×

NEPAL TIMES UPDATES

Playing
इ*रान यु*द्ध बन्यो खाडी मुलुकहरूको दुःस्वप्न|| Nepal Times
Apr 09, 2026
Playing
उपसभामुखका लागि रास्वपामा बालेन हाबी ?राप्रपालाई कसले दियो ’धोका’ ? || Nepal Times
Apr 09, 2026
Playing
एमालेमा महाभारत, नेतृत्व हत्याउन ’शीतयुद्ध’, ओलीले के गर्लान् ? || Nepal Times
Apr 09, 2026
Playing
हाइप्रोफाइलमा बालेन र सुदनले ल्याए भूकम्प,कसकसको हुँदैछ सम्पत्ति छानविन ? || Nepal Times
Apr 09, 2026
Playing
बाबु मजदुरी गर्न खाडीमा, छोरी नेपालमा सांसदपछि उपसभामुख || Nepal Times
Apr 09, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-26-2082 || Nepal Times
Apr 09, 2026
Playing
अमेरिका र इजरेलसंगको ४० दिने य द्ध ले बदलियो सन्तुलन || Nepal Times
Apr 09, 2026
Playing
यसकारण बालेनले पदमुक्त गराए श्रममन्त्री दीपककुमार साह || Nepal Times
Apr 09, 2026
Playing
संविधान संशोधनमा बालेन सरकारको पहल ः सहमति कि जटिल? || Nepal Times
Apr 09, 2026
Playing
कसरी जारी हुन्छ रेड नोटिस ? || Nepal Times
Apr 09, 2026

ओमानमा नेपाल अपराजित, एकखेल अघि ने सेमिफाइनलमा

३ बैशाख २०८१

३ वैशाख , काठमाण्डौ ।

एसीसी प्रिमियर लिगमा नेपाल समूह चरणको अन्तिम खेलअगावै सेमिफाइनलमा प्रवेश गरेको छ । यसअघिका दुई खेलमा अपराजित रहेको नेपाल सोमबार समूह चरणको आफ्नो तेस्रो खेलमा हङकङविरुद्ध आठ विकेटको सहज जित निकालेसँगै एक खेलअगावै अन्तिम–४मा प्रवेश गरेको हो । ओमानको अल अमेरत क्रिकेट मैदानमा हङकङले प्रस्तुत गरेको ११५ रनको लक्ष्य नेपालले १२.२ ओभरमा दुई विकेट गुमाएर पूरा ग¥यो ।

Advertisement

नेपालको जितमा ओपनर आसिफ शेखले ४० रन बनाए । आक्रामक रूपमा प्रस्तुत भएका आसिफले १८ बलमा समान तीन चौका र तीन छक्का प्रहार गरे । अर्का ओनपर कुशल भुर्तेलले १९ बलमा तीन चौका र दुई छक्कासहित ३२ रन थपे । यी दुईले पहिलो विकेटका लागि ५.३ ओभरमा ७० रनको साझेदारी गर्दै नेपाललाई बलियो सुरुआत दिलाएका थिए ।

यस्तै, जितसम्म अविजित रहेका कप्तान रोहितकुमार पौडेलले २५ र सन्दीप जोराले १९ रन जोडे । हङकङका एसान खान र यासिम मुर्तजाले एक÷एक विकेट लिए । त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको हङकङले १७.५ ओभरमा सबै विकेट गुमाएर ११४ रन बनाएको थियो । वर्षाका कारण खेल करिब एक घण्टा ढिलो सुरु भएपछि निर्धारित २० बाट १८ ओभरमा घटाइएको थियो ।

हङकङका अंशुमन रथले ३४ रन बनाए । जिसान अलीले १४ रन थप्दा कप्तान निजाकत खानले १२ र एसान खानले ११ रन जोडे । नेपालका अबिनाश बोहराले तीन विकेट लिए । चार ओभर बलिङ गरेका बोहराले २९ रन खर्चिए । उनी म्यान अफ दि म्याच घोषित भए । ललितनारायण राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान दुई र करण केसीले एक विकेट हात पारे ।

Mahamad Asif Sheikh of Nepal receives Player of the match award during the presentation of the ACC Men’s Premier Cup 2024 Group A match between Nepal and Hong Kong, China held at the Al Amerat Cricket Ground Oman Cricket (Turf 1), Oman on April 15, 2024.
Photo by: Pankaj Nangia / Creimas / Asian Cricket Council
RESTRICTED TO EDITORIAL USE

लगातार तेस्रो जित निकालेको नेपाल ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । समान खेलबाट दुई अंकको हङकङ चौथो स्थानमा छ । नेपालले अब समूह चरणको अन्तिम खेलमा वैशाख ५ गते साउदी अरबसँग खेल्नेछ । समूहगत चरणको समाप्तिपछि दुवै समूहबाट दुई–दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

दुवै सेमिफाइनल खेल अप्रिल १९ तारिखमा खेलिने छ । सेमिफाइनलमा विजयी हुने टोली फाइनलमा पुग्नेछन् भने पराजित दुई टोलीबिच अप्रिल २० तारिखमा तेस्रो स्थानका लागि खेल हुनेछ । प्रतियोगिताको फाइनल खेल अप्रिल २१ तारिखमा खेलिने छ ।

Advertisement

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top