×

NEPAL TIMES UPDATES

Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026
Playing
पश्चिम एसियामा दिगो शान्ति कि भीषण यु द्ध ?४८ घण्टा निर्णायक || Nepal Times
Apr 15, 2026
Playing
रुस–चीनसंग नजिक रहेको उत्तर कोरिया किन इरानसँग दूरी बढाउँदैछ ? || Nepal Times
Apr 15, 2026
Playing
दीपक भट्टसँग १० विलासी गाडी, शुद्धीकरण विभागले गर्याे जफत|| Nepal Times
Apr 15, 2026
Playing
सदावहार प्रतिपक्षी’ प्रेम सुवालको बिदाइ र हर्क साम्पाङको इन्ट्री || Nepal Times
Apr 15, 2026
Playing
बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य || Nepal Times
Apr 15, 2026
Playing
Top 15 Afternoon News || April-15-2026 || Nepal Times
Apr 15, 2026
Playing
गृहमन्त्रीले निर्देशनपछि कार्यक्षमताका आधारमा डिआइजीको बढुवा || Nepal Times
Apr 15, 2026
Playing
Israel–Lebanon बीच वासिंगटनमा वार्ता, रोकिएला यु द्ध ? || Nepal Times
Apr 15, 2026

चुनावका वाचा पूरा गर्दै बालेन–सुनिता, काठमाडौंमा अब सबै स्वरोजगार!

२ बैशाख २०८१

२ वैशाख , विराटनगर ।

काठमाण्डौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन अहिले युवा पुस्तामा सर्वाधिक चर्चित नाम हो । के बृद्ध, के बालक, बालेन हरेक उमेर समूहका लागि परिचित अनुहार हो । काठमाडौं महानगर पालिकाको मेयरमा उम्मेदवार बनेदेखि नै सर्वाधिक चासो र चर्चाको चुलीमा रहेका बालेन निर्वाचित पछि त झन शिखर छन् । उनका हरेक निर्णय र कदमले काठमाडौंमा मात्रै होइन देशभर तरङ उत्पन्न गराउँदै आएको छ ।

Advertisement
Advertisement

काठमाडौंको फोहोर व्यवस्थापनका लागि बालेनले चालेका कदम, त्यसका लागि आएका अवरोधहरुलाई पन्छाउन उनले खेलेको भूमिका अनि निर्वाचनमा जनाएका वाचा पूरा गर्ने गरी उनले अघि सारेका योजनाले बालेनले काठमाडौबासीको मात्रै होइन देशवासीकै मन जित्दै आएका छन् । बालेनले आफूले महानगरवासी समक्ष जनाएको प्रतिवद्धतासँगै उपमेयरसहित वडासदस्यदेखि वडाध्यक्षहरुले जनाएका प्रतिवद्धताहरुलाई क्रमश बजेट नीति तथा कार्यक्रममा प्राथकिमताका साथ समेट्दै आएका छन् ।

यसमा उपमेयर सुनिता डंगोल सबै ३२ वडाकै जनप्रतिनिधीको साथ र समर्थन रहदै आएको छ । स्वतन्त्र मेयर बालेनले चुनावी मैदानमा उत्रदै गर्दा डिजिटल सरकारदेखि आइडिया बैंकसम्मका २८ बँुदे प्रतिवद्धता सार्वजनिक गरेका थिए । अहिले बालेन तिनै आफ्ना प्रतिवद्धताहरुसहित सबै जनप्रतिनिधित्वका वाचाहरु अक्षरंश पालना गराउन कटिवद्ध देखिन्छन् ।

बालेनले आफ्ना वाचा पूरा गर्ने क्रममा नयाँ वर्ष २०८१ मा श्रम तर्फ सुनौलो अवसरको घोषणा गरेका छन्। नयाँ बर्षमा महानगरका तर्फबाट तालिम दिएर कम्तिमा २०८१ जनाका लागि रोजगारीको अवसर प्रदान गरिने बालेनले घोषणा गरेका हुन्। यस अभियानमा महानगरले १५हजार जना बेरोजगार युवाहरुलाई सीपमुलक तालिम प्रदान गरी कम्तिमा ५हजार जनालाई रोजगार÷स्वरोजगार बनाउने उद्देश्य सहित यस आर्थिक बर्षको बार्षिक बजेट तथा कार्यक्रममा महानगर गौरब योजनाको रुपमा “रोजगारी र आय वृद्धि काठमाडौँको समृद्धि “ आयोजना सुरूवात गरेको छ ।

साथै सीपयुक्त जनशक्तिलाई रोजगारको अवसर सृजना गर्न श्रम बैंक स्वर्णिम योजना समेत सञ्चालनमा रहेको छ। यी आयोजना अन्तर्गत हालसम्म हामीले करिब ५ हजार जनालाई सीपमूलक तालिम प्रदान गरीसकेको छ भने करिब ६०० जनालाई प्रत्यक्ष रोजगार र १ हजार भन्दा बढीलाई अप्रत्यक्ष रोजगारीको अवसर प्राप्त भएको महानगरका प्रमुख बालेन्द्र शाहले बताएका छन् । नेपालमा बेरोजगारी समस्या युवाहरूको प्रमुख चुनौती बनेको छ ।

