रविन्द्रको खिसीट्युरी, राजालाई Your Majesty कुन मुखले भन्छौं ?

१० बैशाख ८१, मंगलबार

११ वैशाख ,  काठमाण्डौ ।
कतारी आमिर शेख तमिम बिन हमाद अल थानी आज आफ्नो दुई दिने पहिलो नेपालको भ्रमणका क्रममा आउँदैछन् । शेख तमिम बंगलादेशको भ्रमणपूरा अपरान्नह काठमाडौं उत्रिनेछन् । उनको स्वागत सम्मानका लागि आज सरकारले सार्वजनिक बिदा दिएको छ भने राष्ट्रपति रामचन्द्र पौडेल उनलाई स्वागत गर्न विमानस्थल जानेछन् ।

उनका स्वागतका लागि काठमाडौंका सडक सिंगारिएका छन् भने सुरक्षा व्यवस्था कडा बनाइएको छ । कतारका राजाको नेपाल भ्रमणलाई लिएर नेपालमा राजसंस्थाको वकालत गर्दै आएको प्रमुख राजनीतिक दल राप्रपाका शीर्ष नेताहरु उत्साहित भएका छन् । राजाको नेपाल भ्रमणलाई लिएर राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले भनृका छन्, लाखौं नेपाली युवाको रोजगारदाता राजतन्त्रात्मक मुलुक कतारका राजा अत्यन्तै लोकप्रिय शेख तमीम विन हमद अल थानीलाई नेपालमा हार्दिक स्वागत छ।

कतारका राजालाई स्वागत गर्न राष्ट्रपति विमानस्थल जानुहुने र राजालाई २१तोपको सलामी दिईने कार्यक्रम छ। नेपाल सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ। यो सम्मान राजसंस्थाप्रतिको अन्तर्राष्ट्रिय मर्यादा र सम्मान हो। त्यसैले हिनताबोध नगरौँ ! नवीन समझदारी गरौंँ !! नेपालको हिजोको अन्तर्राष्ट्रिय गौरव पुनर्स्थापित गर्न अभिभावकीय राजसँस्थाको पुनःस्थापना गरौँ !!! यस्तै राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्रले भने नेपालका गणतन्त्रवादी नेताहरु र सरकारको खिसीट्युरी गर्दै राजाको नेपाल भ्रमणको स्वागत गरेका छन् ।

Advertisement

उनले भनेका छन् सामन्तवाद र वंशवादलाई घृणा गर्ने हाम्रा राष्ट्रपति÷प्रधानमन्त्री तथा अन्य महान नेताहरुले कतारका राजालाई थ्यगच ःबवभकतथ भनेर कुन मुखले संवोधन गर्छन् होला? संसारकै सबैभन्दा “पश्चगामी“ मध्येको देशका राजालाई हाम्रोजस्तो संसारकै सबैभन्दा “अग्रगामी“ देशले वर्षौँदेखि मरिहत्ते गरेर किन आमन्त्रण गरेको होला? संवैधानिक राजसंस्थाको समेत घनघोर विरोध गर्ने लाखौँ नेपालीहरू किन ’पूर्ण राजतन्त्र’ भएको र ’महान लोकतन्त्र’ बिनाको देशमा गएर काम गर्न र त्यहाँ बसेर पनि नेपालको राजसंस्थालाई गाली गर्न उद्दत हुन्छन् होला?

नेपालले आफ्नो भ्रमणमा खुसियाली मनाउन एक दिन छुट्टी नै दिएको देखेर काठमाडौँस्थित कूटनीतिक समुदाय मनमनै कति हाँसिरहेको होला? यस्ता धेरै प्रश्नहरू छन्। कतार राजा शेख तमिम बिन हमाद अल थानी लाई नेपालमा हार्दिक स्वागत छ। दशौँ लाख नेपालीको प्रत्यक्ष÷अप्रत्यक्ष जीवन चलाइदिने मुलुकका नरेशलाई नमन! उता राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भने राजाको भ्रमणमा सार्वजनिक विदा दिएकोमा उपप्रधान तथा गृहमन्त्रीको आलोचना गरेका छन् ।

Advertisement

रविको विगतमा टेलिभिजनकर्मी हुँदाको स्टाटससहित शाहीले लेखेका छन्, माननीय रबि लामिछाने ज्यु हिजोंका दिनहरुमा तपाईंले जनताकोआवाज उठाउदै गर्दा हाम्रो साथ र समर्थन थियो तर आज तपाईं आफै गृहमन्त्री हुँदा कतारका राजा आउँदा सार्बजनिक बिदाँ दिनुभएछ अब भन्नुहोस् तपाईं र अरु नेतामा के फरक भो ? बोल्ने एउटा गर्ने एउटा ? बिदेशी राजाका खुट्टा नै ढोक्न जानु भन्दा आफनै देशका राजा फर्काउने अभियानमा लाग्नुहोस कति गुलामी गर्छौ हो बिदेशीको ?

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top