कोशी प्रदेश खेलकुद अझै प्रदेश १,उपाध्यक्ष पूरानै

३ बैशाख ८१, मंगलबार

४ वैशाख , विराटनगर।
कोशी प्रदेश सरकारले प्रदेश सभाकी पूर्वसांसद विन्दिया कार्कीलाई प्रदेश खेलकुद विकास बोर्ड उपाध्यक्ष नियुक्त गरेको छ । गएको चैत ९ गते कोशी प्रदेश सरकारले कार्कीलाई प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा नियुक्त गरेपछि उनले पदभार ग्रहरण गर्दै विभिन्न खेलकुद कार्यक्रमहरुमा समेत उपाध्यक्षका रुपमा सहभागिता जनाइसकेकी छन् ।

भर्खरै विराटनगरमा सम्पन्न विराट गोल्डकपमा समेत उनको सक्रिय सहभागिता देखिएको थियो । तर विन्दियाले पदभार ग्रहण गरेको एक महिना पुग्न लाग्दा समेत बोर्डको आधिकारी वेभसाइटमा भने अझै उपाध्यमा जिना कार्की नै भएको उल्लेख गरिएको छ । यसअघि २०७८ साल चैत २२ गते प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा नियुक्त भएकी जिना कार्की लामो समयदेखि अमेरिकामा छिन्।

उनले नेपाल छाडेपछि मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा पूर्वसांसद कार्कीलाई नियुक्त गरिएको छ । यस्तै प्रदेश सरकारले बोर्डको सदस्यमा मदन खड्का र गौरीमान राईलाई नियुक्त गरेपनि उनीहरुको समेत नाम वेभसाइटमा समावेश गरिएको छैन् । अझ सबैभन्दा बिडम्बनाको कुरा त बोर्डको अध्यक्षमा अझै पनि पूर्वसामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी नै रहेको उल्लेख गरिएको छ ।

राजभण्डारीपछि प्रदेशमा झण्डै आधादर्जन मन्त्रीहरु फेरिसक्दा समेत बोर्डले आफ्नो आधिकारिक वेभसाइट अधावधिक गरेको छैन् । यस्तै बोर्डले आफ्नो वेभसाइटमा प्रदेशको नाम समेत उल्लेख गर्न कन्जुस्याई गरेको छ । वेभसाइटमा कहीपनि प्रदेशको नाम कोशी प्रदेश उल्लेख गरिएको छैन् ।

कोशी साटो बोर्डको लोगोमा अझै पनि प्रदेश १ उल्लेख गरिएको छ । यस्तै बोर्डको स्थान खोजीमा पनि प्रदेश खेलकुद विकास बोर्ड प्रदेश १ नै उल्लेख गरिएको छ । बोर्डको सदस्य सचिवमा नेकपा एकीकृत समाजवादीबाट सिफारिस भएका हंसराज वाग्ले रहेका छन् । तत्कालीन प्रदेश नं. १ को प्रदेशसभाबाट पारित भएको ‘प्रदेश खेलकुद ऐन २०७६’ अनुशार २०७८ असोज २४ गते प्रदेश खेलकुद बोर्ड गठन भएको थियो ।

जसको संस्थापक सदस्य सचिवमा परशुराम बस्नेत रहेका थिए । उनलाई सरकार परिवर्तनसँगै ६ महिनापछि पदमुक्त गरी सदस्य सचिवमा २०७८ चैत २२ गते हंशराज वाग्लेलाई नियुक्त गरिएको थियो ।

भर्खरको समाचार

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

सम्बन्धित समाचार

Scroll to Top