×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

शिक्षा र स्वास्थ्य क्षेत्रको दायित्व सरकारले लिन्छ : मन्त्री आङ्बो

३० भाद्र २०७५

पाँचथर, भदौ ३०
प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले शिक्षा र स्वास्थ्य क्षेत्रको सम्पूर्ण दायित्व सरकारले लिने बताएका छन् ।

पाँचथरको फिदिममा निजी क्षेत्रबाट स्थापना भएको समर्पित अस्पतालको आज उद्घाटन गर्दै उनले संविधानले नै शिक्षा र स्वास्थ्यलाई मौलिक हकका रुपमा व्यवस्था गरेका कारण यी क्षेत्रको सम्पूर्ण दायित्व राज्य स्वयंले लिइने बताए ।

Advertisement
Advertisement

मन्त्री आङ्बोले सरकारले आफ्नो दायित्व पूरा गर्ने क्रममा निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने बताउँदै विगतमा गलत अर्थ नीतिका कारण राज्यबाट सेवा प्रवाह गर्ने संरचना धरासायी बनेको धारणा व्यक्त गरे ।

“शिक्षा, स्वास्थ्यजस्ता सेवामूलक संरचनालाई सबल बनाउनेतर्फ प्रदेश सरकार केन्द्रित छ”, उनले भने, “राज्यका संरचना सबल नभएसम्म निजी क्षेत्रलाई हरेक तवरबाट साथ दिनु तीनै तहका सरकारको जिम्मेवारी हो ।”

Advertisement

मन्त्री आङ्बोले करका विषयलाई लिएर सङ्घीय संरचना र संविधानमाथि प्रहार गर्ने प्रयत्न भए सरकार जस्तोसुकै जवाफ दिन तयार रहेको उल्लेख गर्दै नागरिकलाई मार पर्ने गरी कर सङ्कलन नगर्न पनि स्थानीय तहलाई आग्रह गरे ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top