरक्षित बनाउन भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको बताए ।

उनले जदेखि ठमेल र दरबारमार्ग क्षेत्रलाई पूर्ण समय व्यवसाय सञ्चालन गर्नेगरी रात्रिकालीन व्यवसाय सञ्चालन गर्ने तयारी गरेकाले सोहीअनुसारको सुरक्षा व्यवस्था सुदृढ बनाइएको बताएका छन् । ’जिल्ला सुरक्षा समितिले रात्रिकालीन समयमा मनोरञ्जनात्मक व्यवसायको लागि विभिन्न समय तोकेर खुला राखेको अवस्था रहेपनि अब सबै किसिमका व्यवसाय सञ्चालन गर्नेगरी बजार खुला रहन्छ,’– उनले भने ।

Advertisement

ठमेल र दरबारमार्ग क्षेत्रमा पूर्ण समय व्यवसाय सञ्चालन गर्नेगरी ‘आचारसंहिता तथा मापदण्ड–२०८० स्वीकृत गरेको उनको भनाइ छ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री लामिछानेको प्रमुख आतिथ्यतामा विभिन्न सुरक्षा निकायका प्रमुख तथा विशिष्ट व्यक्तिको उपस्थितिमा आज अपराह्न एक कार्यक्रम आयोजना गरी उक्त क्षेत्र चौबिसै घण्टा खुला राख्ने घोषणा हुनेछ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top