यही चुनौतीलाई चिर्न सीप विकासलाई थप आकर्षित र अभियानको रूपमा अगाडी बनाउन काठमाडौँको टुँडिखेलमा यहि नयाँ बर्ष २०८१ बैशाख १९ गते अर्थात मे १ अन्तर्राष्ट्रिय श्रमिक दिवसको दिनबाट सुरु हुनेगरी २०८१ जना बेरोजगार युवाहरुलाई सीप सिकाएर रोजगार÷स्वरोजगार बनाउने उद्देश्य सहित “सीप मेला –२०८१” सञ्चालन गर्ने भएको छ ।यस्तै महानगरले उद्यमशिल महिलालाई विभिन्न किसिमको सीपमुलुक तालिम, व्यवसायिक सिकाई जस्ता रोजगारमुलक कार्यक्रममार्फत उत्पादन र बजारसँग जोड्ने भएको छ।

महानगरले ३२ वटै वडामा एक वडा एक नमूना उद्यमशिलता कार्यक्रम शुरु गरेको छ । महानगरपालिकाले ‘एक वडा एक नमूना उद्यमशिलता,आफ्नै सीपमा मौलिक पन,आत्मनिर्भर उद्यमी, हाम्रै्र लगानी,हाम्रै श्रम’ नारासहित उक्त कार्यक्रमको थालनी गर्न लागेको हो । महानगरपालिकाले महानगरभित्रका ३२ वडाका उद्यमशिल बन्न चाहने महिला तथा पुरुषहरुको लागि उद्यमशिल तालिम कार्यक्रम शुरुवात गरेको छ ।

पहिलो चरणमा १६ वटा वडाहरुमा योजना बनाइरहेको छ । १६ वडा वडाको सिकाई, अनुभवको आधारमा ३२ वटावडाहरुमा एक वडा एक नमूना उद्यमशिलता कार्यक्रम लैजाने योजना बनाएको छ । महानगरले गर्ने उद्यमशिल तालिम ३२ वटामा फरक–फरक किसिमका हुनेछन् ।

काठमाडौं महानगरलाई कृषिजन्य, काष्ठ र माटोजन्य वस्तु उत्पादनमा आत्मनिर्भर महानगर बनाउन सिपमुलक तालिमसहित प्राविधि समेत दिएर उद्यमी बनाउने उद्देश्य रहेको काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बताएकी छन् । उनले महानगरका ३२ वटै वडाभित्र उद्यमी बन्न चाहनेहरुलाई फरक–फरक सीपको तालिम दिने र फरक–फरक उत्पादन गरी उत्पादनलाई बजारसँग जोडिने उल्लेख गरेकी छन् ।

उपप्रमुख डंगोलले उद्यमशिल तालिममा महिला उद्यमी मात्रै नभएर पुरुष उद्यमीहरु पनि जोडिन सक्ने जानकारी दिएकी छन् । महानगरका हरेक वडामा फरक–फरक किसिमको तालिम तालिमका लागि मात्रै नभएर तालिम लिएको क्षेत्रमा विज्ञ बनाएर उद्यमी बनाउने गरी उनीहरुलाई तालिम दिने योजना र कार्यक्रम बनाएको उनले दाबी गरेकी छन् ।

उपप्रमुख डंगोलले उद्यमशिल तालिम लिने तर उद्यमीहरुले उत्पादन गरेका वस्तुले बजार नपाउँदा उद्यमशिलता हराउँदै गएको पाइएको बताउदै यस्ता उद्यमीको उत्पादनलाई बजारसँग जोडेर उनीहरुलाई उद्यमी बनाउँने कार्यक्रम रहेको बताएकी छन् ।३२ वटामा नै उद्यमी जन्माउनको लागि महानगर अन्य निकायहरुसँग पनि सहकार्य र समन्वय गरी काम गर्ने गरी योजना बनाइरहेको छ ।

उनले काठमाडौंमा भएको शहरी गरिव अन्त्य गर्नको लागि पनि उद्यमशिल तालिम अघि सारिएको बताएकी छन् । उनले काठमाडौं महानगरभित्रको गरिबीको रेखामुनी रहेकालाई उद्यमशिलता मार्फत जीवनस्तर माथि उकास्ने योजना रहेको बताएकी छन् । ३२ वडामा बस्ने काठमाडौंवासी मात्रै नभएर बाहिरबाट आएर काठमाडौंका विभिन्न वडामा बस्नेहरुले पनि आवेदन दिई उद्यमशिल तालिममा सहभागिता जनाउन सक्नेछ ।

आवदेन दिनेहरुको उद्यमी बन्ने इच्छाशक्ति र विगतलाई समेत हेरेर महानगरले छनोट गरी तालिम दिएर आर्यआर्जन गरी उद्यमी बन्न सक्ने आधार बनाउने महानगरले जनाएको छ । कुनै वडामा गुन्द्रुक बनाउने, मस्यौरा बनाउने,कुनै वडामा माटोका भाडा बनाउने तालिम दिने महानगरको योजना छ । महानगरको वडा नम्बर ५ मा माटोको भाँडा बनाउने तालिम ,१२ नम्बर वडामा सुकुल बुनाउने तालिम, १६ नम्बर वडामा काष्ठ बनाउने र वडा नम्बर ८ पशुपति क्षेत्रमा रुद्राक्षको माला दुना टपरीको निकै माग हुने भएकाले रुद्राक्षको माला र दुना टपरी बनाउने तालिम दिने तयारी रहेको छ ।

काठमाडौं महानगरभित्र पनि शहरी गरिबी रहेको छ । मुलुकको राजधानी काठमाडौंमा पनि गरिबीको रेखामुनी रहेका मानिसहरु बसोवास गर्ने गरेका छन् । खास गरी उनीहरुको जीवनस्तर माथि उठाउने र आयआर्जनको माध्यमबाट गरिबी अन्त्य गर्ने योजनाका साथ ३२ वडामा गरिबी लक्षित रोजगार मुलक सीप तालिम सञ्चालन गर्न लागिएको उप्रमुख डंगोलको भनाई छ ।

काठमाडौं महानगरले महानगरभित्रका गरिबी पहिचान गरिरहेको छ । महानगरले गरिबी पहिचानको यकिन तथ्याङ्क आएसँग त्यही अनुसार कार्यक्रमहरु ल्याउने र गरिबीको रेखामा रहेकालाई उद्यमशिलतासँग जोडर उद्यमी बनाउने महानगरले लक्ष्य लिएको छ । यस्तै महानगरले महानगरले ३२ वडामा उद्यमशिल तालिम दिएर प्रविधिमार्फत उत्पादन शुरु गरेपछि हरेक वडामा एक कोसेली घर स्थापना गर्ने योजना बनाएको छ ।

सीपमुलक तालिममार्फत उत्पादन भएका वस्तुहरुलाई बजारसँग जोड्नको लागि कोसेली घर स्थापना गरिने महानगरले जनाएको छ । यस्तै उद्यमीहरुले उत्पादन गरेका वस्तुको लागि विभिन्न मार्ट र सुपर मार्केटमा ‘मेड इन काठमाडांै’को छुट्टै स्पेस अनिवार्य राख्नुपर्ने अवधारणा ल्याउन लागेको छ । महानगरले नेपाली उद्यमीहरुले उत्पादन गरेका वस्तुलाई पहिलो प्राथमिकतामा राखि नेपाली वस्तुहरुको प्रोत्साहन गर्ने उद्देश्यले यस्तो अवधारण अघि सार्न लागेको हो ।

उनले मार्ट तथा सुपर मार्केटहरुमा मेड इन नेपाल,मेड इन काठमाडौं सेक्सन बनाएर हरेक मार्टबाट त्यस्ता वस्तुहरुलाई जोड्ने लक्ष्य महानगरको रहेको बताएकी छन् ।मेयरको कार्यभार सम्हालेको १०० दिनमा नै बालेनले आफ्ना सुरुवाती उपलब्धि सार्वजनिक गरेका थिए । आफूहरू १०० दिनको दौडमा नरहेको र काम गर्नका लागि पाँच वर्षे योजना रहेको बताउदै बालेनले सय दिनमा फुटपाथको ठेला हटाएको लगायतका उपलब्धि सार्वजनिक गरेका थिए ।

पछि महानगरको नेतृत्व सम्हालेको एक वर्षपूरा भएको अवसरमा बालेनले थप उपलब्धिहरु सार्वजनिक गरेका थिए । जसमा २५ पार्क ,४२ किलोमिटर सडक कालोपत्रे, १२३ रोपनी सार्वजनिक जग्गाको संरक्षण, १५०० मिटर फुटपाथ निर्माण , ७ कि.मी. नयाँ ढल निर्माण लगायत रहेका छन् । बालेनको काठमाडौंको मेयरका रुपमा ५ वर्षे कार्यकालमा दोस्रो वर्ष पूरा हुने तरखरमा छ ।

यसबीचमा स्वतन्त्र मेयर बालेन र नेकपा एमालेबाट प्रतिनिधित्व गरेकी उपमेयर सुनिता आफूहरुले जनाएका प्रतिवद्धताहरु पूरा गर्न योजनाबद्ध रुपमा कटिवद्ध देखिन्छन् । तपाईहरुले चाँही बालेन नेतृत्वको काठमाडौं महानगरले अहिलेसम्म गरेका काम र उनीहरुले जनाएका प्रतिवद्धतालाई कसरी हेर्नुभएको छ ? २ वर्षमा कति सफल छन् बालेन र सुनिता ? आफ्ना विचारहरु अवश्य ब्यक्त गर्नुहोला ?ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Advertisement

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top